Onlinesiraha-Nepali |
- एकिकृत घुम्ती सेवा शिबिरवाट ११ सय ४१ जना लाभान्वित
- ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु
- सिरहाको भगवानपुरमा ३ दिने महिला सशक्तीकरण सम्बन्धि तालीम सम्पन्न
एकिकृत घुम्ती सेवा शिबिरवाट ११ सय ४१ जना लाभान्वित Posted: 02 Jul 2018 12:18 AM PDT राम नारायण पंडित, सिरहा, १८ असार । एकिकृत घुम्ती सेवा शिबिर सिरहाको कर्जन्हा नगरपालिकामा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालयको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयहरुको संयुक्त एकिकृत घुम्ती सेवा शिविर कर्जन्हामा नगरपालिका बडा नं ७ मा शनिवार संचालन गरिएको थियो । शिबिरमा ११ सय ४१ जनाले सेवा लिएका छन् । सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुबिधा गाउँमै पु¥याउने उद्देश्यले आयोजना गरिएको घुम्ती शिबिरमा वन कार्यालयबाट ५०० जना, कृषि विकास कार्यालयबाट ३०० जना, स्वास्थ्य कार्यालयबाट १६० जना, आयुर्बेद कार्यालयबाट ११३ जना, जिल्ला प्रशासन कार्यालयबाट ६१ जनाले नागरिकता बनाएका छन् । त्यसैगरी राहदानीका लागि ६ जनाले फारम भरेका छन् भने १ जनाले मधेशी प्रमाणित गराएका सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए । कर्जन्हा नगरपालिका वडा नम्बर ७ का वडा कार्यालयको पहलमा आयोजना गरिएको शिबिरमा सहयोग पु¥याउने २७ जनालाई सम्मान समेत गरिएको वडा अध्यक्ष जयकिशोर साहले जानकारी दिनुभयो । |
ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु Posted: 01 Jul 2018 08:39 PM PDT राम नारायण पंडित, सिरहा, १८ असार । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका २ स्थित ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज १ ख ७४५१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री धनुषा सबैला नगरपालिका ७ बस्ने २५ बर्षीय नरेश कुमार महराको आइतबार घटनास्थलमै मृत्यु ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज मनोज चौधरीले बताए । ट्रक ओफभटेक गर्ने क्रममा महराको ठक्कर दिएको ईन्चार्ज चौधरीले बताए । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । |
सिरहाको भगवानपुरमा ३ दिने महिला सशक्तीकरण सम्बन्धि तालीम सम्पन्न Posted: 01 Jul 2018 07:46 PM PDT महेश सिंह महतो । १८ असार । सिरहाको दक्षिण बर्ती गाउँ पालिका भगवानपुरमा महिलाको सचेतना कार्यक्रम सप्पन्न भएको छ । सिरहाको भगवानपुर गाउँ पालिका वाडा नम्बर ४ ईननर्वामा अप्सन साना किसान कृषि सहकारी सस्था लिमिटेड ईनर्वाको आयोजनामा ३ दिने महिला सशक्तीकरण र आदि बाशी जनजातीको लागि चेतनामुलक तथा छ्म्ता अभिवृद्धि सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । महिलाहरुको पहुँच र नेतृत्वमा अग्रसरता लयाउन यो कार्यक्रमको आयोजना गरिएको आयोजक सस्थाको अध्यक्ष यादवले बताए । उक्त कार्यक्रमको प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष बेचन प्रसाद यादव , विशिष्ट अतिथि ने.क.पा . गाउँ पालिका सयोजक उग्र नारायण यादव , अतिथिहरु प्रसास्किय अधिकृत जय प्रकाश दास , जन प्रतिनिधि राम औतार यादव , बिना देबि यादव , राजेन्द्र मण्डल समाज सेबि लक्ष्मण प्रसाद यादव , स्थानीय मिडिया कर्मी राम एक वाल राम , सयोगी विसुन देव सरदार लगायत का ब्यक्तीहरुको सहभागीता रहेको थियोे । उक्त तालीममा वाडा का १५० जना महिलाहरुको सहभागी रहेको थियो । सो तालीमको प्रशिक्षण न्युज २४ टेलीभिजन र समाद एफ एम को सिरहा सम्बादाता महेश सिंह महतो र राम एकवाल राम ले प्रशिक्षण दिनु भएको थियो । साथै अचार र पाँपर बनाउने सिपको पनि प्रशिक्षण दिनु भएको आयोजक सस्थाको अध्यक्ष राम प्रकाश यादबले बताए । यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । तालीममा सहभागी भएका महिलाहरु तालिमबाट लभामबित भएको एक सहभागीले बताए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment