/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मिर्चैया : तलबको माँग गर्दै स्वास्थ्यकर्मीद्धारा नगरपालिकामा धर्ना

Posted: 06 Jun 2018 08:57 AM PDT

राम नारायण पंडित, सिरहा, २३ जेष्ठ । तलबको माँग गर्दै स्थानिय तहका स्वास्थ्यकर्मीहरुले मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् । तलब उपलब्ध गराउन पटक–पटक माँग गरेपनि नगरपालिकाले पाँच महिनादेखि मासिक तलब उपलब्ध नगराएकोले बाध्य भएर आज (बुधबार) बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म धर्ना दिनु परेको स्बस्थ्यकमीहरुले बताए । संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले स्थानीय तहका प्राथामिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको व्यवस्थापनको नेतृत्व स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेको अबस्थामा नगरपालिकाले तलब उपलब्ध नगराउँदा समस्यामा परेको उनीहरुको भनाई रहेको छ । तलब बुझ्न नपाउँदा घरखर्च, बच्चाको शैक्षिक खर्च र घरभाडा समेत तिर्न नसकेको भन्दै स्बास्थ्यकर्मीहरुले मानसिक र शारीरिक समस्याको समेत सामना गर्नु परेको बताए । स्वास्थ्यकर्मीहरुले १२ सदस्यीय संघर्ष समिति गठन गरेर तलब उपलब्ध गराउन माँग गर्दे नगरपालिकाका मेयर श्रबण कुमार यादबलाई ज्ञापन पत्र समेत बुझाएका छन् । 
यता, मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले स्बास्थ्य मन्त्रालय तलबको लागि रकम नपठाएकोले बितरण गर्न नसकेको बताए । उनले भने "मन्त्रालयले पैसा पठाएको छैन, हामी पनि स्बास्थ्यकर्मीहरुको दुःख बुझिरहेका छौ्र, स्बास्थ्यकर्मीहरुलाई तलब खुबाउन मन्त्रालयसंग समन्बय समेत गरिरहेको छौं ।" बिकासको बजेटबाट ३० लाख रकम स्बास्थ्य क्षेत्रमा लगाएका भन्दै मेयर यादबले तत्काल दुई महिनाको भएपनि अर्को क्षेत्रको रकमबाट स्बास्थ्यकर्मीहरुलाई तलब बितरण गर्ने प्रयासमा रहेको बताए । मानबको जनजिबिकासंग प्रत्यक्ष स्बास्थ्य जोडिएकोले कार्यालय छाडेर आन्दोलन नगरी मन्त्रालयसंग सम्बन्बय गर्न आग्रह गर्दै मेयर यादबले त्यसका लागि नगरपालिकाले समेत सहयोग गर्ने आश्बासन दिए । 
मिर्चैया नगरपालिकामा एउटा प्राथमिक स्बास्थ्य केन्द्र र ७ बटा स्बास्थ्य चौकीमा गरी जम्मा ६५ जनाको हाराहारीमा कर्मचारी रहेका छन् । उनीहरुलाई माघ महिनादेखि अहिलेसम्मका करीब डेढ करोड तलब बितरण गर्न बाकी रहेको बताईएको छ ।  

गोलबजार लाई हराउदै डायनामाइट सेमीफाइनलमा

Posted: 05 Jun 2018 07:54 PM PDT

फिरोज शेख लहान २०७५ जेष्ठ २२ । मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७५ अन्तर्गत मंगलबार भएको खेलमा डायनामाइट काठमाडौं विजय भएका छन्। सप्तरी खडक नगरपालिकाको आयोजना तथा पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरी ४ को प्रायोजनमा संचालित प्रथम मेयर गोल्ड कप फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार भएको रोमान्चक खेल प्रदेश ३ डायनामाइट काठमाडौं र प्रदेश २ गोलबजार सिरहा बीच सम्पन्न भएको छ। खेलको निर्धारित समय भित्र कुनै पनि टिमले गोल गर्न नसक्दा खेल प्लानटिमा परिणत भएको थियो । जसमा डायनामाइट काठमाडौंले १ का विरुद्ध ४ गोल गर्दै गोलबजार लाई पराजित गर्दै विजय भएका छन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलबजार जर्सी नम्बर १३ का खिलाडी अमन लामा म्यान अफ द म्याच भएका छन्। प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल बारा ११ र डायनामाइट काठमाडौं बीच हुने पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरीका सचिव प्रमोद कुमार चौधरीले जानकारी दिएका छन्।

पत्रकार दुव्र्यवहार गर्ने भन्सार प्रमुख जिल्ला छाडे

Posted: 05 Jun 2018 07:40 PM PDT

नवसंग्राम दैनिक लहान, २२ जेठ । पत्रकार गणेश साह र सन्तोष यादवलाई समाचार संकलन क्रममा सिरहा माडर भन्सार कार्यालयका प्रमुखले गरेको दुव्र्यवहार र क्यामेरामा क्षति पुर्याएको विषयमा जिल्ला प्रशासन कार्यालयले छानविन समिति गठन गरेको छ । भन्सार प्रमुख राजेन्द्र हमालले माग बमोजिमको सूचना नदिई पत्रकारसंग दुव्र्यवहार र क्यामेरामा समेत क्षति पुर्याएकोले सोको छानविन गर्न तीन सदस्य समिति गठन गरेको छ । सो समितिमा जिल्ला प्रशासन कार्यालय सिरहा प्रअ जयचन्द्र साह, जिल्ला प्रहरी कार्यालय सिरहाका अधिकृत प्रतिनिधि र नेपाल पत्रकार महासंघ सिरहाका एक प्रतिनिधि गरी तीन सदस्य समिति गठन गरिएको छ । उता, घटनापछि भन्सार प्रमुख जिल्ला छाडेर फरार छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment