/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


विकृतिमुक्त समाज निर्माणमा युवालाई एक जुट भएर अगाडी बढनु जरुरी यवा अभियानी

Posted: 12 Aug 2018 11:13 AM PDT


चञ्चल झा
रौतहट । साउन २७ । "युवाहरुको लागि सुरक्षित ठाँऊ" भन्ने नाराका साथ विश्व भरीका साथै रौतहटमा पनि १९औँ अन्र्तराष्ट्रिय युवा दिवस मनाईएको छ । रौतहटको सदरमुकाम गौरमा विभिन्न क्याम्पसहरुको युवाहरुको सहभागितामा आज अन्र्तराष्ट्रिय युवा दिवस मनाईएको छ । रौतहटमा युवाको वर्तमान अवस्थाका वारेमा चर्चा गर्दै समाज सुधारमा युवाहरुको भुमिकावारे साथै देशलाई समृद्ध बनाउनुमा युवाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सहभागि युवाहरुले अहिले हाम्रो समाजमा लागुऔषद,मदिरा सेवन,विदेश पलायन,आवश्यक्ता विनाको मोवाईल फोनको प्रयोग,अनुसासनको कमी,अधिकारको लागि अगाडी न बढ्नु,राजनितिकमा युवा माथि विभेद,भागी विवाह,अरुलाई आकर्षित गर्ने कपडा, अरुको भरमा बस्नु,जिम्मेवारी वोध न हुनु, छुवाछुत, सही गलतको अनुमान लगाउन न सक्ने,वालविवाह,कुलतमा साथीको सहयोग,आर्थिक समस्याले कुलत र अपराधिक घटनामा संलंग्ता,वेचविखन लगायत युवाको समस्याहरुलाई उजागर गरिएको थियो । साथै सहभागीहरुबाट आएका समस्याहरुलाई समाधान गर्न युवाले कस्तो भुमिका खेल्नु पर्ने वारे पनि बताईएको थियो ।
युएनडिपी नेपालको सहयोगमा र आरडिसी नेपालको सहकार्यमा रौतहटमा चल्दै गरेको समाजिक सद्धभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तरगत गौर नगरपालिकाको सहकार्यमा ग्रामिण विकास केन्द्र नेपालको आयोजनामा आज रौतहट उद्योग बाणिज्य संघको सभाहाँलमा भएको कार्यक्रमको अध्यक्षता आरडिसी नेपालको कार्यकारी निर्देशक आलोक सिंहले गर्नु भएका थिए । युवा अभियन्ता मोमताज राय भाँटले संचालन गरेको कार्यक्रममा संस्थाका युवा अभियन्ता तथा विश्व शिक्षाका प्रतिनिधि मदन राम प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथिको रुपमा विद्यार्थी नेता प्रकाश भाई ,युवा पत्रकार अभिमनु पटेल र चञ्चल झा, संस्थाका सुनिल साह ,गजला रहेका थिए ।  कार्यक्रममा बोल्दै युवा पत्रकार झा रौतहटमा अहिले युवाहरुमा कुलतको रुपमा देखिएको लागुऔषधको सेवन,किशोरकिशोरीको एक अर्का प्रति आकर्षण गलत प्रयोगले खास गरि समाजमा विकृति फैल्दै गरेको भन्दै त्यस्ता विकृतिलाई युवाहरुले नै रोक्नु पर्ने बताए । साथै अश्लील गितहरु सार्वजनिक ठाँउमा प्र्रतिबन्ध लगाउने अभियानमा समेत लागेका अभियानी युवा पत्रकार झाले अहिले आएर दुइटा अर्थ लाग्ने अश्लील गित खास गरि भोजपुरी भाषाका गितहरुले हाम्रो समाजमा नाकारात्मक्तालाई बढावा दिई रहेकोले त्यस्तालाई रोक्नु समाज परिवर्तनका संवाहकका रुपमा रहेका युवाहरुको नै रहेको भन्दै समाजको लागि केहि गर्न अवसर पाएको मा यसमा सबै युवालाई एक जुट भएर अगाडी बढनु जरुरी रहेको बताए । यसै कार्यक्रममा बोल्दै विद्यार्थी नेता प्रकाश भाई र युवा पत्रकार अभिमनु पटेलले युवाले चाहेमा जस्तो सुकै विकृतिलाई पनि सुधार गर्न सक्छ भन्दै समाज सुधारमा लाग्नै पर्नै बताए । समाजिक सद्धभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमको उद्धेश्य समाजमा रहेको विभिन्न जाती र धर्ममा हुने द्धन्दलाई न्युनिकरण गर्ने तथा समाजमा पिछडिएका वर्गलाई पनि लोकतान्त्रिक सहभागिता गराउने र युवाहरुको क्षमता विकास गरि सरकारबाट प्राप्त सेवासुविधालाई प्रत्यक्षरुपमा आमजनमानस समक्ष युवा स्वयमसेवकलाई परिचालन गरि सबैलाई सहयोग गर्ने रहेको यस परियोजनाका कार्यक्रम संयोजक सुनिल कुमार साहले जानकारी दिनु भयो । कार्यक्रमलाई समापन्न गर्दै आलोक सिंहले युवालाई जिम्मेवारी वोध हुनु पर्ने बताए । साथै १९औँ अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा परोहा नगरपालिकाको सहयोगमा युवाहरुको सहभागितामा वृक्षारोपण गरिएको छ ।

सम्झौता बिपरित चल्दै राष्ट्रिय बाणिज्य बैंक।

Posted: 12 Aug 2018 11:01 AM PDT

अमित ठाकुर।रौतहट।श्रावण २७।रौतहट जिल्लाको गौरमा रहेको राष्ट्रिय बाणिज्य बैंक करार सम्झौता बिपरित चलिरहेका छन।पहिलाको दिन देखि भाडामा चलिरहेको राष्ट्रिय बाणिज्य बैंक अहिले पनि भाडाको घरकै भरमा चलिरहेका छन। सदरमुकाम गौरमा सरकार पछले बैंकको लागि अहिले सम्म कुनै जग्गा किन्न सकेको छैन। करार सम्झौता पत्र अनुसार गौर नगरपालिका वडा नंबर ७ मा रहेको अनिल कुमार पाण्डेको जग्गाको किता नंबर १७३७ र क्षेत्रफल ०-१-० मा एकलौटी घरमा राष्ट्रिय बाणिज्य बैंक राख्ने १० बर्षको करार सम्झौता दुवै पछ बिच मिति २०७३ साल बैशाख १ गते भएको थियो ।तर अहिले कुनै सरोकारवाला ध्यान न गई अहिले सो बैंक सम्झौता बिपरित चलि रहेका छन। बजेट तथा अन्य लेनदेनको काम सोही बैंकको माध्यमले भई रहदा सो बैंकमा सेवाग्राहीहरुको निकै भिड हुने गर्द छन। तर बैंक  सम्झौता बिपरित चलिरहदा बैंकको छेउछाउमा रहेको पसलेहरुलाई निकैनै कठिनाइ पोख्नु परि रहेका छन।१० बर्षको करार सम्झौतामा बैंकको छतमुनि  सोलार प्यानल र भुई तल्लामा एटीएम मेसिन जडान,जेनेरेटर र पार्किङ गर्ने सम्झौता भएको थियो। तर पार्किङ चहि मेन रोडको बाटोमै भईरहेका छन। तर बैंकको भुई तल्लामा रहेको घरहरु भाडामा लागेका छन।गौरमा सवारीसाधनको चाप बढी भएकोले र बाटोको चौडाइ कम रहेको कारण  पार्किङ पछि बाटो जाम बढी हुन थालेका छन। तर करार सम्झौता बिपरित चलिरहदा बैंक माथि अहिले सम्पन्न कसैको ध्यान पुग्न सकेको छैन। सो बैंकले अखिर यस्तो किन गरिरहेको छेउछाउका पसलेहरुले प्रशन उठाउन थालेका छन। बाटोमै सयौं मोटरसाइकल पार्किङ भईरहदा डिउटीमा खटेको एउटा ट्राफिक प्रहरीलाई पनि अफ्ट्यारो हुन थालेका छन। भने अव्यवस्थित पार्किङ कै कारण मोटरसाइकल बढी चोरी हुने सम्भावना बढ्न थालेका छन।यसै बिच ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक दिपेन्द्र कुमार साह संग कुराकानी गर्दा बैंकले पार्किङ गर्ने ठाउँ नदिदा बाध्याता बस बाटोमै पार्किङ भई रहेको छ।यसमाथि कसैको ध्यानाकर्षण न भएको ट्राफिक  प्रहरी नायव निरीक्षक साहले जनाएको छ।

नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष देखि सदस्य माथि अदालतमा मुद्दा दर्ता

Posted: 12 Aug 2018 10:55 AM PDT

अमित ठाकुर।रौतहट।श्रावण २७।नेपालमा स्थानीय सरकार अाएपछि रौतहटको ईतिहासमा पहिलो पटक नेपाल पत्रकार माहासंघ रौतहट शाखाका उपाध्यक्ष, सचिव र सदस्य माथी लिखित गालि बेईज्जीतको मुद्धा रौतहट जिल्ला अदालतमा दर्ता भएको छ । गौरबाट प्रकाशित क्राईम एक्सप्रेस दैनिकका प्रधान सम्पादक, सम्पादक तथा नेपाल पत्रकार महासंघको उपाध्यक्षद्वय आर्दश कुमार उपाध्याय, रजनि ठाकुर, प्रकाशक एवम महासंघका सचिव राजेन्द्र कुमार क्षेत्री र कार्यकारी  सम्पादक तथा महासंघका सदस्य रश्मी पटेल माथी गौर नगरपालिकाको उपमेयर किरण ठाकुरले लिखत गाली बेईज्जीतिको मुद्धा रौतहट जिल्ला अदालतमा दर्ता गराएकी छिन ।
क्राईम एक्सप्रेस दैनिक पत्रिकाले मिति २०७५ साउन २३ गते प्रकाशित गरेको गौर नगरपालिकाकी उप मेयर ठाकुर की नगरमा लिला र मिति २०७५ साउन २४ गते सोही पत्रिकामा सम्पादकिय उपमेयर ठाकुर की नाली बेली शिर्षकको समाचारले मलाई लिखित गाली बेईज्जती गरेको सोको कारणको मानप्रतिष्ठामा ठुलो अघात पु¥याएको भन्दै उपमेयर ठाकुरले आज आईतवार रौतहट जिल्ला अदालतमा लिखित गाली बेईज्जती मद्धा दर्ता गराएकी छिन ।
म गौर नगरपालिको उप प्रमुख सहित न्यायीक समितिको सम्योजक भई निष्टापुर्वक कार्य गर्दै आएकोले जिल्लाको सदरमुकाम समेत रहेको गौर नगरपालिका अन्तर्गत महिला हिन्सा बढदै गएको र त्यस्को न्युनिकरण को लागि भारतिय समानमा रहेको दारु भटटीहरु बन्द गराउने अभियान संचालन गरि महिलाको कल्याणकारी काम गरि रहे पनि विना कुनै प्रमाण तथ्य हिन समाचार क्राईम एक्सप्रेस दैनिक पत्रिकाले लेखदा समेत म संग त्यस सम्बन्धमा कुनै प्रतिक्रिय समेत नलिदै झुठै, मनगढन्त कुराहरु प्रकाशित गर्दा मलाई ठुलै अघात भएको हुदाँ न्याय पाउँन र दोसीलाई सजाय गराउन क्राईम एक्सप्रेस दैनिक पत्रिका माथि रौतहट जिल्ला अदालतमा लिखित गाली बेईज्जती मद्धा दर्ता गराएको उप मेयर किरण ठाकुरले बताईन ।
साथै राज्यको चौँथो अंगको रुपमा मर्यादित पत्रकारिता पेश एवं संचार माध्यमको आवञ्छित रुपमा दुरुपयोग गर्दै जनमानसमा भ्रम फैलाउने कार्य गरेको र मेरो चरित्रमा, मानप्रतिष्ठको हन्न गरेको भन्दै उप मेयर किरण कुमारी ठाकुरले, क्राईम एक्सप्रेस दैनिक पत्रिका माथि रौतहट जिल्ला अदालतमा लिखित गाली बेईज्जती मद्धा दर्ता गराएको बताईन ।

मिर्चैयाः दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी सडकमा (फोटोफिचर)

Posted: 11 Aug 2018 08:47 PM PDT

राम नारायण पंडित, सिरहा, २७  साउन । सडक दुर्घटना बढ्दै गएकाले न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले अभियान संचालन गरेको हो । दुर्घटना न्युनिकरण गर्ने उदेश्यसे "सुरक्षित सडक प्रयोग र जिम्मेवार सबारी चलाक तथा यात्राका लागि हाम्रो अभियान" अन्तर्गत मिर्चैयामा शनिबार जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् । 
मिर्चैयामा पर्चा पम्पलेट बितरण, माइकिङ तथा जनचेतनाका लागि  चालकहरुलाई ट्राफिक नियमको बारेमा जानकारी दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख (प्रहरी निरिक्षक) मिलन बस्नेतले बताए । पुर्बपश्चिम लोकमार्गमै गाडी रोकेर चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज (प्रहरी नायब निरिक्षक) मनोज चौधरीले बताए । 
अकाल मृत्युबाट बाच्ने उदेश्यले गरिएको कार्यक्रममा सडकको अवस्था र तोकिएको गतिमा सबारीसाधन चलाउन, तनाव र अस्वस्थ्य भएको समयमा गाडी नचलाउन, मादकपदार्थ सेबन गरी सबारीसाधन नचलाउन, सबारी चलाउने समयमा मोबाइल प्रयोग नगर्न र हेलमेट अनिबार्य रुपमा प्रयोग गर्न लगायतका जनचेतनामुलक पर्चा पम्पलेट २ सय भन्दाबढी सबारी चालकलाई दिई प्रशिक्षण दिईएको थियो । 
कार्यक्रममा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र साह र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब निरिक्षक सुर्य खडकाको कमाण्डमा खटिएको प्रहरीले सहजीकरण गरेका थिए । 
सीता महेश ट्रेडर्स हिरो शोरुम मिर्चैयाको सहयोग र अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । 


about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment