/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


रौतहटमा रोकेन्न कटानी ,प्रहरी द्वारा दर्जनौं बस्ती खाली गराउँदै

Posted: 03 Jul 2018 04:12 AM PDT

अमित ठाकुर।रौतहट।अाषाढ १९। रौतहट सहित उत्तरी भेगमा ३ दिन देखि परि रहेको लगातार बर्षाका कारण बौधीमाई नगरपालिका सहित अासपासका गाउँहरु डुवानमा पर्न थालेका छन। बौधीमाई नगरपालिकामा रहेको ईनर्वा गाउँ तिरको लालबकैया नदीको बाँध ८० प्रतिशत नदीमा कटानी भई सकेको प्रहरी निरीक्षक मनोज यादवले जनाएको छ।सो गाउँ सहित अन्य गाउँहरुमा ठुलो बाढी जाने भएकोले हिजै देखि नेपाल प्रहरी, शस्त्र प्रहरी गाउँलाई खाली गराउनमा जुटेका साथसाथै हाईएलर्ट जारी गरेका छन।बाँधलाई बाँध्न र नदी कटानीलाई रोक्न सो ठाउँमा हिजै देखि नेपाली सेना परिचालन गरिएका छन। तर पानीको बहाव बढी रफ्तारमा भएकोले बाँध कटानीमा कुनै असर न पुगी ८० प्रतिशत बाँध कटानी भई सकेका छन। भने कोपवा,बन्जरहा,अौरैया,ईनर्वा,राजपुर,कटहरीया सहितको गाउँहरुमा नेपाल प्रहरी, शस्त्र प्रहरीको टोली परिचालनका साथसाथै नेपाली सेनाको टोली पनि उद्धारका लागि परिचालन गरिएको प्रहरी निरीक्षक यादवले जनाएको छ। बागमती नदिमा डुङ्गाको सहारा नदिको अोहर दोहर गर्ने ब्यक्तिहरु हिजो नदिमा एकासी पानी अाउँदा नदिको बिचमै फसेका थिए। नदिमा फसेका ब्यक्तिहरु रौतहटकै रहेको  र रौतहट अाउने समसर्लाही जान न मान्दा र रौतहट तिर ती ब्यक्तिहरुलाई ल्याउन नसक्ने भएकोले दुवै जिल्लाका प्रहरी संग कोडिनेसन गरि सर्लाही तिर उद्धार गरेका थिए। गत साउन महिनाको अन्तयमा यस्तै लगातार बर्षाले गर्दा रौतहटको लालबकैया र बागमतीका बाँध दर्जनौं ठाउँमा तोड्दा रौतहट डुवानमा परेको थियो।गत बर्षको विनाशकारी बाढीमा परी १७ जनाको मृत्यु भएको थियो । बाढीमा डुबेको कैयौँ गाउँका स्थानीयबासीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । रौतहटको लालबकैया र बागमती नदी छेउमा रहेको दर्जनौं गाउँहरुमा जिल्ला प्रहरी कार्यालय रौतहट द्वरा डुवानमा पर्ने गाउँका ब्यक्तिहरुलाई सुरक्षित स्थानमा जान अपिल गरेको प्रहरी निरीक्षक मनोज यादवले जनाएको छ।

लहानका मेयर साहले फोहोरलाई मोहरमा बद्लिने, मलखाद्य उद्योग लगाउंने

Posted: 03 Jul 2018 02:15 AM PDT

नवसंग्राम दैनिक लहान १९ असार । 'कृषि उपजमा बृद्धि नआए खाद्य संकट आउंन सक्छ ।''वातावरण संतुलन भएन भने स्वास्थ्य समस्या आउंन सक्छ ।' 'यसैलाई मध्यनजर गरी फोहोरलाई मोहरमा बद्लिन जरुरी छ ।' लहान नगरपालिका मेयर मुनि साह बताउंछन् । लहान नगरपालिकामा बर्षेनी हजारौ टन फोहोर संकलन हुंदै आएको छ । फोहोर व्यवस्थापनको लागि डम्पिगं साईट राखिएपनि त्यहांको दुर्गन्ध बजारभरी फैलिदै आएको छ । लहानको ग्रामिण र बजारक्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउंन फोहरलाई समयमै मोहरमा बद्लिन लहानका मेयर साह अगाडि थप्छन् 'सरफाई अन्तरगत ७० लाखको योजनामा मल उत्पादनको बजेट बिनियोजन गरिएको छ ।''यसले आधुनिक मल बनाउंछ र दर्जनौले रोजगारी पाउंछन् ।' 'लघु उद्योगको लागि पनि कार्यक्रम रहेको छ ।' 'यस अन्तरगत २०—२५ जनाले रोजगारी पाउंछन् ।' र,वडालाई उद्योग क्षेत्र घोषणा गरिने कार्यक्रम रहेको छ ।' मेयर साह बताउंछन् ।
'समृद्ध लहानको आधार—कृषि, उद्योग, पर्यटन र पूर्वाधार' भने मुल नाराका साथ लहान नगरपालिकाले आव २०७५।०७६ को बजेट आज सार्वजनिक गरेको छ । नगरपालिकाले चालुतर्फ ४५.९७ प्रतिशत र पुंजीगततर्फ ५४.०३ प्रतिशत गरी १ अर्ब ३५ करोड २५ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । आव ०७४।०७५ को बजेट मध्ये केही तलबको रकम फ्रिज हुने भएको छ भने पुंजीगततर्फ ३० करोड रकम आउंदो आवमा कार्यक्रमको लागि संचालन हुने भएको छ । आव ०७५।०७६ को लागि लहानका २४ वटै वडालाई समानुपातिक आधारमा रकम विनियोजन गरिएको छ । यस अन्तरगत प्रत्येक वडामा ४० लाख र वडा नम्बर ५, ९, १०, ११, १२, १३, १८ र २४ लाई थप ५ लाख गरी ४५ लाख बजेट विनियोजन गरिएको छ । लहान नगरपालिकाले हालसम्म आर्थिक ऐन, सहकारी, प्रशासनिक, न्यायिक, शिक्षा, सरसफाई, भवन कार्यविधि नक्शा, राजपत्र प्रकाशन कार्यविधि २०७५, नीति तथा कार्यक्रम सम्बन्धी ८ ऐन र २ कार्यविधि तयार गरेको छ । यसलाई लहान राजपत्रमा प्रकाशन गर्ने र वेभसाईटमा अपडेट गर्ने नगरपालिकाले जानकारी गराएका छन् । यि कार्यक्रमहरुलाई निरन्तरन्ता दिंदै 'हाम्रो लहान, समृद्ध लहान' भन्ने नारालाई लहान नगरपालिकाले मुर्तरुप दिने तयारीमा रहेको छ ।

समृद्ध लाहानको आधार - कृषि, उधोग, पर्यटन र पुर्वाधार - मेयर साह

Posted: 03 Jul 2018 12:33 AM PDT

मनोज बनैता, लाहान, १९ असार । "समृद्ध लाहानको आधार - कृषि, उधोग, पर्यटन र पुर्वाधार " भन्ने मूल नाराका साथ लाहान नगरपालिकाको आ.व. २०७५/७६ को लागि नीति तथा कार्यक्रम र यस वर्षको बजेट पारित गरिएको छ । मेयर मुनी साह ले पत्रकार सम्मेलन मार्फत सो कार्यक्रम सार्वजनिक गरेको हो ।

असार १० गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ को प्रमुख आतिथ्यमा आयोजित लाहान नगरपालिकाको दोस्रो नगरसभाको समुद्धाटन समारोहमा यस नगरपालिकाको आगामी आ.व २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । जारी विज्ञप्ति अनुसार सबै वर्ग, क्षेत्र, समुदायलाई सम्बोधन गरि बिकासका सबै पुर्वाधार एवं सेवा प्रवाहका क्षेत्रलाई गुणस्तरीय बनाउन यथासम्भव प्रयत्न गर्ने नीति लिएको छ । २०७५/९३/१४ गते यस नगरपालिकाको कार्यसन्चालनको लागि अत्यावश्यक रहेको ऐन, कानुन तथा कार्यविधि पारित गरि विभिन्न निर्णयहरु गरि दोश्रो नगरसभा समापन गरिएको छ ।

यस नगर क्षेत्रका सबै वडाको समानान्तर विकासलाई केन्द्रविन्दुमा राख्दै प्रदान गरिएको बजेट सिमाभित्र रहेर सबै वडा कार्यालयबाट प्राप्त भएको वडास्तरीय, नगरस्तरीय र केन्द्र स्तरका योजनाहरु एकीकृत गर्ने कार्य समेत भएको छ । आगामी आ.व. २०७५/०७६ का लागि रु. १,३५,००,२५,०००।- बराबरको कूल आय व्ययको अनुमान गरिएकोमा चालू तर्फ ४५.९७% र पूँजीगत तर्फ ५४.०३% को अनुमान् गरिएको छ । सो सिमाभित्र रही खर्च गर्ने र आन्तरिक आयका श्रोत पहिचान गरि आर्थिक उन्नति हासिल गरि "हाम्रो लाहान, समृद्ध लाहान" भन्ने नारालाई मूर्तरूप प्रदान गर्ने तर्फ लाहान नगरपालिका अभिप्रेरित रहेको उक्त विज्ञप्ति मा उल्लेख गरिएको छ । आर्थिक एवं समाजिक रुपान्तरणका लागि प्रदेश तथा संघीय सरकार सँग ठूला आयोजना निर्माण सम्बन्धमा माग गर्ने निर्णय गरि सो सम्बन्धमा आवश्यक प्रयत्न समेत गरिएको छ ।


अन्त्यमा आ.व. २०७४/७५ मा यस नगरपालिका लाई हालको स्थान सम्म ल्याई पुर्याउन साथ र सहयोग गर्ने सम्पुर्ण नगरवासी, राजनैतिक ब्याक्तित्व , सरकारी तथा गैरसरकारी संघ संस्था , पेशागत संघसंगठन, सञ्चारकर्मी तथा सम्पुर्ण कर्मचारीहरु प्रति मेयर साहले हार्दिक आभार प्रकट गरेका छन।

बागमती नदीमा फसेका ब्यक्तिहरुलाई उद्धार दर्जनौं गाउँमा हाईएलर्ट।

Posted: 02 Jul 2018 07:49 PM PDT

Jअमित ठाकुर।रौतहट।अाषाढ १८।नेपालभरी दुई दिन देखि लगातार परि रहेको बर्षाले रौतहटका दर्जनौं गाउँहरु फेरि डुवानमा पर्ने सम्भावना बनेका छन। राजदेवी नगरपालिका वडा नंबर ४ स्थित रहेको बागमती नदिको गडहीया तिर नदिको बिचमै फसेका १ सय भन्दा बढी ब्यक्तिहरुलाई रौतहट र सर्लाही प्रहरीको कोडिनेसनमा उद्धार गराएका छन। बागमती नदिमा डुङ्गाको सहारा नदिको अोहर दोहर गर्ने ब्यक्तिहरु अाज नदिमा एकासी पानी अाउँदा नदिको बिचमै फसेका ब्यक्तिहरुलाई सर्लाही प्रहरी टोली उद्धार गरेका छन। नदिमा फसेका ब्यक्तिहरु रौतहटकै रहेकोले सर्लाही जान न मान्दा र रौतहट तिर ती ब्यक्तिहरुलाई ल्याउन नसक्ने भएकोले दुवै जिल्लाका प्रहरी संग कोडिनेसन गरि सर्लाही तिर उद्धार गरेको प्रहरी निरीक्षक मनोज यादवले जनाएको छ। गत साउन महिनाको अन्तयमा यस्तै लगातार बर्षाले गर्दा रौतहटको लालबकैया र बागमतीका बाँध दर्जनौं ठाउँमा तोड्दा रौतहट डुवानमा परेको थियो।गत बर्षको विनाशकारी बाढीमा परी १७ जनाको मृत्यु भएको थियो । बाढीमा डुबेको कैयौँ गाउँका स्थानीयबासीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । रौतहटको लालबकैया र बागमती नदी छेउमा रहेको दर्जनौं गाउँहरुमा जिल्ला प्रहरी कार्यालय रौतहट द्वरा हाईएलर्ट जारी गरेको प्रहरी निरीक्षक मनोज यादवले जनाएको छ। रौतहटको बागमती  नदीको छेउमा रहेको पताही,बतस्पुर,चण्डीया,मतसरी,पिपरा ,समनपुर सहितको गाउँहरुमा नेपाल प्रहरी, शस्त्र प्रहरी परिचालन गरिएका छन । त्यस्तै लालबकैया नदीको छेउमा रहेको कोपवा,बन्जरहा,अौरैया,ईनर्वा,राजपुर,कटहरीया सहितको गाउँहरुमा नेपाल प्रहरी, शस्त्र प्रहरीको टोली परिचालनका साथसाथै नेपाली सेनाको टोली पनि उद्धारका लागि परिचालन गरिएको प्रहरी निरीक्षक यादवले जनाएको छ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment