/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


अरगरियाद्वारा संशोधन विद्येयक दर्ता

Posted: 13 Feb 2019 04:45 AM PST

फागुन १ राजन सिंह । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवं संघीय दलको प्रमुख सचेतक उमाशंकर अरगरियाले संघीय संसदमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन , सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक माथि संशोधन विद्येयक दर्ता गराएको छ । संघीयतालाई बचाउनका लागि अनिवार्य संशोधन हुनु पर्ने प्रस्ताव नेपाल सरकार संग जोडदार माग राख्दै सदनमा विधेक दर्ता गराएको र सदनको दर्ता नम्बर ५ रहेको जनाईएको छ । (क्र.स. १.) दफा ४ उपदफा ४ मा नेपाल सरकारले तोकेको बमोजिम हटाउनुपर्ने संशोधनको व्योहोरा (क्र. स. २.) दफा ४ उपदफा ७ मा संघीय कानुन बमोजिम हुनेछ भन्ने व्यहोरा हटाउनुपर्ने (क्र.स. ३ ) दफा ४ उपदफा ८ प्रदेश प्रहरीको पोशाक प्रदेश प्रहरी नियमावलीले तोके बमोजिम हुनेछ भनी थप्नु पर्ने र सोही खण्डमा रहेको नेपाल सरकारले निर्धारण गरे बमोजिम शब्द हटाउनुपर्ने (क्र.स. ४) दफा ५ उपदफा १ , २ र ३ मा दफा ५ को उपदफा १,२ र ३ पुर्ण रुपेन संबिधानको धारा १६८ (२) , १६२ (२) र धारा ५६ को अनुसूची ६ को क्र.स. १ र अनुसूची ७ को ३ र ४ संग बाझिने भएकोले हटाउनुपर्ने (क्र.स. ५ ) दफा ६ उपदफा १,२,३,४,५,६,७,८ प्रदेश प्रहरीको काम कर्तव्य र अधिकार प्रदेश प्रहरी ऐन बमोजिम प्रदेश सभाले कानुन बनाउने भएकोले यो दफाको औचित्य यस विधेकमा नहुने भएकोले सम्पुर्ण दफा र उपदफा हटाउनुपर्ने (क्र.स. ६) दफा ७ संशोधनको व्यहोरा (च.) थप गरि , नेपाल प्रहरीको कार्यक्षेत्र बाहेकको अपराध रोकथाम , अनुसंधान र नियन्त्रण (छ.) थप गरि , फौजदारी कार्य्विधि को कार्यवन्यन (ज.) प्रदेश प्रहरी ऐनले तोकेको अन्य कार्य (क्र.स. ७) दफा ११ उपदफा २ यो उपदफाको औचित्य नरहेकोले हटाउनुपर्ने (क्र.स. ८) दफा १४ उपदफा १,२,३,४ र ५ मा दफा १४ को उपदफा १,२,३,४ र ५ संबिधानको धारा १६८ (२ ) ,१६२ ( २) र धारा ५६ को अनुसूची ६ को क्र.स. १ र अनुसूची ७ को ३ र ४ संग बाझिने भएकोले हटाउनुपर्ने (क्र.स. ९) दफा १५ उपदफा २ र ३ हाल रहेको यी दुईटै उपदफा हटाइ , जिल्लामा प्रदेश प्रहरीको परिचालन र नियन्त्रण प्रदेश प्रशासन अधिकारीले गर्नेछ भनी थप्नु पर्ने (क्र.स. १०) दफा १५ उपदफा ४ सामान्य शब्द हटाउनुपर्ने (क्र.स. ११) दफा १७ उपदफा १ मा प्रचलित संगै रहेको शब्द हटाउनुपर्ने लगायतका मागहरुलाई संशोधन गराउनका लागि जोडदार माग गरेका छन ।

सखुवानन्कारकटीमा आयोजित १० दिने झण्डा महोत्सव सम्पन्न

Posted: 13 Feb 2019 02:56 AM PST

फिरोज शेख लहान २०७५ फागुन १ । 'कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान'भने मूल नाराका साथ सखुवानन्कारकटीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउनको लागि सखुानन्कारकटी गाँउपालिकाको महेश्वारीमा पहिलो पटक आयोजित १० दिने झण्डा महोत्सव सम्पन्न भएको छ। नेकपाका केन्द्रिीय सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको हात बाट उद्घाटन गरिएको १० दिने झण्डा महोत्सवको समापन सिरहा क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार यादवको प्रमुख आतिथ्य तथा मैथिली कला,संस्कृति क्षेत्रमा विशेष योगदान पुर्याउदै आइरहनु भएका लेखक, गायक तथा कान्तिपुर एफएम बाट प्रशारित मैथिली कार्यक्रम " हेलौ मिथिला "कार्यक्रमका प्रस्तोता धिरेन्द्र प्रेमर्षी र रुपा झाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ।
Image may contain: one or more people and people on stage
सखुवानन्कारकट्टी गाउपालिकाको आयोजनामा आयोजित झण्डा महोत्सवमा राष्ट्रियता झल्किने आकर्षण राष्ट्रिय झण्डा, व्यपार तथा व्यवसाय,परम्परागत भेषभूषा झल्किने संस्कृति कार्यक्रम,विधार्थीहरुद्वारा विज्ञान प्रदर्शनी,कृषि उपजहरुको प्रदर्शनी,स्वास्थ्य शिविर तथा चेतनामूलक कार्यक्रमहरुको आयोजना गरिएको थियो। परम्परागत भेषभूषा तथा संस्कृति जगेर्ना , कृषिलाई आधुनिकीकरण गर्न प्रोत्साहन, हस्तकला तथा घरेलु उत्पादनहरुको प्रदर्शनी र आन्तरिक तथा वाहर्य पर्यटन प्रवद्र्धनको लागि माघ २० गते देखि २९ गते सम्म महोत्सवको आयोजना गरिएको झण्डा महोत्सव मूल समितिका संयोजक तथा गाउपलिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए। अध्यक्ष केदारनाथ यादवको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथिको आसन बाट बोल्दै प्रदेश सभा सदस्य यादवले भन्नु भयो " उमेरमा कान्छो देखिए पनि वुद्धि र विकासात्मक क्षमता भएको गाउपालिकाका अध्यक्ष यादवले जनभावना अनुरुप काम गर्दै 'कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटी हाम्रो पहिचान' भन्ने मूल नाराका साथ सखुवानन्कारकटीलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउन पहिलो पटक आयोजना गरिएको झण्डा महोत्सवले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आयआर्जनका लागि स्थानीय कृषि तथा वस्तुहरुको पहिचान सहित बजार प्रबर्धन गर्न सघाएको छ ,स्थानीय घरेलु तथा हस्तकला सम्बन्धी उद्योगहरुको बिस्तार गर्दै
स्थानीय उत्पादन,कृषि,पशुसेवा,विभिन्न बहुमुल्य जडिबुटी,घरेलु उद्योग , कृषिजन्य वस्तुको प्रचार-प्रसार र बजारीकरणको प्रवर्धन , स्थानीय उद्यमी, व्यवसायी तथा उपभोक्तालाई एक ठाउँमा ल्याएर व्यवसाय प्रवर्धनमा योगदान पुर्याएका छन्।
Image may contain: one or more people, people on stage and people dancing
विभिन्न जातजातिको भेष भुषा झल्किने पहिरन तथा प्रदर्शनी,विधार्थीहरुद्वारा विज्ञान प्रदर्शनी, कृषिजन्य वस्तुहरुको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क स्वास्थ्य उपचार, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्कम कार्यक्रम, स्थानीय कला संस्कृति झल्काउने झाँकी प्रदर्शनी संगै विभिन्न कलात्मक नृत्य प्रर्दशन गरि सखुवानन्कारकट्टी गाउपालिका लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा सभा अध्यक्ष केदार यादव लाई धन्यवाद दिदै यस महोत्सव लाई प्रतेक वर्ष निरन्तरता दिन आग्रह समेत गरे।
यसै बीच समापन सभाका केन्द्रबिन्दु रहनु भएका धिरेन्द्र प्रेमर्षी र रुपा झाले झण्डा महोत्सव सफलता पुर्वक भव्यताका साथ सम्पन्न गराउन सफल हुनु भएका नेपालकै कान्छो अध्यक्ष केदारनाथ यादव लाई बधाई तथा शुभकामना दिदै मिथिला तथा मैथिलीको मौलिकता तथा समस्याहरु संग जुडेगा चेतना मुलक गित संगीत प्रस्तुत गर्दै सम -सामयिक मधेशका मुद्दाहरु माथि आफ्नो धारणा राख्नु भएको थियो।
Image may contain: 1 person, standing and text
यसै बीच झण्डा महोत्सव मूल समितिका संयोजक तथा गाउपलिका अध्यक्ष केदारनाथ यादवले १० दिने झण्डा महोत्सवलाई आर्थिक ,सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउन सहयोग गरेका कृषि, शिक्षा,विज्ञान,स्वास्थ्य ,संस्कृति तथा संचारक्षेत्रमा आवध सम्पूर्ण लाई धन्यवाद ज्ञापन गर्दै विभिन्न विधामा उत्कृष्ट हुनु भएकाहरुलाई पुरस्कार र मायाको चिनो सहित सम्मान गर्नु भएको थियो।
Image may contain: 8 people, including हृदय नारायण यादव and Firoj Shekh, people smiling, people standing
समापन समारोहमा स्थानीय गायक सावन कुमार, तेजु मैथिल, सरोज सन्त, निलम राज, दिलिप मगर संगै वीर युवा क्लवका कलाकारहरुले आ - आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको उद्घोषण निर्मल कुमार साह र राजु गुप्ताले गरेका थिए।
Image may contain: 2 people
Image may contain: 2 people

Image may contain: 2 people, people smiling, people standing, beard and text
Image may contain: 3 people, including Firoj Shekh, people standing, people on stage and text
Image may contain: 4 people, people standing and text
Image may contain: 6 people, people standing and text
Image may contain: 5 people, people standing, beard and text

Image may contain: 4 people, people on stage and people standing
Image may contain: 3 people, people standing and text
Image may contain: 2 people, text
Image may contain: 5 people, people smiling, people standing, suit and text
Image may contain: 2 people, people sitting and text
Image may contain: 4 people, people smiling, text
Image may contain: 3 people, people smiling, people sitting and text
Image may contain: 5 people, text

मिर्चैयामा स्कुल बस र टेम्पो ठोक्किदाँ दाईको मृत्यु, भाई घाइते

Posted: 12 Feb 2019 11:07 PM PST

राम नारायण पंडित, सिरहा, ०१ फाल्गुन । सिरहाको मिर्चैयामा स्कुल बस र टेम्पु एकआपसमा ठोक्किदाँ दाईको मृत्यु भएको छ भने भाई घाईते भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत मिर्चैया नगरपालिका ५ स्थित आज विहान टाईम्स स्कुल मिर्चैयाको बस र टेम्पु एक आपसमा ठोक्किदाँ मिर्चैया नगरपालिका २ बस्ने २७ बर्षीय विरेन्द्र साहको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गएको ना.४ ख ४९०४ नम्बरको स्कुल बस र बिपरित दिशाबाट आउँदै गरेको ना.३ स ३४२० नम्बरको टेम्पु एकआपसमा ठोक्किदाँ टेम्पुमा सबार साहको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेव खनालले जानकारी दिए ।  दुर्घटनामा परी घाईते भएका सोही स्थानका २५ बर्षीय मुकुनदेब साहको स्थानिय स्थानिय स्तरमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक खनालले बताए ।
52448026_542824726210365_4937161466206748672_n%2B%25281%2529
ठक्कर दिई फरार रहेको बसलाई खोजीतलाश गरी तत्कालै नियन्त्रणमा लिएको उनले बताए । बस र टेम्पो चालक सहित प्रहरीको नियन्त्रणमा रहेका छन् । शवको पोष्टमार्टमका लागि रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाईएको छ । घटनाको सम्वन्धमा अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।  

मृत्यु भोजके जगह विद्यालयके दान , जनकपुरके अस्पताल पछारी नवजात शिशु के शव

Posted: 12 Feb 2019 09:48 PM PST


नवसंग्राम दैनिक । रेडियो सौगात आलोक यादव सिरहाका ५२ स्वास्थ्य प्रतिस्ठान अवैद्य ढँगबाट सँचालन भइरहेको खुलासा भएको छ । सिरहामा सञ्चालित अधिकाँश निजी स्वास्थ्य प्रतिस्ठान अवैद्य रूपमा सञ्चालन भइरहेका छन् । यस्ता गैरकानुनी संचालनमा रहेका स्वास्थ्य प्रतिष्ठानलाई कारबाही गर्ने प्रक्रिया अघि नबढाएको रहस्मय बन्दै गएको छ । सरोकारवाला निकायहरु ति संस्थाहरुबाट महिनावारी लिने गरेको छ भने कतिले महिनामा रकम नबुझाउँदा विभिन्न किसिमको दवाव दिने ग रेको छ । लहान स्थित रहेको सप्तर्षी नर्सिगं होम, डिभाइन अस्पताल, फ्रेन्ड्स मोडेल अस्पताललगायत गोलबजार, मिर्चैया स्थित रहेको स्वास्थ्य प्रतिष्ठानहरु नविकरण नगराएर गैरकानुनी रूपमा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रशासन प्रमुख उमेश कर्णले जानकारी दिए । यी मात्र नभइ जिल्लामा यसरी अवैधानिक रूपमा सञ्चालित निजी स्वास्थ्य संस्थाको संख्या करिब ५२ वटा रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रशासनले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रशासन प्रमुख कर्णका अनुसार दोब्बर दस्तुर बुझाएर नवीकरण गर्ने अवधिसमेत गुजारी सकेका स्वास्थ्य संस्थाहरूलाई किन दर्ता खारेज नगर्ने भनेर स्पष्टीकरण मागिएको थियो । तर कसैले स्पष्टीकरण नदिएको उनले बताए । तसर्थ त्यस्ता स्वास्थ्य संस्थाहरू स्वतः खारेजीमा परेको बताउँदै कर्णले अब तिनलाई बन्द गर्न मात्र बाँकी रहेको जानकारी दिए । त्यसका लागि जिल्ला स्वास्थ्य प्रमुख अघि सर्नुपर्ने उनको भनाइ छ । उता जिल्ला स्वास्थ्य कार्यालय प्रशासन प्रमुख कर्णले भने आफ्नो एक्लोे प्रयासले मात्र यो काम सम्भव नहुने भन्दै निरीहता प्रकट गर्छन् । त्यसका लागि प्रहरी प्रशासनको सहयोग आवश्यक पर्ने उनी बताउँछन् । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्लामा सञ्चालित अवैधानिक स्वास्थ्य संस्था बन्द गराउन आफूले जिल्ला स्वास्थ्य संस्थालाई पटकपटक भनिसकेको बताए । ०७३ मा एक वर्षका लागि नवीकरण भएका सम्पूर्ण स्वास्थ्य संस्था स्वतः खारेजीमा परिसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रशासन प्रमुख कर्णले बताए । स्वतः खारेजीमा परिरसकेका स्वास्थ्य संस्थाहरूले कानुनी रूपमा सेवा सञ्चालन तत्काल बन्द गर्नुपर्ने उनले बताए । तर, कानुन कार्यान्वयन पक्ष कमजोर हुँदा यी स्वास्थ्य संस्थाहरूले आफ्ना सेवा सञ्चालन गरिरहेका छन् ।
युग अनुसार संस्कार पनि परिवर्तन गर्दै गएको छ । यसैलाई आत्मसात गर्दै सिरहाको एक गाउँमा मृत्यू भोज नै नगरी सबै खर्च एक विद्यालयलाई दान गरिएको छ । मधेशमा दिनप्रतिदिन मृत्यू भोज लगायत अन्य भोज विकृतिको रुपमा मात्र परिचालित भएको भन्दै सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ११ बगहामा सासूआमाको पूण्यतिथीमा लाग्ने भोज भत्तेरको खर्च विद्यालयमा दान गरेको हो । सिरहा कर्जन्हा नगरपालिका वडा नं. ११ बस्ने गुरुदयाल महतोकी श्रीमति स्वर्गीय पार्वती कुशवाहाको स्मृतिमा उनकी छोरी निलु सिँह र ज्वाई मन्दिप कुमार महतोद्धारा गत माघ २७ गते मनाउने भनिएको पुण्यथितिको अवसरमा हिन्दु सँस्कृति अनुसार विधिविधान गरेपनि भोजभतेरको रकम स्थानीय आधारभूत विद्यालय बगहामा दान गरेका हुन् ।पेशाले ईन्जिनीयर रहेका मन्दिपले मृत्यूभोज मात्र विकृतिको रुपमा बाध्यता रहेको भन्दै अवको २१ औँ शताब्दीमा पनि मृत्यूउपरान्त गरिने यी परम्परालाई परास्त गर्न विद्यालयमा सहयोग स्वरुप दुईओटा स्टिल दराज प्रदान गरेका हुन् । सो जिन्सी दराज विद्यालयका प्रधानाध्यापक रामकृष्ण कामरलाई हस्तान्तरण गरेकी हुन् । मृत्यूभोजमा लाग्ने रकम गरिब, दलित विद्यार्थीहरुको भविष्य सुधार केन्द्रको रुपमा स्थापित समुदायिक उक्त विद्यालयमा सहयोग गरेपछि चारैतर्फबाट चर्चा बटुलेका छन् ।

सिरहाको धनगढीमाइ नगर पालिका शिक्षा शाखाको आयोजनामा सामुदायिक बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्षहरुसंग मंगलबार ब्यबस्थापन समितिका काम कर्तव्य तथा अधिकार र गुणस्तरिय शिक्षामा नगर पालिकाको सोच र लगानी बिषक एक दिने छलफल कार्यक्रम सम्पन्न भयो । धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यबस्थापन समितिका अध्यक्षहरुले आ आफ्नो बिद्यालयहरुका शैक्षिक तथा आर्थिक गतिविधिहरुको रिपोर्टिंग गर्नुका साथै समस्याहरुका बारेमा जानकारी गराउनु भएको थियो । नगर प्रमुख हरिनारायण चौधरीले अध्यक्षहरुको समस्याहरुलाइ हदै सम्मको समबोधन गर्ने प्रतिबद्धता जनाउनु हुदै गुणस्तरीय शिक्षाको निम्ति नगर पालिकाको योजना र नीतिबारे प्रस्टयाउनु भएको थियो । त्यसैगरि सामाजिक विकास समितिका संयोजक प्रकाश योञ्जनले ब्यबस्थापन समितिका अध्यक्षहरुलाई बिद्यालय प्रति जिम्मेवार हुन् साथै नागर पालिकाको योजनालाइ सहयोग गर्न अनुरोध गर्नु भयो । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख राम लखन मण्डलले गर्नु भएको जानकारी प्रवक्ता योञ्जनले दिनु भएको छ ।

वरियारपट्टीमे छुरा मारलअक

Posted: 12 Feb 2019 09:37 PM PST

सिरहा लहान भारती गुप्ता फागुन १ । व्यक्तिगत रिसिविको कारण वरियारपट्टीमा एक युवकमाथी छुरा प्रहार गरेको छ । आज विहान साढे ११ बजेतीर ४—५ जनाको एक समूहले प्रमोदकुमार यादवमाथी छुरा प्रहार गरेको छ । वरियारपट्टी ३ लवटोलीका प्रमोद यादवमाथी छुरा प्रहार गरी स्थानीय रविन्द्र दास, सुरज दास, लतो यादव, छोटी यादवलगायत फरार भएका छन् । छुरा प्रहारबाट प्रमोद गम्भिर घाईते भएको छ । उनको छातीमा छुरा लागेर घाईते भएको स्थानीय श्यामदेव मुखियाले बताएका छन् । उपचारको लागि लहान अस्पताल ल्याएको छ भने उनको उपचार यहाँ सम्भव नदेखिने जानकारीमा आएको छ । स्थानीय विरेन्द्रकुमार मुखियाका अनुसार दूई दिनअघि नै यो झगडाको विउ रोपिएको थियो । उनीहरुवीच समान्य झगडा भएको थियो । तर, आज सुनियोजित ढँगबाट प्रमोदमाथी छुरा प्रहार भएको छ । घटना भएपछि प्रहरीलाई खबर गरेपछि छुरा प्रहार गर्ने समूह फरार भएका छन् । उता छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका ४ माङहिङ टोल डेरा गरी बस्ने सोलुखुम्बु घर भएका ३६ वर्षीय लालबहादुर राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही स्थान डेरा गरी बस्ने खोटाङ घर भएकी ३२ वर्षीया सोनिया राईलाई छुरा प्रहार गरी हत्या गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । रामधुनी नगरपालिका(१ बस्ने ८५ वर्षीया नरबहादुर क्षेत्री आफ्नै घरको कोठामा सुतिरहेको अबस्थामा मंगलबार बिहान मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जंगली हात्तीले आतंक मचाएको

Image result for photo of elephant
केही दिनदेखि सिरहाको उत्तरी गाउँमा जंगली हात्तीले आतंक मचाएको छ । करिब ५—६ दिनदेखि उत्तरी क्षेत्रमा पर्ने चुरे जंगलबाट आएका हात्तीको समूहले त्यसक्षेत्रका गाउँहरुमा आतंक मच्चाएको छ । गोलबजार नगरपालिका–३ जमदह, मुसहर्निया र गोलागाउँमा सोमबार राति छ वटा जंगली हात्तीले स्थानीय छ जनाको भान्सा घर, शौचालय भत्काउनुका साथै गहुँबारी, टमाटर खेती नष्ट गरेको छ । वडाध्यक्ष धनप्रसाद मोक्तानका अनुसार बिहान करिब साढे ३ बजेतिर आएको एक बच्चासहित छ वटा हात्तीले लक्ष्मण राईको थाङ्ग्रामा राखिएको करिब सात क्विन्टल मकै खाएको छ ।यस्तै, मुसहर्निया गाउँका प्रकाश मल्लिकको शौचालय भत्काउनुका साथै भान्सा घरमा राखिएको करिब ३० केजी चामल खाएको छ । चिनीमाया तामाङको भान्सा घर भत्काएको छ । जमदह गाउँका गोपाल बुढाथोकीको पनि भान्सा घर भत्काएको छ । उनले भने, 'बालबालिकासहित सुतिरहेका बेला आएको हात्तीको समूहले भान्सा भत्काउन थालेपछि आफूहरु सुतेको घरको खाटमुनि लुकेर ज्यान जोगायौं ।' रमेश साह र कृष्णदेव साहको १० कठ्ठा क्षेत्रफलको गहुँ खेती र दुई कठ्ठामा गरिएको गोलभेडा खेती नष्ट गरेको छ । करिब दुई महिनाअघि पनि जङ्गली हात्तीको समूहले जमदहका तीन जनाएको घर भत्काई दिनुका साथै घरमा राखेको धान चामल समेत खाएको वडाध्यक्ष मोक्तानले बताए । धनगढीमाई नगरपालिका–१३ मा पर्ने उत्तरी गाउँमा पछिल्लो तीन दिनदेखि जंगली हात्तीको कारणले स्थानीय बासिन्दा आतंकित भएका छन् । समूहमा आउने हात्तीले भुल्किया जोगी डाँडाका राजेन्द्र लामा र सुवे यादवको घर भत्काउनुका साथै भकारीमा राखिएको धान चामल खाएको वडाध्यक्ष सूर्यमान तामाङ्ले बताए । सिरहाको उत्तरी क्षेत्रमा हरेक वर्ष दिउँद याममा चुरे जंगलबाट आउने जंगली हात्तीले स्थानीय बासिन्दाको घर भत्काइदिने, बालीनाली खाइदिने गरेको छ । जंगली हात्तीको आक्रमणमा परेर यसअघि तीन जनाले ज्यान गुमाइसकेका छन् । 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment