Onlinesiraha-Nepali |
लहान नगरपालिका विरुद्ध झाडु प्रदर्शन, बीच बस्तीमै दुर्गन्ध Posted: 22 Apr 2019 10:33 PM PDT ![]() बाटो अवरोध र बस्तीमै दुर्गन्ध फैलिएपछि वडाध्यक्ष पण्डितको नेतृत्वमा महिला पुरुष झाडु लिएर आज लहान नगरपालिका घेराउ गरेका छन् । लहान नगरपालिकाका मेयर मुनी साहले सोमबार महिलाहरुले झाडु जुलुस निकालेपछि उहाँले आन्दोलनकारीसँग वार्ता गरेका छन् । वार्तामा रामनाथ पण्डितलाई आफुलाई हाकारेर रिसाएर बाहिर नपठाएको दावी गरेका छन् । अध्यक्ष पण्डितलाई तीन दिन अगाडि मेयर मुनि साहले नगर प्रहरीलाई निर्देशन दिँदै बाहिर निकालिएका थिए । विगत केहि वर्षदेखि लहान ४ स्थित डम्पिङ साइटमा नगरपालिकाले फोहोर विसर्जन गर्दै आएको छ । ति फोहोरको दुर्गन्धले स्थानीय विरामी पर्न थालेका छन् । जसका कारण स्थानीयले त्यहाँ फोहोर फाल्न रोक्ने प्रयास गर्यो । तर मेयर साहले त्यही फोहोर फाल्न लगाएपछि स्थानीयले २ दिन अगाडी फोहोर बोकेको ट्याक्टर रोके । पछि ट्याक्टर चालक झन टोलमै फोहोर छाडेर गएपछि स्थानीय महिला आक्रोशित भएर झाडु जुलुस प्रदर्शन गरेकी छन् । समस्या यथावतै रहेको स्थानीयवासीको कथन छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment