Onlinesiraha-Nepali |
- मेलान द्वारा रक्तदान तथा फलफुल वितरण फोटो सहित
- बिकासका लागी तम्सिएका दुई युबा नेता
- कतारमा मधेशी पुत्र–२ फिल्म ईदको अबसरमा चल्ने
- अस्पतालमा निजि फार्मेसी चलाउनलाई बन्देज
मेलान द्वारा रक्तदान तथा फलफुल वितरण फोटो सहित Posted: 09 Jun 2018 05:16 AM PDT फिरोज शेख लहान २०७५ जेष्ठ २६ । सिरहाको लहानमा मेडिकल ल्यावोरेटर एशोसिएशन अफ नेपाल ( मेलान ) ले आफ्नो १३ औ वार्षिक स्थापना दिवसको अवसरमा रक्तदान तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ। मेलान जिल्ला कार्य समिति सिरहाका अध्यक्ष कृष्णदेव गुप्ताको अध्यक्षता तथा मेलान केन्द्रिय सदस्य विजय कुमार यादवको प्रमुख आतिथ्यमा लहान रेडक्रसको प्रांगणमा रक्दान कार्यक्रम सम्पन्न गरेको छ।भने राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा उपचार गराउन आएका विरामीहरु लाई अस्पतालका मेसु सुनिल कुशवाहको उपस्थितिमा फलफुल वितरण गरेको छ। कार्यक्रमा मेलानका सल्लाहकार चतुरानन्द यादव , उपाध्यक्ष प्रदिप यादव ,कोषाध्यक्ष दिलिप साह , जिल्ला सदस्य वैजनाथ साह , विजय यादव ,जयप्रकाश साह , महेश यादव लगायत मेडिकल ल्यावोरेटर एशोसिएशन अफ नेपालमा आवध युवायुवतीहरुको उपस्थिति रहेको थियो। |
बिकासका लागी तम्सिएका दुई युबा नेता Posted: 09 Jun 2018 12:03 AM PDT जेठ २६ । लहान नगरपालिका दुुई वाडाका दुुई याुवा नेताहरु विकासकालागि तम्सिएका छन् । सिरहाको लहान नगरपालिका वाडा २० र २१ वाडा अध्यक्षद्धय गणेश कुुमार चौधरी र हेमन्त यादव तम्सिएका हुन् । लहान नपाको २० र २१ म विकासको लहर जोडतोड चलेका छन् । टोलटोलमा ग्रमीण सडक विस्तार र माटो तथा ग्रयाबल हाल्ने कामलाई जोडतोडका साथ अगाडि बढाएका छन् । दुवै वाडा वाड अध्यक्षद्धय गणेश कुमार चौधरी र हेमन्त यादवले २० र २१ वाडामा पर्ने मोतीपुर मलहनमाका टोलवस्तीहरुमा संयुक्त रुपमा सहजीकरण गरेर ग्रामीण सडक विस्तार कार्यक्रमलाई निरन्तरता दिई अगाडि बढिरहेका छन् । यसरी टोलवस्तीमा ग्रामीण सडक विस्तार कार्यले सफलता पाइ त्यसमा माटो र ग्रयाबलको काम हुने क्रम जारी रहेका छन् । यस कार्यकालागि कतिपय स्थानमा अवरोध हुने अवस्था नआएको होइन अन्तत ः त्यो कार्यपनि स्थानीयहरुको साथ र सहयोगले सफल भएको २१ का वाडा अध्यक्ष हेमन्त यादवले बताउनुु भएको छ । पहिलो वर्षको योजनामा ग्रमीण सडक विस्तार र माटो र ग्रयाबल हाल्ने रहेकोले यस वाडाका सबै टोलमा यही योजनालाई अगाडि बढाएको समेत जानकारी दिनुुभयो । यो योजना पूरा गरिसकेपछि अर्को आ.व.को योजनामा पक्की सडक,नाला , खानेपानी,कृषि सडक र विद्युतीकरण लगायतका स्थानीयहरुको आवश्यकतामा आधारित योजना ल्याउने बताउनुु भयो । यही सडक विस्तार गर्ने क्रममा साविक ९ वाडा रहेको मोतीपुर स्थिति पासवान टोलमा करिब २ पुस्तादेखि विवाद र जोडजर्वजस्तीका कारण सडक विस्तार नभएको ठाउँमा समेत स्थानीय यूवाहरुको सक्रियतामा सफल भएको अध्यक्ष यादवले त्यहाँका स्थानीयहरुलाई धन्यवाद समेत दिनुु भएको थियो । यो मेरो सफलता नभएर त्यहीका स्थानीयहरुको ठूलो सफलता भएको र अब अगामी दिन आउने कुनै नेता तथा त्यहाँका जनतालाई काम गर्न कठिनाइ नहुने बताउनुु भयो । अगामी ५ वर्ष भित्र यस वाडाका सबै खेती योग्य जग्गामा कृषि सडक,विद्युतीकरण, सिचाईकालागि कूलो पैनी नहर प¥याउने लक्ष्य रहेको छ । उहाँले भन्नुुभयो," म एक युवा नेतृत्वको रुपमा अगाडि आएको छुु , मैले युवा लक्षित कार्यक्रम ल्याउनुु पर्ने नैतिक जिम्मेवारी पनि छ तसर्थ अगामी दिनमा युवासँग र युवाको विकाससँग जोडिएको योजना आउने प्रतिबद्धता समेत हामीसँगको कुराकानीमा बताउनुु भयो । यसै गरी वाडा नम्मबर २० का युवा नेता गणेश कुमार चौधरीले विकास नै हाम्रो मुख्य एजेण्डा थियो त्यसैले सबभन्दा पहिले सडक विकास र विस्तारको योजना अगाडि ल्याएको छ । थप्दै उहाँले भन्नुुभयो " हामी दुवै वाडाका वाडा अध्यक्ष एउटै दलबाट र दुवै युवा नेताको रुपमा जनता सामुु आयौँ र जनताले हामीलाई जिम्मेवार पनि दएका छन् । जनताको यो जिम्मेवारी पूरा गर्नु हाम्रो कर्तव्य र नैतिक दायित्व भएकोले कतिपय स्थानमा हामी साझा रुपमा सम्झौता अुनसार विकासको कार्यक्रम अगाडि ल्याएका छौ । मोतीपुर मलहनमा गाउँमा ५ वटा टोलहरु साविकमा २ गाविसको सिमा थिए आज २ वाडाका सिमामा नै छ र कतिपय सडक दुवै वाडाका टोलवस्तीमा साझा रुपमा भएकाले हामी दुवै वाडाले सहकार्य गरेर अगाडि बढ्यौँ र जनताले साथ दिएकोमा सफल पनि भयौँ । हामी विकासका पूर्वाधारमा जे लगानी गछौँ ठोस काम गर्छो किनभने यो दुवै वाडालाई लहान नगरपालिकाको स्वच्छ,सफा ,सुन्दर र समृद्धीतर्फ अगाडि बढेको वाड बनाउने प्रतिबद्ध भएका हौँ । यसै गरी अध्यक्ष चौधरीले हामीसँगको कुराकानीमा भन्नुुभयो," राजनीतिक त्याग र सेवाको भावबाट गर्ने कुरा हो, यसमा व्यक्तिगत स्वार्थ र दलगत स्वार्थको गन्ध मिसिन दिनुु हुँदैन् । हामी २ वाडामा व्यक्तिगत स्वार्थ र दलगत स्वार्थ नराखी अगाडि बढ्ने प्रतिबद्धता गरिसकेका छौ । यही प्रतिबद्धताका साथ अगामी दिनमा सक्रिय रुपमा अगाडि बढने छौ । साथै चौधरीले दुवै वाडामा यो आर्थिक वर्षमा ८० लाख रुपैयाको बजेट रहेको जानकारी दिनुुभयो । अगामी वर्षको योजना स्थानीय जनताको आवश्यकता सँगै युवा दक्षजनशक्ति उत्पादन र मानव संसाधन तयार गर्ने खालका योजना स्थानीय संघसंस्था,बुद्धिजिवि र विज्ञहरुको सल्लाह सुुझब अनुसार बनाउने र सबैसँग सहकार्य गरेर अगाडि बढने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सोही विषय वस्तुुहरुमा दुवैवाडाका स्थानीय बुद्धिजिविहरुसँग चासो राख्दा स्थानीयहरुले यी दुवै वाडाका वाडा अध्यक्षहरु शिक्षित युवा भएकोले दुुर्गामी सोच राखेर समृद्ध नगर बनाउने र स्थानीय जनताको भावना चाहना बमोजिमको लक्ष्य राखेर अगाडि बढ्नुु पर्ने साथै दलगत स्वार्थभन्दा माथि उठेर सबैको लागि सबै भन्ने उद्येश्यका साथ अगाडि बढे र विकासका योजना लगायत आधुनिक र सभ्य समाज निर्माणका काममा अगाडि बढ्नुु राम्रो हुने प्रतिक्रिया व्यक्त गरेका छन् । |
कतारमा मधेशी पुत्र–२ फिल्म ईदको अबसरमा चल्ने Posted: 08 Jun 2018 11:36 PM PDT ओमप्रकाश यादब, कतार, २६ जेष्ठ । कतारमा मधेशी पुत्र–२ फिल्म ईदको अबसरमा चल्ने भएको छ । कतारमा रहेको फिल्म एसियन टाउन ग्रेण्ड मलमा ईदको दोस्रो दिनदेखि फिल्म चल्ने बताईएको छ । फिल्म चलाउनका लागि प्रोड्युसर उदित नारायण साह र नायक निराजन मेहता कतार पुगिसकेका छन् । मधेशको बिषयमा निर्माण गरिएको फिल्म हेर्नका लागि निर्माता पक्ष कतारमा रहेका सम्पुर्ण नेपालीहरुलाई अनुरोध गरेका छन् । |
अस्पतालमा निजि फार्मेसी चलाउनलाई बन्देज Posted: 08 Jun 2018 06:36 PM PDT काठमाडौं/जेठ २६ सरकारी अस्पतालले अब आफैंले अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्नुपर्ने भएको छ । जनशक्ति, औषधि लगायतका कारणले निजी क्षेत्रलाई फार्मेसी सञ्चालन गर्न दिने निर्णय बदर गर्र्दै सर्वोच्च अदालतले नागरिकको पहुँच पुग्ने गरी अनिवार्य रुपमा अस्पताल हाताभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न परमादेश जारी गरेको हो । वीर अस्पतालले आफैंले फार्मेसी सञ्चालन नगरी निजी क्षेत्रलाई दिने गरी सटर भाडाको बोलपत्र आह्वान गरेपछि त्यस निर्णयविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । अदालतले रिटको अन्तिम सुनुवाइ गर्दै सटर भाडामा दिने अस्पतालको निर्णय समेत बदर गरिदिएको छ । अदालतले औषधि खरिद लगायतका विषयमा आर्थिक अभाव भएमा सरकारसँग समन्वय गर्न पनि आदेश दिएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको सयुक्त इजलासले गत वर्षको असोजमा परमादेश आदेश जारी गरेको थियो । सर्वोच्चले मुद्दाको पूर्णपाठ भने हालै सार्वजनिक गरेको हो । नागरिकको स्वास्थ्यको जिम्मेवारी राज्यको दायित्व रहेको भन्दै अदालतले नागरिकलाई निशुल्क वितरण गर्ने भनिएका औषधि निजी औषधि पसलमा मात्र पाउने अवस्थाले नागरिक अधिकारको प्रत्याभूत नहुने आदेशमा उल्लेख छ । अदालतले अस्पताल हातामा आफैं फार्मेसी सञ्चालन गर्ने राज्यको नीति विपरीत निजी क्षेत्रलाई फार्मेसी सञ्चालन दिइनु नीतिसम्मत नहुने समेत आदेशमा उल्लेख छ । सर्वोच्चको आदेशमा भनिएको छ 'अस्पताल आफंैले फार्मेसी सेवा सञ्चालन नगर्दा सरकारले नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि समेत नागरिकले प्राप्त गर्ने सुनिश्चितता रहदैन । सरकारले निःशुल्क गर्ने भनिएका औषधिको वितरण सरकारी निकायबाट नै गरिनु पर्छ । नागरिकलाई निःशुल्क वितरण गर्ने भनी सरकारले खरिद गरेका औषधि केवल निजी औषधि पसलमा मात्र पाउन सकिने अवस्था सिर्जना हुन्छ भने नागरिकले ती औषधि निःशुल्क नै प्राप्त गरे भनी विश्वस्त हुन सकिने अवस्था रहदैन ।' अदालतले राष्ट्रिय स्वास्थ्य नीति, अस्पताल फार्मेसी सेवा निर्देशिका, स्वास्थ्य संस्था स्थापना स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका तथा नेपाल सरकारले परिपत्र अनुसार आफैँ फार्मेसी सञ्चालन गर्न बीर अस्पतालको नाममा परमादेश आदेश जारी गरेको हो । यस्तै, अदालतले निःशुल्क वितरण गर्ने औषधि तोकिएको अस्पतालबाट अनिवार्य रुपमा वितरणको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा पनि परमादेश जारी गरेको छ । यो निर्णय कार्यान्वयन भए नभएकोबारे अनुगमन गर्न अदालतले मन्त्रालयलाई आदेश समेत दिएको छ । अदालतले एउटै औषधि सरकारी फार्मेसी र निजीमा मूल्य फरक रहेकोतर्फ पनि सचेत गराएको छ । सरकारी अस्पतालमा निजी क्षेत्रका फार्मेसीबाट चर्को मूल्यमा औषधि विक्री गर्ने गरेको, निःशुल्क औषधिसमेत किनेर सेवन गर्न उपभोक्ता बाध्य भएको भन्दै सरकारी अस्पतालमा आफ्नै स्वामित्वको फार्मेसी सञ्चालन गर्न माग गर्दै मञ्चले सर्वोच्चमा रिट दायर गरेको थियो । सरकारको नीति तथा प्रशासन सुधार सुझाव प्रतिवेदनमा समेत सरकारी अस्पतालका आफ्नै फार्मेसी सञ्चालन गर्नु चलाउनलाई बन्देज काठमाडौं/जेठ २६ सरकारी अस्पतालले अब आफैंले अनिवार्य रूपमा फार्मेसी सञ्चालन गर्नुपर्ने भएको छ । जनशक्ति, औषधि लगायतका कारणले निजी क्षेत्रलाई फार्मेसी सञ्चालन गर्न दिने निर्णय बदर गर्र्दै सर्वोच्च अदालतले नागरिकको पहुँच पुग्ने गरी अनिवार्य रुपमा अस्पताल हाताभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न परमादेश जारी गरेको हो । वीर अस्पतालले आफैंले फार्मेसी सञ्चालन नगरी निजी क्षेत्रलाई दिने गरी सटर भाडाको बोलपत्र आह्वान गरेपछि त्यस निर्णयविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । अदालतले रिटको अन्तिम सुनुवाइ गर्दै सटर भाडामा दिने अस्पतालको निर्णय समेत बदर गरिदिएको छ । अदालतले औषधि खरिद लगायतका विषयमा आर्थिक अभाव भएमा सरकारसँग समन्वय गर्न पनि आदेश दिएको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको सयुक्त इजलासले गत वर्षको असोजमा परमादेश आदेश जारी गरेको थियो । सर्वोच्चले मुद्दाको पूर्णपाठ भने हालै सार्वजनिक गरेको हो । नागरिकको स्वास्थ्यको जिम्मेवारी राज्यको दायित्व रहेको भन्दै अदालतले नागरिकलाई निशुल्क वितरण गर्ने भनिएका औषधि निजी औषधि पसलमा मात्र पाउने अवस्थाले नागरिक अधिकारको प्रत्याभूत नहुने आदेशमा उल्लेख छ । अदालतले अस्पताल हातामा आफैं फार्मेसी सञ्चालन गर्ने राज्यको नीति विपरीत निजी क्षेत्रलाई फार्मेसी सञ्चालन दिइनु नीतिसम्मत नहुने समेत आदेशमा उल्लेख छ । सर्वोच्चको आदेशमा भनिएको छ 'अस्पताल आफंैले फार्मेसी सेवा सञ्चालन नगर्दा सरकारले नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि समेत नागरिकले प्राप्त गर्ने सुनिश्चितता रहदैन । सरकारले निःशुल्क गर्ने भनिएका औषधिको वितरण सरकारी निकायबाट नै गरिनु पर्छ । नागरिकलाई निःशुल्क वितरण गर्ने भनी सरकारले खरिद गरेका औषधि केवल निजी औषधि पसलमा मात्र पाउन सकिने अवस्था सिर्जना हुन्छ भने नागरिकले ती औषधि निःशुल्क नै प्राप्त गरे भनी विश्वस्त हुन सकिने अवस्था रहदैन ।' अदालतले राष्ट्रिय स्वास्थ्य नीति, अस्पताल फार्मेसी सेवा निर्देशिका, स्वास्थ्य संस्था स्थापना स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका तथा नेपाल सरकारले परिपत्र अनुसार आफैँ फार्मेसी सञ्चालन गर्न बीर अस्पतालको नाममा परमादेश आदेश जारी गरेको हो । यस्तै, अदालतले निःशुल्क वितरण गर्ने औषधि तोकिएको अस्पतालबाट अनिवार्य रुपमा वितरणको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा पनि परमादेश जारी गरेको छ । यो निर्णय कार्यान्वयन भए नभएकोबारे अनुगमन गर्न अदालतले मन्त्रालयलाई आदेश समेत दिएको छ । अदालतले एउटै औषधि सरकारी फार्मेसी र निजीमा मूल्य फरक रहेकोतर्फ पनि सचेत गराएको छ । सरकारी अस्पतालमा निजी क्षेत्रका फार्मेसीबाट चर्को मूल्यमा औषधि विक्री गर्ने गरेको, निःशुल्क औषधिसमेत किनेर सेवन गर्न उपभोक्ता बाध्य भएको भन्दै सरकारी अस्पतालमा आफ्नै स्वामित्वको फार्मेसी सञ्चालन गर्न माग गर्दै मञ्चले सर्वोच्चमा रिट दायर गरेको थियो । सरकारको नीति तथा प्रशासन सुधार सुझाव प्रतिवेदनमा समेत सरकारी अस्पतालका आफ्नै फार्मेसी सञ्चालन गर्नु |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment