/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख ः उपसभापति नीधि

Posted: 15 Mar 2019 07:03 AM PDT

                       ओली सरकार असफल ः गगन थापा

किशोर कुमार मंडल चैत १ नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन । उनले ओली सरकारले लोकतन्त्र र संघीयता समाप्त पार्न खोजेको आरोप लगाउंदै जनताको हितमा सरकार केही गर्न नसकेको बताए । नेपाल बिधुत प्राधिकरण कर्मचारी संघको दशौं केन्द्रीय परिषद भेला उदघाट्न सत्रलाई जनकपुरमा शनिवार सम्बोधन गर्दै नेता नीधिले ओली सरकार लोकतन्त्र विरोधी , किसान विरोधी , मजदुर विरोधी , अधिनायकवादी , सर्वसतावादी र लोकतन्त्रको मुल्य मान्यता विरोधी रहेको बताए । वर्तमान सरकार अपराधी संरक्षण गर्ने सरकार भएको आरोप लगाउंदै नीधिले हाल देशमा महंगीले आकाश छोई सकेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीसँग संघीय नेपाल चलाउने योग्यता नभएको बताएका छन् । सरकारले गर्नुपर्ने काम नगरी अनावश्यक र नगर्नु पर्ने काम गरेको आरोप लगाउँदै थापाले यस्तो आरोप लगाएका हुन् । एक वर्षमा दुई तिहाई सरकारको उपलब्धि शून्य हुनु नै ओलीको क्षमता नरहेको उनको दाबी छ । नेता थापाले वर्तमान अवस्थामा नागरिकले सरकार भएको महसुस गर्न नसकेको टिप्पणी गरे । 'प्रधानमन्त्रीको सपनामा गरिब नागरिक छैनन्। उहाँको सपना पानी जाहाज, रेल र प्लेन चलाउने मात्र छ । बाँकी गरिब र विकट क्षेत्रका जनतालाई उहाँले बिर्सनु भयो', नेता थापाले भने, 'मुलुकको धेरै स्थानमा समान्य र अतिआवश्यक स्वास्थ्य सेवा औषधि चिकित्सक समयमै र्पुयाउन सकेको छैन, गुणस्तरीय शिक्षा दिन विद्यालयमा भौतिक पूर्वाधार र योग्य शिक्षक छैनन्। तर यसमा प्रधानमन्त्रीको चिन्ता छैन।' नेता थापाले भ्रष्टाचार भएको प्रमाण सरकारले थाहा पाएपनि कारबाही गर्न नसकेको आरोप लगाए । 'भष्टाचारको कुरा आम नागरिकलाई थाहा छ तर सरकार मौन छ । हत्या बलात्कारका दोषीलाई सरकार समाउन सक्दैन', थापाले भने, 'पीडित न्याय माग्न सडकमा आउनुपर्छ, खोइ सरकारले जनतालाई सरकार भएको अनुभूति दिन सकेको ?'जनता कम्युनिष्ट सरकारबाट सचेत हुनुपर्ने बताउंदै उनले 'दुई तिहाईको पार्टीका दुई पाइलट एक जना संघीयता र अर्को लोकतन्त्रका विरोधी छन', उनले भने 'संघीयता र लोकतन्त्रको विमानलाई गम्भीर दुर्घटनामा पार्ने खतरा छ । नेपाल बिधुत प्राधिकरण कर्मचारी संघका जनार्दन भटराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामसरोज यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , पुर्व सभासद दिनेश प्रसैला , नेपाल बिधुत प्राधिकरण कर्मचारी संघका अध्यक्ष पुषकर आचार्य , नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी , उपाध्यक्ष संतोष यादव , सचिव विशेश्वर यादव , क्षेत्रिय सभापति कन्हैया कर्ण , युवा नेता प्रफुल्लराज घिमिरे , नगरसभापति मनोज साह , युवा नेता प्रवेश चौधरी , सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

मनोकामना युवा कल्बको आयोजनामा सतोखर धाममा सरसफाइ कार्यक्रम सम्पन्न

Posted: 14 Mar 2019 10:36 PM PDT

किशोर मण्डल चैत्र १ । धनुषाको सबैला नगरपालिकामा मनोकामना युवा कल्बको आयोजनामा स .न.पा.को सतोखर धाममा सरसफाइ गरियो।उत्त सरसफाइ कार्यक्रमको अध्यक्षता मनोकामना युवा कल्बका अध्यक्ष नाजीम साफीले गरेको थियो भने कार्यक्रममा हेल्प मधेशी नेपालक केन्द्रिय अध्यक्ष राम उदगार यादव सस्त्र प्रहरी यदुकहाका प्रहरी निरीक्षक शभु कटुवाल,इलाका प्रहरी सबैलाका सई हरि प्रसाद साह ,मनोकामना युवा कल्बका उपाध्यक्ष बलराम यादव ,सचिब राम बरन ठाकुर , काेषा-ध्यक्ष राम प्रकाश साह ,स्थानिय समाज सेवि बद्री यादव ,ताहिर नदाफ तथा मनोकामना युवा कल्बका सदस्यहरुको सहभगिता थियो ।मनोकामना युवा कल्बद्वारा थालिएको सरसफाइ कार्यक्रमको प्रशंसा गरे र आउने दिनहरुमा पनि निरंतरता दिनु हुन अनुरोध गर्दै हेल्प मधेशी परिवारद्वारा यस्तो कार्यक्रममा सधै सहयोग पुर्याउने छन हेल्प नेपालका केन्द्रिय अध्यक्ष राम उदगार यादवले बताए।मनोकामना युवा कल्ब सबैला सधै समाजिक जनचेतनामुलक कार्यहरु गर्दै आइरहेका छन भने निकट भविष्यमा पनि हामी यस्तो जनचेतना मुलक कार्यहरु गर्ने छौ र समाजमा हाम्रा संस्थाले सके जतिको समाजिक कार्यहरु गर्ने छ मनोकामना युवा कल्बका अध्यक्ष नाजीम साफीले बताए।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment