Onlinesiraha-Nepali |
शान्ति र संविधान निर्माण देखी संघियता जोगाउन काँग्रेशको भूमिका महत्वपूर्ण ः कोषाध्यक्ष यादब Posted: 28 Oct 2018 10:35 AM PDT शिव दयाल यादब बिष्णुपुर,कार्तिक ११ गते । नेपाली काँग्रेशकी केन्द्रिय कोषाध्यक्ष तथा पूर्व शान्ति मन्त्री सिता देवी यादबले काँगे्रशको इतिहासबारे बोल्दै शान्ति प्रक्रिया देखी संविधान निर्माण लगायतकामा महत्वपूर्ण भूमिका काँगे्रशले गरेको बताईन । नेपाली काँग्रेश बिष्णुपुर वडा नं. २ ले आयोजना गरेको दशैं,दिपाबली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष यादबले दवन्द्ध कालको समयमा सबैको मन तर्सिएको बेला पनि स्व.गिरिजा प्रशाद कोईराला शान्तिको दुत भई सवैलाई वार्ताको माध्यमबाट शान्ति प्रक्रियामा ल्याएको कुरा अविस्मरणीय रहेको छ । यसका साथै स्व.गिरिजा प्रशाद कोईरालाले पनि यो देशमा वर्षोदेखी रहेको नेपालीको सपना शान्ति र संविधानलाई पूर्णता दिएको यस पार्र्टिको गौरबमय इतिहास रहेको बताईन । उनले भने फेरी पनि शेरबहादुर देउबाले आफनो पार्टिलाई दाउमा हालेर संविधान कार्यान्वयन र संघियता ल्याउनका लागि देशमा चुनाबको गराएको यस पार्टिको महानता भएको दावी गरिन । कोषाध्यक्ष यादबले देशमा बढडो बलात्कारका घटना र अत्यधिक करको मारमा रहेको जनताले वर्तमान सरकारबाट कस्तो अपेक्षा गर्न सकिन्छ भन्ने प्रष्टै रहेको बताईन । संगठन विस्तार गर्न अनुशासन र संस्कार आवश्यक ः पूर्व मन्त्री यादब पूर्व शिक्षा मन्त्री चित्रलेखा यादबले पार्टीको संगठनलाई विस्तार गरेर सेवक भई काम गरे त्यसको प्रतिफल अवश्य पाउने वताईन । पार्टिभित्र अनुशासन हुनु जरुरी छ । अनुशासन बिहिन राजनीति,कुसंस्कारले कसैको विकास नहुने बताउदै भनीन सवैमा अनुशासन र संस्कारको बानि बसाल्नु जरुरी रहेको वताईन । तब मात्र हामी राम्रो पार्टि र राम्रो संगठनको परिकल्पना गर्न सक्छौ । कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले गुट र उपगुटको राजनीति अन्तय हुनु जरुरी रहेको बताए । जिल्लामा पार्टि भित्र बढडो किचलोले कसैको भलो नुहुने भन्दै गएको चुनाबमा परिणाम देखाईसकेको बताए । उक्त कार्यक्रममा वडा नम्बर दूई र अन्य वडाबाट विभिन्न पार्टि परित्याग गरी दूई दर्जन बढि कार्यकर्ताहरु प्रवेश गरेका छन् । प्रमुख अतिथिको रुपमा रहेको सिता देवी यादब,विशिष्ट अतिथि चित्रलेखा यादब,जिल्ला सभापति राम चन्द्र यादब लाई विष्णुपुर गाँउपालिका अध्यक्ष पदका प्रत्यासी उम्मेदवारको रुपमा रहेको राम चन्द्र यादबले दोसाला ओढाई उनिहरुलाई सम्मान गरेका थिए । उक्त कार्यक्रममा काँग्रेशका संघिय,प्रदेश, जिल्ला स्तरीय र स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । |
सिरहा : समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुभारम्भ Posted: 28 Oct 2018 06:52 AM PDT राम नारायण पंडित, सिरहा, ११ कार्तिक । नेपाल प्रहरीले 'समुदाय–प्रहरी साझेदारी' कार्यक्रम शुभारम्भ गरेको छ । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले नेपाल प्रहरीले आइतबारदेखि सिरहाको मिर्चैया सहित देशभरी 'समुदाय–प्रहरी साझेदारी' कार्यक्रम सञ्चालन गरेको हो । अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउन र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीले सिरहाका सबै स्थानीय तहसँग संस्थागत साझेदारी अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक जीवन श्रेष्ठले जानकारी दिएका छन् । जिल्लाका १७ वटै स्थानीय तहका प्रमुख र अध्यक्षहरुले समुदाय र प्रहरी साझेदारी सम्झदारी पत्रमा हस्ताक्षर गरी प्रतिवद्धता जनाएर अभियान सुरु गरेको हो । अभियानलाई जिल्ला, नगर, गाउपालिका, वडा, विद्यालय र टोल टोलमा समिति गठन गरी अगाडी बढाउने उनले बताएका छन् । समाजमा हुने विभिन्न खाले अपराध नियन्त्रणमा प्रहरीको एकल प्रयासबाट मात्रै सम्भव नभएकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रम बैलुन उडाएर सञ्चालन गरिएको ईलाका कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहले बताए । केन्द्र, सबै प्रदेश र ७७ वटै जिल्लामा एक साथ सञ्चालन गरिएको कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण होबाक विश्वास गरिएको छ । 'हर प्रहर, गाउँ नगरी, टोल टोलमा नेपाल प्रहरी' भन्ने मूल नारा तय गरिएको कार्यक्रम देशभरका टोल टोलमा सञ्चालन गरिनेछ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment