Onlinesiraha-Nepali |
छोराको इन्जिनिरिँग पढ्ने सपना अधुरो, सितालाई हेल्प मधेशीको सहयोग Posted: 13 Dec 2018 07:31 PM PST नवसंग्राम दैनिक लहान २८ मंसिर । 'मेरो छोराको इन्जिनियरिँग पढ्ने सपना थियो । तर, उनको पापा कतारमा वित्नुभयो सिता चौधरी भकानिएर रुदैँ भनिन् । उनको पापाको सपना पूरा गर्न छोरालाई इन्जिनियर बनाउँने प्रयासमा छु ।' र, यो पूरा होला न होला ? तीन छोराछोरीलाई शिक्षाको उज्यालो घाम दिन लागेको छु । उनीहरुलाई स्वदेशमै काम गर्न जोड दिंदै आएको छु । ''बैदेशिक रोजगारमा मेरा पति वित्नु भयो ।' फेरी, भविष्यका सन्तानलाई बैदेशिक रोजगारमा पठाउँन मनले मानेको छैन । सिता चौधरीकी पति भागवतलाल चौधरीको २०७५ साउन १३ गते विजुलीको करेन्ट लागेर कतारमा ज्यान त्याग गरे । कतारको सनेहआमा फलाम काट्ने काम गरिरहेको बेला चौधरीलाई विजुलीको करेन्ट लागेर मृत्यू भएको हो । पीडित परिवारलाई राहत स्वरुप आज हेल्प मधेशी दोहा कतारका उपाध्यक्ष उमेश खड्गा यादवको टोली उनको गाउँ लहान १५ बानो पुगेर २१ हजार रकम उपलब्ध गराएका छन् । हेल्प मधेशीका सदस्यहरुले महिनामा एक दिन चिया नखाएर जम्मा गरिएको रकमबाट यस्ता पीडित परिवारलाई प्रत्येक महिना उपलब्ध गराउँदै आएको छ । टोलीका शिवकुमार महतोले 'महिनामा जम्मा भएको पैसा पीडित परिवारलाई राहत स्वरुप रकम र शिक्षालगायतका शिर्षकमा उपलब्ध गराउँदै आएको छु ।' 'प्रत्येक महिना ३ देखि ५ जना यस्ता पीडितलाई राहत स्वरुप रकम उपलब्ध गराउँदै छु ।' हेल्प मधेशी दोहा कतारसँग ३ हजार सदस्य जति आबद्ध छन् । कतारमा पाँच लाख नेपाली कामदार छन् । यस मध्ये एक लाख मात्रै यो सँस्थासँग आबद्ध भयो भने प्रदेश २ को गरिबी निवारणमा ठूलो सहयोग पुग्ने छ । सन् २०१५ देखि हेल्प मधेशी दोहा कतार सक्रिय रहेको छ । आजको राहत कार्यक्रममा प्राध्यानाध्यपक दोस्तबहादुर भट्टराई, वडा सदस्य आनन्द राउत, विरेन्द्र चौधरी, रामप्रसाद चौधरीले नेपाल सरकारले यस्ता घटनाका पीडितको लागि विशेष कार्यक्रम ल्याउँनुपर्ने जरुरी छ । र, हेल्प मधेशीले आज जुन सहयोग गरिएको हो त्यो सराहनीय कार्य भएको बताएका छन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment