Onlinesiraha-Nepali |
- विभेदविरुद्ध मधेश आन्दोलनले पर्दाफास गरेको चलचित्र ‘मिशन मधेश’
- बोलबमको रौनक : असल श्रीमान पाउँन सोमवारी
- ‘पल्सर १५० ट्विन डिस्क’ लन्च अगावै लहानमा ६ मोटरसाईकल बुक
- शहिदनगरका मण्डल राष्ट्रिय युवा प्रतिभा पुरस्कार बाट सम्मानित
विभेदविरुद्ध मधेश आन्दोलनले पर्दाफास गरेको चलचित्र ‘मिशन मधेश’ Posted: 13 Aug 2018 10:13 AM PDT नवसंग्राम दैनिक लहान, २८ साउन । हरेक बच्चाको लागि 'मिशन मधेश' हेर्न लायक होस् भन्दै प्रदेश २ का सांसद मनिष सुमनले सामाजिक रुपान्तरणको सन्देश दिने मधेशमा मात्रै होइन् पहाडमा पनि यो फिल्म हेर्न सकिने कथावस्तु समेटिएको बताउंनुभयो । सौगात फिल्म प्रोडक्सन प्रालिको प्रस्तुतिमा आज 'मिशन मधेश' चलचित्रको लहानमा शुभ मुहुर्त गर्दै सांसद सुमनले मधेश आन्दोलन संसारको यस्तो आन्दोलन हो जसमा ९० प्रतिशत मधेशी जनता सडकमा उत्रिएका थिए । जसको उद्गमस्थल लहान नै हो । आज यसै ठाउंबाट 'मिशन मधेश' फिल्मको तयारीमा लागेकोले यसले मुक्तिको आवाजमा अग्रता दिने बताउंनुभयो । सांसद सुमनले हिन्दी, भोजपुरी र नेपाली भाषामा प्रेम कथामा आधारित फिल्म बनाउंने गरेकै छ । यो मैथिली भाषामा सम्भवत पहिलो ऐतिहासिक पारिवारिक फिल्म तयारीमा जुटेले यो मधेशीको लागि दस्तावेजको रुपमा रहने बताउंनुभयो । 'मिशन मधेश' फिल्मका निर्देशक सुर्या साहले यो फिल्ममा मधेश भूमीमा रहेका जिमिन्दारी, बलात्कार, दमन शोषण, विभेदविरुद्ध मधेश आन्दोलनले पर्दाफास गर्दै मुक्तिको लागि कलाकारहरुले अभिनय गर्ने आधार तयारी गरिएको बताउंनुभयो । कार्यक्रममा राष्ट्रिय जनता पार्टीका सहमहाचिव गजेन्द्र मण्डल, केन्द्रीय सदस्य दिनेश यादव, भरत साह, राजपाका लहान नगर समितिका अध्यक्ष महमुद आलम, उपमेयरका प्रत्यासी भारती गुप्ता, मानव अधिकार संगठनका केन्द्रीय सदस्य राजकुमार राउत, कलाकार प्रमोद चौधरी, शिला यादव, नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्तालगायतले मन्तव्य राख्नुभएका थिए । कार्यक्रमका सभाध्यक्षता फिल्मका निर्माता मुकेश कर्णले गरेका थिए भने 'मिशन मधेश' का मुख्य कलाकार डिपी गुप्ता, पुजा ठाकुर, कसिस दहाल, रेणुका कार्की, सुजित यादव, अधिकलाल यादव, डा.दिपेन्द्र यादव, शिवा, डा.पप्पु साह, शिवशंकर महतो, परिक्षण महतोलगायत दर्जनौले अभिनय परिचय दिएका थिए । यो फिल्मको सुटिंग भदौ महिनाभित्र सकिने तयारी गरेको छ भने दिपावली छठ् पर्वको अवसरमा प्रदर्शनमा ल्याउंने तयारीमा जुटेको निर्मातापक्षले जानकारी दिए । |
बोलबमको रौनक : असल श्रीमान पाउँन सोमवारी Posted: 12 Aug 2018 09:06 PM PDT राम नारायण पंडित सिरहा २७ । साउन महिनाको सुरुवातसंगै शिवालयहरुमा भिड्भाड् र बोलबम जानेहरुको संख्यामा ह्वातै बृद्धि भएको छ । साउन महिनामा परेको सोमबारको दिन सोमबारी ब्रत बस्नाले चिताएको मनोकामना पुरा हुने गरेको बमहरुले बताउँछन् । असल श्रीमान पाउँने उद्ेश्यले आफुहरु साउनमा सोमवारी व्रत बस्ने गरेको महिलाहरु बमहरुले बताउछिन् । महिलाहरु हातमा मेहन्दी, चुड्ी र हरियो बस्त्रमा अहिले नव दुल्ही झै सजिएकी छिन् । पहिले गाउँघरमा मेहन्दी पाईंदैन थियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाहरुले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्ने गर्थे । तर हिजो आज गाउँ–गाउँमा पनि मेहन्दी पाइन्छ । के सहर के गाउँ अहिले साउन लाग्ने बित्तिकै रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहलपहल बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनको रुपमा पनि यो चलनलाई स्वीकार गरेका छन् । साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रुपमा लिइन्छ । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । साउन महिना भगवान शिवप्रति आस्था र बिश्वास राख्नेहरुका लागि महत्वपूर्ण महिना मानिएको छ । त्यसमा पनि साउन महिनामा पर्ने सोमवारलाई अझै महत्वपुर्ण दिनका रुपमा युवापिढीहरुले लिने गरेका छन् । साउन महिनाको सोमबारीमा त शिव मन्दिरहरुमा रातो, पहेँलो र हरियो पहिरनमा सजिएकी महिला र पुरुष बमहरुको घुइँचो लाग्ने गरेको दृश्यले थप मनोरम बनाउनुको साथै खुसयाली प्रदान गरिरहेका छन् । साउन महिनामा सोमवारी व्रत बस्नाले मनोकामना पूरा हुनुको साथै आफुले चिताएको श्रीमान पाइन्छ भन्ने धार्मिक जनविश्वास रहेको महिलाहरुले बताउँछिन् । त्यसैले अर्को महिनाको तुलनामा साउन महिनामा महिलाहरु बिशेष रुपले सजिएर शिवालयहरुमा गई पुजाआजा गर्ने गरेको पाइन्छ । "साउन महिनामा व्रत बस्नाले चाहेको अनुसार श्रीमान भेटने गरेकोले आफुहरु त्यसो गर्दछौ" उनीहरुको भनाई रहेको छ । अविवाहित युबतीहरु असल श्रीमान पाउँन र विवाहितहरु श्रीमान र सन्तानको दिर्घायुका लागि ब्रत बस्ने गरेको बताईन्छ । हरियो चुडा, मेहन्दी र हरीयो कपडामा सजिनेहरुमा कलेजमा अध्ययनरत युवतीहरुको संख्या पनि उल्लेखय रहेको छ भने विद्यालय स्तरको छात्राहरु पनि त्यही किसिमले सजिएकीे छिन् । यति मात्र कहाँ हो र भर्खरै विबाह भएको महिला होस वा प्रौढ सबै अहिले नब कनिया जस्तै सजिएकी छिन् । साउनमा सोमबारी पुरुषहरुले पनि गरिरहेको भएपनि महिलाको संख्या बढि रहेको पाइन्छ । अविवाहित पुरुषहरुले आफुले सुन्दर सुशिल स्त्री पाउन र विवाहित पुरुषहरु सन्तानको सुख शान्ति प्राप्त होस भन्दै सोमबारी (बोलबम) ब्रत बस्ने गरेका छन् । विभिन्न पवित्र नदी, जलाशय, कुण्ड लगायतको जल खाली गोडा तथा पैदलै हिडेर शिवलिंगमा चढाउने सोमबारीको विशेषता रहेको छ । भगवान शिवलाई दुध, जल, बेलपत्र, धुथुर र हरियो पुजा सामग्रीहरु मन पराउने भएकाले शिवालयहरुमा श्रद्धालुभतmजनहरुले उतm बस्तुहरु चढाई पुजा अर्चना गरिरहेका छन् । यदी पौराणिक मान्यतालाई हेर्ने हो भने साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् । अहिलेको समयमा आएर बोलबम पनि एउटा फैसन जस्तै भईसकेको छ । बोलबमको नाममा अत्याधिक मादकपदार्थ सेवन गरि होहल्ला गर्ने देखि लिएर उच्छृ्रंखल गतिबिधिको साथै अनैतिक क्रियाकलाप पनि हुने गरेको पाइन्छ । यस्तो कार्यलाई "यथासिध्र रोक्नु पर्छ नत्र यसले भोली गएर अर्को रुप पनि लिन सकिन्छ । यो धर्म माथिको ठाडो प्रहार हो ।" "आफ्नो धर्म सांस्कृतिलाई आफैले जर्गेना र बचाएर राख्नु पर्छ ।" |
‘पल्सर १५० ट्विन डिस्क’ लन्च अगावै लहानमा ६ मोटरसाईकल बुक Posted: 12 Aug 2018 08:32 PM PDT नवसंग्राम दैनिक लहान २७ साउन । नेपालमा सर्वाधिक विक्री हुने मोटरसाईकल ब्राण्ड बजाजले पल्सर १५० ट्विन डिस्कको नयां मोड बजारमा ल्याएको छ । मोटरसाईकलको स्पोर्ट सेग्मेन्टमा नयां आयाम थप्नको लागि पल्सर १५० ट्विन डिस्कको डिजाइन गरिएको छ र यो बाईकले ग्राहकलाई नयां जोश र नयां अनुभूती प्रदान गर्नेछ । यो नयां पल्सर मोटरसाईकल प्रविधि र डिजाईनलाई त्यसरी नै पूनः परिमाणित गर्नेछ जसरी पल्सरले २००१ मा पहिले गरेको थियो । पल्सर बाइकका मोडलहरु लन्च भएदेखि नै आफ्नो आधुनिक एवं पृथक डिजाइन र उत्कृष्ट परफ्रमेन्सको लागि चिर परिचित छन् । कम्पनीको रणनितिबारे चर्चा गर्दै मनकामना ट्रेड लिंक लहानका प्रोपराईटर राजकुमार गुप्ताले भन्नु भयो ' यसमा रहेको १५० सिसि डि.टि.एस.आई.इन्जिनले दिने १४ पि.एस. पावरले ग्राहकको दैनिक जिवनमा रोमाञ्चक एवं अरामदायी यात्राको सुनिश्चितता प्रदान गर्दछ । यो अतुलिय पावर र माइलेजको उत्कृष्ट सामायोजनले यस सेग्मेन्टको वाइकहरु मध्येमा उत्कृष्ट हो । जसलाई आरामदायी सवारीको आनन्द लिनु छ उनीहरुको लागि पल्सर १५० ट्विन डिस्क सच्चा सहयात्री हुनेछ । नयां पल्सर माइलेजको अतुलीय समायोजन हुनुका साथै यसमा थुप्रै अन्य विशेषताहरुले सुनिश्चित छ । जुन विशेषताहरु यस प्रकार छन् । १५० सिसि डि.टि.एस.आई. इन्जिनः उत्कृष्ट १४ पि.एस.पावर र उत्कृष्ट माइलेजको लागि, डिजिटल मिटर ः आधुनिक एवं आकर्षक, ट्विन डिस्क ः ब्रेकिंग क्षमता बढाउंछ । नाइट्रोक्स सन्स्पेन्सन ः आरामदायी सवारीको सुनिश्चितता गर्दछ । डि.सी. इग्निशन तथा लाइटिगं सिस्टम ः सजिलो स्टार्ट र एकनाशको प्रकाशको लागि, बाइड ट्यूवलेस टायरहरु ः अझ राम्रो रोड ग्रीप र सुरक्षाको लागि । विग डायामिटर फ्रन्ट फोर्क ः स्पोर्टी लुक्स र सस्पेन्सनलाई बलियो बनाउंछ । यसैबीच, सिमित अवधीका लागि पल्सर १५० ट्विन डिस्क मूल्य २ लाख ५५ हजार ९ सय मात्र कायम गरिएको छ भने यो पल्सर १५० ट्विन डिस्क तीन आकर्षक रंगहरुमा उपलब्ध छन् । यो बाइक बजारमा आज लन्च भएकै दिन लहानमा ६ वटा बुक भइसकेको मनकामना ट्रेड लिंकका प्रो.राजकुमार गुप्ता बताए । |
शहिदनगरका मण्डल राष्ट्रिय युवा प्रतिभा पुरस्कार बाट सम्मानित Posted: 12 Aug 2018 12:02 PM PDT नरेशचन्द्र बरबरिया,काठमाडौ श्रावण २७ गते । युवा बैज्ञानिकका रुपमा क्रियासिलका साथ कृषि उत्पादनका लागि गहुँ काटने नारा एग्रो मेसिन र अन्य कृषि उपयोग उपकरण अविस्कारक धनुषा शहिदनगर नगरपालिका- ७ धबौलीका अम्बर कुमार मण्डललाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले अाइतबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपालै भरी बाट १० जना प्रतिभाबान युवाहरुलाई सम्मान गरेको हो । सम्मानसँगै उनले नगद १ लाख रुपैयाँ प्राप्त गरेका छन् । काठमाडौको राष्ट्रिय सभा गृहमा भएको सम्मान कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री जगतवहादुर विश्वकर्माले सम्मान पत्र र १ लाखको चेक प्रदान गर्दै सम्मान गरेका थिए । विज्ञान तथा प्रविधिको क्षेत्रमा सामान्य परिवारका अम्बले गरेको योगदानको उच्च मूल्याङकन गर्दै मन्त्रालयले सम्मान गरेको हो । आगामी दिनमा आविस्कारको क्षेत्रमा प्रोत्साहन गर्न आफुलाई युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको धबौलीमा रहेका मण्डले जानकारी दिए ।मिथिलाको संस्कृती झलकिने पोशाक धोती र गमछा सहित मन्त्री पोखरेलले मण्डलको प्रसंशा समेत गरेका थिए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment