Onlinesiraha-Nepali |
लहान २४ को बलात्कार काण्ड सार्वजनिक Posted: 27 Oct 2018 11:11 AM PDT नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १० कात्तिक । सिरहाको लहान २४ मलहनमाका एक युवतीलाई बलात्कार गरी उखुवारीमा फालेको अवस्थामा स्थानीयवासीले उद्धार गरेका छन् । दुर्गा मेला हेरेर साँझतीर साईकलमा घर फर्किरहेकी नजानकी (नाम परिवर्तन)लाई तीन चार जना केटाले जर्बजस्ती करणी गरी उखुबारीमा फालिएको थियो । बलात्कारीहरुले उनी चढेको साईकललाई रोकी उखुबारीतर्फ लैजान प्रयास गर्दागर्दै बलात्कार गरेको विशेष स्रोतको दावी छ । घटना कात्तिक २ गते दुर्गा मेला हेरेर घर फर्किरहेको अवस्थामा उनलाई बलात्कार गरिएको छ । बलात्कार भएको घटना सार्वजनिक नभएपछि केही दिन प्रहरी, पत्रकार र अधिकारकर्मी समेत अन्यौलमा परेको थियो । बलात्कृत युवतीको कात्तिक ३ गते बेलुका ५ बजेर ४५ मिनेटमा लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । घटनावारे खोजखबर जोरतोड चलेपछि ईलाका प्रहरी कार्यालय लहानमा कात्तिक ९ गते उजुरी हालिएको छ । १९ बर्षीया अविवाहितलाई बलात्कार गरेको आरोपमा तीन जनामाथी उजुरी परेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए । बलात्कारीहरु फरार रहेको छ भने घटनामा राजनीतिक लेप समेत लाग्दै आएको अर्का एक स्रोतको दावी छ । अधिकारकर्मीहरु भन्छन् घटनाका मुल अपराधीलाई कडा कारवाही गर्नुपर्छ । तर, राजनीतिक वहानामा निर्दोषलाई फसाउँने काम कद्दापी न्यायोचित नहुने बताएका छन् । यहाँ लहान अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा प्रहरीको ड्युटीमा कमजोरी भएको तथ्य सार्वजनिक भएको छ । घटना भएको सात दिनसम्म अन्यौलमा रहँदा नवसंग्राम दैनिकले सत्यतथ्य पता लगाउँन अधिकाँश सरोकारवाला निकायसंग खोजखबर गरेका थिए । सोहीक्रममा फेसबुक वालमा घटनाको सानो चर्चा समावेश गर्दा आज मात्रै सार्वजनिक भएको हो । |
धनुषाको ईनर्वामा बृहत सरसफाइ कार्यक्रम सम्पन्न Posted: 26 Oct 2018 11:08 PM PDT नरेशचन्द्र बरबरिया कार्तिक १० गते ।धनुषामा आज बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।जनक नन्दनी गाउँपालिका धनुषाको वडा न.१ ईनर्वाको बजार क्षेत्रको विभिन्न भागहरुमा सरसफाइ गरिएको छ । सुभ दिपावली तथा छठ पर्वलाई लक्ष्यित गरी नेपाल विद्यार्थी संघ एबम नेपाल पोलिटेक्निकल कलेज भरतपुर चितवनको सहयोगमा आयोजना गरिएको उक्त सरसफाइ कार्यक्रमका संयोजन ईन्द्रजीत गोइतको अगुवाईमा सरसफाइ कार्यक्रम भएको हो ।उक्त सरसफाइ कार्यक्रममा धनुषा प्रदेश सभा २ `क`काङ्ग्रेस प्रदेश सभाका प्रत्यासी उमेदवार राजेश्वर गोइत(राजा)सरसफाइ अभियन्ता धिरेन्द्र शाल,वडा सह-सचीव सुरेश मरिक,प्र.अ भोला यादव लगायत स्थानीय बासि ,बुद्धिजिबी,व्यपारी,किसान, विद्यार्थी ,नेपाल प्रहरी ईनर्वाका प्रहरी जवानहरुको सक्रिय सहभागीता रहेको थियो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment