Onlinesiraha-Nepali |
मेडिकल माफियाको शिकार "साक्षी" को मृत्यु, लाहानमा दीप प्रज्वलन Posted: 14 Dec 2018 08:02 PM PST साक्षी को मृत्यु को दोषी को ?एक आर्थिक विपन्न परिवारमा जन्मेकी साक्षी सुरेन्द्र कामैत र सोनी रामको एकमात्र छोरी थिईन । साक्षी जन्मिदा बाउ र आमा घरमा लक्ष्मी आई भनेर असाध्यै खुशी थिए । जन्मेको ३ महिना पछि साक्षी को पिठ्युँमा बिबिरा जस्तो सानो फोका देखियो । उपचारको लागि उनीलाई राजबिराज स्थित "गजेन्द्र नारायण सिंह, अञ्चल अस्पताल " लगियो । अस्पतालले सानोतिनो घाउ हो यसमा कुनै चिन्ता लिनु पर्दैन भनी केही औषधी दिई पठाए र फलोअप मा आउन भने । ४ महिना उपचार गरिएपनी खासै केही सुधार नभएपछी "बि.पि. कोईराला स्वास्थ्य प्रतिष्ठान" धरान लगियो । त्यहाँको १ महिनाको उपचार पश्चात् "ढाड" मा समस्या छ र यसको उपचारका लागि कान्तिबाल अस्पताल काठमाडौको लागि रेफर गरियो। अस्पतालले रोग पहिचान गरि ४ देखि ६ लाख सम्म खर्च हुने जानकारी गरायो। आर्थिक भुमरीमा रहेका साक्षीका आमाबुबा भक्कानो पारेर अस्पताल परिसरमै रुन थाले । आमाबाबु को रोदनले बिटु मिश्रा भ्याट्स लगायत केही मधेसी समाजिक अगुवाहरुको मुटुलाई छोयो । उनीहरू पैसाले कसैको ज्यान जोगिन सक्छ भने हामी पछि हँट्नु हुन्न भन्दै पैसा जम्मा गर्न शुरु गरे । पैसा त जम्मा भयो तर अस्पतालले आफ्नो खुट्टा पछाडी गर्दै भने , हामी सँग उपकरण छैन । उपकरण ल्याउन महिनौँ लाग्न सक्छ । नेपाल भरिमै उपकरण पाईएन, समाजिक अगुवाहरूको दवाव पछि मात्र अस्पताल ले रेफर गर्यो, तर रेफर चाहिँ सिधा गरेन। अस्पतालले पुर्जीमा "पेरेन्टसको दवावमा रेफर गरियो" भनी लेख्यो जसले गर्दा एम्स ले भर्ना लिन मानेका थिएन । जेहोस अथक अनुरोध पश्चात् भर्ना गरियो तर साक्षीलाई दिल्ली लग्दा सम्म उनी गम्भीर अवस्थामा पुगिन र उनीलाई बचाउन सकिएन । डाक्टरले उनीलाई केही दिन अगाडि ल्याएकोभए बचाउन सकिन्थ्यो भने । नेपालको अस्पतालमा साक्षीको ८ महिना खेर गएको थियो । आमाबाउ को मुटु फाट्यो । उनीहरूको हासों र खुसीले भरेको परिवार शोकको माहासागरमा डुबे । अब भन्नुस दोषी को ? सरकारको सिस्ट्म कि साक्षीको आमाबुवा ? |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment