/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


राज्यमन्त्रीले नै गराईदिए दलितको वालविवाह

Posted: 24 Apr 2019 07:46 AM PDT

आलोक यादव लाहान, ११ बैशाख । प्रदेश दुई सरकारले चलाएको बेटि पढाउ , बेटि बचाउ अभियानलाई सरकारकै एक राज्यमन्त्रीले चुनौती दिदै आफ्नै खर्चमा वालविवाह गरिदिएका छन् । आफै उपस्थित भएर डोम समुदायको वालिकाको विवाह गराइदिएका ति राज्यमन्त्रीको अधिकारकर्मीहरुले राजिनामा माग गरेका छन् । मधेसका दलित समुदायमा चेतनाको अभाव हुँदा आफ्ना कलिला सन्तानहरुको विवाह गरिदिने चलन रोगको रुपमा रहेको छ । यस्तैमा प्रदेश दुइृका एक राज्यमन्त्रीले नै दलित समुदायमा ठूलो समस्याको रुपमा रहेको वालविवाह रोक्नुको साटो आफ्नै खर्चमा स्वयं उपस्थित भएर दलित किशोरीको विवाह गराईदिए पछी खैलाबैला मच्चिएको छ ST।
प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च तिरेर सिरहामा डोम समुदायका १४ बर्षिया किशोरीको विवाह गराएका हुन् । राज्यमन्त्री मण्डलले कल्याणपुर नगरपालिका ३ प्रसाहीका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको विवाह आफ्नै खर्चमा यही मंगलवार राति गराएका हुन् । आर्थिक अवस्था कमजोर रहेको र जन्तीलाई समेत स्वागत गर्न नसक्ने अवस्थाका कारण सम्पूर्ण खर्च तिरेर विवाह गराइदिएको राज्यमन्त्री मण्डलका सहयोगी रमेश मण्डलले जानकारी दिएका छन् ST।
राज्यमन्त्री मण्डलले विवाहमा दुलही राधाको अविभावकको जिम्मेवारी निभाए । वडाध्यक्ष अशोक मण्डलको संयोजकत्वमा भएको उक्त विवाहमा दुलहा–दुलहीलाई राज्यमन्त्री मण्डलले आर्शिवाद दिँदै आफूले गरिब–धनी र छुवाछुतको अन्त्यको सन्देश दिन राधाको विवाहको खर्च ब्यहोरेको बताए । सिरहा क्षेत्र नम्बर ५ बाट प्रदेश सभासदको चुनाव जितेका मण्डल राजपाको सहमाहासचिव पनि हुन् ।
२० बर्ष भन्दा कम उमेरमा विवाह गराईदिनु कानुन विपरित हो । नियम कानुनको कार्यन्वयन गर्नु पर्ने मन्त्रीले कानुनको खिल्लि उडाउँदै वालविवाह गराउँदै हिँड्नु लज्जास्पद हो , दलित अधिकारकर्मी तथा पुरान वामपन्थि नेता शिवकुमार महराले भने , ति वालिकाको विवाहमा गरेको खर्च उनको पढाईलेखाई वा कुनै शिपमुलक तालिममा लगानी गरिदिएको भए राम्रो हुन्थ्यो । मन्त्रीको राजिनामा माग यसैवीच सिरहाका अधिकारकर्मीहरुले दलित वालिकाको विवाह गराईदिने राज्यमन्त्री मण्डलको राजिनामा माग गरेका छन् । अधिकारकर्मी बिनोद बिशुखेंले जानाजान वालविवाह गराईदिने मन्त्री मण्डलले तत्काल राजिनामा दिनु पर्ने बताए । बिशुखेंले भने , वालविवाहलाई कानुनले स्वतः गैर कानुनी भनेको छ , गैर कानुनी काम गर्दै हिँड्ने राज्यमन्त्रीसगँ प्रदेश सरकारले तत्काल राजिनामा माग्नु पर्छ , र पार्टीले पनि उनलाई तत्काल कार्वाही गर्नु पर्छ ।
कारवाही हुन्छ ः माहासचिव सुमन राज्यमन्त्री मण्डलले वालविवाह गराईदिएको आफ्नो जानकारीमा आए पनि केटीको उमेर आधिकारिक रुपमा पुष्टि नभएको राजपाका माहासचिव मनिष शुमनले बताए । यदि केटिको उमेर २० बर्ष नकटेको भए पार्टिले छानविन गरेर मण्डललाई कार्वाही गर्छ , यसमा सबैजना ढुक्क भए हुन्छ , सञ्चारकर्मीहरुसगँ कुरा गर्दै माहासचिव शुमनले बताए ।

मिर्चैयमा पहिलो पटक फैसन शो ईभेन्ट भव्यताका साथ सम्पन्न

Posted: 24 Apr 2019 07:40 AM PDT

राम नारायण पंडित, सिरहा, ११ बैशाख । सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौको आयोजनामा युवायुवतिहरुको उत्साहपुर्ण सहभागितामा फेसन शो को फाइनल अडिसन मंगलबार सम्पन्न भएको छ । युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न ईभेन्टको आयोजना गरी यहाँ रहेका प्रतिभालाई अझै प्रष्टफुटित गरिएको एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जानकारी दिए । 
Candidates%2BPic
अडिसनमा छनोट भएकाहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईएको डाईरेक्टर कर्णले बताए । मिर्चैयामै पहिलो भएको ईभेन्टको फाइनल अडिसन होटल होलिडे एण्ड पार्टी प्यालेशमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले कला प्रस्तुत गरेका थिए । फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरुको उल्लेखनिय सहभागी रहेको थियो । लुकेर रहेका प्रतिभाहरुलाई देखाउँदै युवायुबतीहरुको साथै समाजमा फैसनको छुट्टै पहिचान दिलाउँनु ईभेन्टको मुख्य उदेश्य रहेको उनले बताए । उनले भने, "यो ईभेन्ट सफतापुर्बक सम्पन्न भयो, अगामी दिनमा पनि हामी यहाँ रहेका प्रतिभालाई थप प्रष्टफुटित गर्न आउने छौ, अहिले पनि हाम्रो समाजमा धेरै प्रतिभाहरु लुकेर बसेका छन्, त्यसलाई पहिचान गरी उचित स्थान दिलाउँन हामी प्रयास जारी राखेका छौं, ईभेन्टमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा धन्यवाद दिन चाहन्छु ।"
Event%2BGroup%2BPic
एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिरहा क्षेत्र नं. ४ को "क" प्रदेश सभा सदस्य दिलिप साह रहेका थिए भने विशिष्ट अतिथिको रुपमा उद्योग बाणिज्य संघका अध्यक्ष हरिशंकर साह, अतिथिका रुपमा मिर्चैया नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह, ६ का अध्यक्ष देबकृष्ण साह, संघिय समाजबादी फोरम नेपालका नेतृ शोभा मण्डल, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेब खनाल, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरिक्षक प्राक्रम राजभण्डारी लगायत उल्लेखनिय सहभागिता रहेको थियो ।
IMG_5209
ईभेण्टको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र समग्रसंदेश डटकम अनलाईन लगायतका रहेका थिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment