/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


कर्जन्हा : श्रीमान मलेसियामा दोस्रो विहे गरेपछि महिलाको बिच्चली

Posted: 05 Nov 2018 04:36 AM PST


राम नारायण पंडित, सिरहा, १९ कार्तिक । श्रीमान मलेसियामा दोस्रो विबाह गरेपछि कर्जन्हा नगरपालिका बडा नं. ११ का ३५ बर्षीय अरहुलिया महतो बिच्चलीमा परेकी छिन् । करीब १५ बर्षदेखि मलेसियामा रहदै आएका ३८ बर्षीय श्रीमान किसुनलाल महतो उतै इन्डोनेसियन केटीसंग विहे गरेपछि अरहुलिया थप चिन्तमा डुबकी छिन् । करीब १७ बर्षअघि समाजिक परम्परा अनुसार कर्जन्हा नगरपालिका बडा नं. ६ बेतहाका अरहुलिया र सोही नगरपालिका बडा नं. ११ बगहाका किसुनलाल महतोबिच बिबाह भएको थियो । बिबाहको २ बर्षपछि किसुनलाल धना कमाउने उदेश्यले बिदेशिएका थिए । फर्केर आउने आशामा रहेकी बेला श्रीमान विदेशमै दोस्रो बिहे गरेको खबर सुनेपछि अरहुलियाको जिबनमा थप पिडा थपिएको छ । 
उनले भनिन् "बिहेको २ बर्षपछि श्रीमान मलेसिया गयो, मलेसिया गएको २÷३ बर्षसम्म केहि पैसा पनि पठायो, त्यसपछि पैसा पठाएन्, फोन पनि गर्दैन, विदेश गएको १५ बर्ष भईसकेको छ, खानबस्न समेत समस्या भएपछि अहिले माइतिमा बस्दै आएको छु ।" उनले आँसु झार्दै भनिन् "मलाई बालबच्चा पनि छैन, नागरिकता छैन्, नागरिकताको सिफारिसका लागि महिनौदेखि भौतारिदा पनि कोहि बनाई दिएनन्, बडा अध्यक्षले सिफारिस दिएन, तपाई अधिकारकर्मी, समाजसेबी, पत्रकारहरु सहयोग गरिदिनुस्, नागरिकता भएपछि कुनै रोजीरोटी गरेर जिबनयापन गर्छु ।" 
बहिनीले जिबन सुखीसंग बिताउछ भन्ने विश्वासले बिहेगर्दा पनि अहिले दुखमा परेको देखेर पछताउनु परेको अरहुलियाका दाजु राजकुमार महतोले बताए । उनले भने "उसको श्रीमान बिदेशमा अर्को बिहे गरेको छ, पैसा पनि पठाउदैन, सासुससुराको मृत्यु भईसकेको छ, केहि जग्गा जमिन भएपनि उसकोे दाजुभाईहरुले दिन चाहदैन, नागरिकता पनि बनाई दिदैन, मैले जिल्ला प्रहरी कार्यालय सिरहाको महिला सेलमा पनि निबेदन दिएका थिए तर त्यहाँ पनि केहि भएन, श्रीमान बिदेशमा भएपछि हामीले केहि गर्न सक्दैनौं भन्यो ।" 

यस बिषयमा समाजिक अभियन्ता तथा समाजसेबी सरोज रायको जानकारी भएपछि उनले र्कािर्तक १६ गते अरहुलियाको घरमै पुगी घटनाको बारेमा जानकारी लिएका छन् । अरहुलियाको नागरिकताको लागि आफुले पहल सुरु गरिसकेको अभियान्ता रायले बताएका छन् । अरहुलियालाई बडा अध्यक्ष कपिल यादबले नागरिकताको लागि सिफारिस दिन नमानेको अभियन्ता रायले बताए । यस बिषयमा कर्जन्हाका मेयर गंगा पासमानसंग बुझँदा उहाले नागरिकताको लागि सहयोग गर्ने बताएको समेत उनले जनाएका हुन् । उनले भने "अरहुलियाको नागरिकताका लागि आफुले कानुन अनुसार प्रक्रिया अगाडी बढाउछु, नागरिकता भएपछि श्रीमानलाई बिदेशबाट झिकाउन सजिलो हुनेछ ।"

अपराध न्यूनिकरणका लागि ‘समुदाय—प्रहरी साझेदारी’ अभियान

Posted: 05 Nov 2018 12:33 AM PST


लहान, १९ कात्तिक । अपराध न्यूनिकरणका लागि नेपाल प्रहरीले समुदायसँगको सहकार्यको लागि 'समुदाय–प्रहरी साझेदारी' अभियान सुरु गरेको छ । शान्ति र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय लहानले नगरपालिकासँग सहकार्य गरि स्थानीयतहमा 'समुदाय–प्रहरी साझेदारी' कार्यक्रम सञ्चालन गर्न आज सरोकारवालाहरुबीच छलफल गरि २१ सदस्य समिति गठन गरिएको छ । लहान नगरपालिकाका मेयर मुनि साहका प्रमुख आतिथ्यमा कार्यक्रमको शुभारम्भ गर्दै लहान नगरपालिका समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पुर्याउने मेयर साहले बताउँनुभयो । 'भ्रष्ट, तस्कर, गुण्डा र अपराधीको जरै उखेलेर फाल्नुपर्छ । नागरिकले अपराधीका सूचना उपलब्ध गराउने वातावरण यो अभियानबाट हुनेछ,' मेयर साहले बताउँनुभयो ।
उहाँले दिगो शान्ति कायम गरी लहानका २४ वटै वडालाई समृद्ध बनाउने सरकारको लक्ष्य हासिल गर्न नेपाल प्रहरीले कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने बताउँदै शान्तिपूर्ण र सुरक्षित समाजका लागि कार्यक्रम ऐतिहासिक हुने मेयर साहले बताउँनुभयो । 'हर प्रहर, गाउँ नगरीः टोल टोलमा नेपाल प्रहरी' भन्ने मूल नारा तय गरिएको कार्यक्रम लहान नगरपालिकाका टोल टोलमा सञ्चालन गरिनेछ । मुलुकमा हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नेपाल प्रहरीले कार्यक्रम सञ्चालन गरेको हो ।

प्रहरीले अघि सारेका कार्यक्रममा आधारभूत सुरक्षा, प्रहरी र स्थानीय तहबाट प्राप्त हुने सहयोग, सिसिटिभीलगायत प्रविधिको विस्तार, महिला बालबालिका, ज्येष्ठ नागरिकमाथि हुने हिंसा नियन्त्रण, दाइजो, बालविवाह, छाउपडी, बोक्सी प्रथाको नियन्त्रण आदि समेटिएको छ ।यस्तै प्रहरीले नागरिकसँगकै सहकार्यमा मानव बेचबिखनको नियन्त्रण, एकीकृत घुम्ती शिविर सञ्चालन, सडक सुरक्षा, लागु औषध निषेध र मदिरा नियन्त्रण, विपद व्यवस्थापन, साइबर सुरक्षा र प्राकृतिक स्रोतसाधनको दोहन र दुरुपयोगमा पनि विशेष ध्यान दिने ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताउँनुभयो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment