Onlinesiraha-Nepali |
- जनकपुरधाममा युथ एक्सन फोर्स" नामक संजाल गठन
- निःशुल्क पशु स्वास्थ्य शिबिर तथा खोप कार्यक्रम सम्पन्न
- वर्तमान सरकार लोकतन्त्र र संघीयता विरोधी उपसभापति नीधि
- लाखौको भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव
जनकपुरधाममा युथ एक्सन फोर्स" नामक संजाल गठन Posted: 20 Apr 2019 09:39 AM PDT ![]() सो संगठनको बारेमा छोटो प्रतिक्रिया दिदै संगठनका प्रमुख झाले भने " अहिले देशमा,नगरमा, वडामा जताततै भ्रष्टाचार,मौलाएको छ, विकृति बढेको छ,पीडितले न्याय नपाएर थप पीडा खेप्नुपरेको छ यस्तो अवस्थामा अब हामी युवाले पार्टी भन्दा माथी उठेर पीडितको पक्षमा र अन्यायको विरुद्धमा सम्बन्धि निकायमा दबाब सिर्जना गर्न एक जुट हुनुपर्ने दिन आएको छ त्यसै अनुरुप आज हामी उर्जाशिल,जोशीला र क्षमतावान युवाहरूलाई एकीकृत गरि एउटा युथ एक्सन फोर्स संगठन निर्माण गरेका छौ" । यस संगठनको हरेक गतिविधि समाजिक हितमा समर्पित हुनेछ । |
निःशुल्क पशु स्वास्थ्य शिबिर तथा खोप कार्यक्रम सम्पन्न Posted: 20 Apr 2019 09:32 AM PDT ![]() |
वर्तमान सरकार लोकतन्त्र र संघीयता विरोधी उपसभापति नीधि Posted: 20 Apr 2019 07:17 AM PDT ![]() नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३ का क्षेत्रिय सभापति कन्हैयालाल कर्णको अध्यक्षतामा भएको सो पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी , प्रतिनीधि सभासदस्य मिनाक्षी झा , प्रदेश नं. २ का सभा सदस्य शिवचन्द्र चौधरी , प्रमिला दास , नेपाली कांग्रेसका नेता गणेश तिवारी , नेपाली कांग्रेस धनुषा उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , युवा नेता प्रफुल्लराज घिमिरे , प्रवेश चौधरी , नगराईन नगरपालिकाका नगरप्रमुख परमेश्वर यादव , जनकपुरधाम नगरसभापति मनोज साह , महिला संघकी केन्द्रिय सदस्य निलम कर्ण , तरुण दल अध्यक्ष संजयलाभ कर्ण , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , महिला नेतृ मिनु झा सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा , राजपा , फोरम सहितका पार्टी परित्याग गरि सयौंको संख्यामा नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले अबिर माला लगाएर स्वागत गरेका थिए । |
लाखौको भन्सार छलीको मोबाइल बरामद, रिहा गर्न राज्यमन्त्रीको दवाव Posted: 19 Apr 2019 07:38 PM PDT ![]() यसैक्रममा गोलबजारको चोहर्वा वस्ने प्रविन परियारले साढे तीन लाखको मोबाइल भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीका डिआईजी प्रविन श्रेष्ठको टोलीले धनगढीमाईको सोनापुर नजिकबाट आज बरामद गरिएको छ । परियारले राजु इन्टरप्राइजेजको पान नम्बर ३०१७३३४९० मा मूल्य नतोकिएको ८५ थान मोवाईलको बील बनाएर नक्कली कारोबारमा मोवाईल लैजादै गरिएको सरोकारवाला निकायको दावी छ । बरामद गरिएको मालसमान र परियारलाई रिहा गर्न साँसद र प्रदेश २ का एक राज्यमन्त्रीको दवाव आइरहेको प्रहरी स्रोतको दावी छ । केही समयता सिरहाको दक्षिण सिमावर्ती क्षेत्रमा भारतबाट कपडा, इलेक्ट्रोनिक, किराना मालसमान भन्सार छली गरी नेपाल भित्रिने गरेको छ भने नेपालबाट तेस्रो मुलुका मरिच, स्याउ, सुपारी, मदिरा चोरीलुकी सिमावर्ती प्रहरीको मिलोमतोमा निकासी भइरहेको छ । लहानका केही ठूला व्यापारी यत्तिबेला सप्तरीको सिमाक्षेत्रबाट अवैद्य मालसमान भारत निकासी गरिरहेको खुलासा भएको छ । ![]() |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment