/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


कार्तिक पुर्णिमा नि:शुल्क स्वास्थ सिविर जारी

Posted: 22 Nov 2018 08:52 AM PST

 

नरेशचन्द्र बरबरिया, धनुषा मंसिर ६ गते ।
कार्तिक पूर्णिमाको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर संचालन भएको  छ ।धनुषाको जनकनन्दनी गाउँपालिका वडा न.१ कमला नदीको किनारमा कार्तिक पुर्णिमाको सुभ अबसरमा आयोजना गरिएको छ  ।नेपालको विभिन्न जिल्लाहरु बाट आउने गरेको श्रद्धालु भक्तजनहरुको लागी   नि:शुल्क स्वास्थ्य  सिविर जारी रहेको छ । हेल्प फर हेप्पीनेस र  हजारी लाल हस्पिटलको  सहकार्यमा  सिवीर संचालन भएको हो । "भूत मेला लाग्ने स्थानमा स्वास्थ उपचार गराउनेहरुको भिड लागेको छ अहिले सम्म २०० भन्दा बढी भक्तजनहरुले स्वास्थ उपचार भैसकेको स्थानीय युवा ईन्द्रजित   गोईतले बताए ।सिवीर ६:०० बजे साझ देखि संचालन भएको र भोलि बिहान १०:०० बजे जारी रहने छ ।

मिर्चैयामा विशाल महाविर झण्डा मेलाको तयारी अन्तिम चरणमा

Posted: 22 Nov 2018 04:55 AM PST

राम नारायण पंडित, सिरहा, ०६ मंसिर । सिरहाको मिर्चैयामा विशाल महाविर झण्डा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मिर्चैया नगरपालिका बडा नं. ५ स्थित यहि मंसिर ११ गतेदेखि सुरु हुने श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सवमा झण्डा र मुर्ति निर्माण लगायतका तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । 
 
संस्कृति संरक्षण सम्वद्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले आयोजना गरिएको मेलामा महाविरको झण्डा ६० फिट अग्लो निर्माण भईरहेको मेला समितिका अध्यक्ष राजेन्द्र साहले बताए । मेलाको पहिलो दिन मंसिर ११ गते हुने भव्य कलश यात्रामा सहभागि हुनका लागि मेला समितिले सम्पुर्ण नगरवासीलाई आग्रह समेत गरेका छन् । 
 
मेला महोत्सवमा मनोरजंनका लागि सांस्कृतक कार्यक्रमको साथै झरनी, रामहिलोरा, सर्कस, मौतको कुवाँ लगायतका संचालन हुने समितिका कोषाध्यक्ष रुकेश साहले बताए । 
 

मेला मंसिर ११ गतेदेखि १७ गतेसम्म चल्ने मेलाको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया रहेको छ । 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment