Onlinesiraha-Nepali |
- शहिदनगरको बासुदेबपटिमा पि.सि.सि. ढलान शिलान्यास
- महिला समुह र निर्वाचित महिला सदस्यबिच अन्तरक्रियात्मक छलफल
- मेयर नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा बाजुमावि प्रथम
- सिरहामा घरेलु हतियार प्रयोग गरी श्रीमतीको हत्या
शहिदनगरको बासुदेबपटिमा पि.सि.सि. ढलान शिलान्यास Posted: 08 Jun 2018 12:42 AM PDT नरेशचन्द्र बरबरिया ,धनुषा जेठ २५ गते ।सहिदनगर नगरपालिकामा पि.सि.सि बारो ढ्लानको शिलान्यास गरिएको छ ।सहिदनगर नगरपालिकाको वडा न.५ बासुदेवपटिमा विद्यालय चौक देखि नन्दकिशोर शाहको घर हुदै मुसहरी मन्डलको घर सम्मको बाटो ढलानलाइ एक कार्यक्रम बीच सहिदनगर नगरपालिमाका मेयर उदय कुमार बरबरिया ,उपमेयर शिला कापुर द्वारा सन्युक्त रुपमा सिलान्यास भएको हो ।धनुषा जिल्लामै शहिदनगर नगरपालिकाम बिकास देखि स्वास्थ,शिक्षा,खेलकुद लगायतका कामहरुमा निकै सुधार देखिएको स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।उक्त शिलान्यास कार्यक्रममा वडा अध्यक्ष रामरतन पासवन, स.प्र.नी अस्बिन कुमार थापा, इलाका प्रहरी कार्यालयका प्रमुख भिमबहादुर खडका लगायत स्थानीय वासिहरुको सहभागीता रहेकाे थियोेमा शिलान्यास कार्यक्रम सु- सम्पन्न भएको हो । धनुषा जिल्लामै शहिदनगर नगरपालिका विकास निर्माणको कार्यक्रमहरु धमाधम गरिरहेको छ । |
महिला समुह र निर्वाचित महिला सदस्यबिच अन्तरक्रियात्मक छलफल Posted: 07 Jun 2018 09:07 PM PDT राम नारायण पंडित, सिरहा, २५ जेष्ठ । महिला समुह समिति र निर्वाचित महिला सदस्यबिच दुई दिने अन्तरक्रियात्मक छलफल विहिबारदेखि मिर्चैयामा सुरु भएको छ । महिलाहरुको सामाजिक, आर्थिक र राजनितिक रुपमा सबल बनाउन उदेश्यले कार्यक्रमको आयोजना गरिएको महिला तथा बालबालिका कार्यालय मिर्चैया शाखाका प्रमुख फरिन्द्र घिमिरेले बताए । महिलामा भएको क्षमतालाई निखारता ल्याउन र स्थानीय स्तरमा अर्थपूर्ण सहभागिता गराउनका लागि तालिमको आयोजना गरेको उनले बताईन् । महिला तथा बालबालिका कार्यालय मिर्चैयाको आयोजनामा सुरु भएको कार्यक्रममा कर्जन्हा शाखाका प्रमुख रिता बस्नेतले प्रशिक्षण दिईरहेकी छिन् । आफुमा भएको क्षमतालाई प्रष्टफुटन गर्न तालिम महत्वपूर्ण हुने सहभागिहरुले बताईन । |
मेयर नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा बाजुमावि प्रथम Posted: 07 Jun 2018 09:02 PM PDT राम नारायण पंडित, सिरहा, २५ जेष्ठ । मिर्चैयामा भएको प्रथम मेयर नगरस्तरीय हाजिरीजबाफ प्रतियोगितामा बाजु माबि फुलबारीयाले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा आधारभुत बिद्यालय राघोपुर दोस्रो र मोहन मावि मिर्चैया तेस्रो स्थान प्राप्त गरेका छन् । नगरपालिका भित्र रहेका तीनवटा मावि र तीनवटा आधाभुत बिद्यालय गरी ६ वटा बिद्यालयका सहभागिता रहेको प्रतियोगितामा आधारभुत बिद्यालय सितापुर चौथो, शारदा माबि रामपुरबिर्ता पाचौं र आधारभुत बिद्यालय मल्हनियाखोरी छैठौं भएका छन् । बिजेता बिद्याथीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र, समान्य ज्ञान, स्टेशनरी र फुटबल प्रदान गरिएको आयोजकले जनाए । प्रत्येक बिद्यालयबाट तीन–तीनजना बिद्यार्थीहरुलाई सहभागि गराई प्रतियोगिता गरिएको आयोजक संस्था ग्रामिण जागरण समाज धनगढीमाईले जनाए । ग्रामिण जागरण समाज धनगढीमाईको अध्यक्ष हिरालाल चौधरीको अध्यक्षतामा विहिबार भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादब, बिशिष्ठ अतिथिका रुपमा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडेल लगायतका सहभागिता रहेको थियो । नगरपालिकाका शिक्षा शाखाका बिनी बुद्धिमान दनुबार र श्रोतब्यक्ति श्याम यादबको बिशेष उपस्थितमा भएको कार्यक्रमा विषय बिशेषज्ञ तथा निर्णायक समितिको रुपमा प्रदिप साह, बिजय लामा र राम नारायण साह रहेका थिए । मिर्चैया नगरपालिकाका आर्थिक सहयोग र ग्रामिण जागरण समाज धनगढीमाईको आयोजनामा प्रतियोगिता सम्पन्न भएको छ । |
सिरहामा घरेलु हतियार प्रयोग गरी श्रीमतीको हत्या Posted: 07 Jun 2018 08:53 PM PDT फिरोज शेख लहान २०७५ जेष्ठ २४। सिरहाको बरियारपट्टि गाउँपालिकामा एक युवकले आफ्नै श्रीमतीको हत्या गरि फरार भएका छन्। बरियारपट्टि ३ बलुवा टोलका ४० वर्षीय परमेश्वर यादवले घरायसी विवादका कारण बिहीबार दिउँसो आफ्नै श्रीमती करिब ३५ वर्षीय सविता यादवको घाँटी पछाडि घरेलु धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता राजन भेटवालका अनुसार प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिरहा पठाएको छ। प्रहरीका अनुसार घटनास्थलमा हत्यामा प्रयोग भएको घरेलु हतियार भेटिएको छ भने हत्यामा संलग्न परमेश्वर फरार भएकाले खोजी भइरहेको छ। नेपाल भारतको सीमाबाट मुस्किलले ५०० मिटरको दूरीमा रहेको घटना स्थल बाट अभियुक्त यादव सीमा पार हुन सक्ने सम्भावना रहेकाले सीमामा सशस्त्र र जनपद प्रहरीको गस्ती टोली परिचालन गरी कडाई गरिएको छ। अपराधी सीमा कट्ने सम्भावना लाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सादा पोशाकमा प्रहरीलाई पैदल तथा मोटरसाइकलमा समेत परिचालन गरिएको बताए। |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment