/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


विभेद र भ्रष्टाचार विरुद्ध कामकाज ठप्प पार्दै धर्ना

Posted: 05 Jun 2018 09:31 AM PDT

राम पुकार यादव सिरहा । अर्नमा गाउँपालिकाका पदाधिकारीहरुले विकासका योजनाहरुमा विभेद र संचालनमा भ्रष्टाचार गरेको भन्दै नेपाली काँग्रेस निकटका स्थानीय नेता तथा कार्यकर्ताहरुले पूर्व निर्धारित दवावका कार्यक्रम अनसार गापा कार्यालयको कामकाज ठप्प पार्दै दुई घण्टा धर्ना बस्यो । वडा तथा बस्तीलाई विभेद गर्दै आफ्ना राजनीतिक अभिष्ट पुरा गर्न गापा अध्यक्ष ठकु महतो कोइरीले गापा स्तरीय बजेट सिध्याउन मनोपोली योजना बनाएर कार्यकर्ता भरनषोण गर्न लागेको नेपाली काँग्रेसका नेता तथा संघर्ष समितिका अध्यक्ष रामअधिन यादवले बताए । अपारदर्शी रुपमा उपभोक्ता समितिहरु गठन गरेर गापा अध्यक्ष महतोको निर्देशनमा हुँदै नभएको सडकमा लाखौं रुपैयाँ खर्चिन लागेको उनले जनाए । उनका अनुसार जहाँ सर्वपक्षीय जनताको समस्या छ त्यहाँ योजना छैन् र जुन ठाउँमा गापा अध्यक्ष नजिकका कार्यकर्ताको घर छन् त्यहाँ हुँदै नभएको काममा लाखौं लाख खर्च गरिने कार्ययोजना बनाएका छन् । गापा अध्यक्ष महतोले विभेद र भ्रष्टाचारको चरणविन्दुमा पुगेको नेपाली काँग्रेस अर्नमा गाउँपालिका संयोजक धर्मदेव कामतिले बताए । उनले गापा अध्यक्ष आफ्ना कार्यकर्ताहरुलाई कार्यालयकक्षमै बोलाएर अधिकतर उपभोक्ता समिति गठन गरेको भने,'गोप्य रुपमा गठन गरिएको उपभोक्ता समितिका पदाधिकारीहरुसँग कमिशन पनि लिइरहेको चर्चा चल्न थालेका छन् ।' गापा पदाधिकारीहरुले विधि र प्रक्रिया मिच्दै रचना गरेको भ्रष्टाचारको चत्रब्युह विरुद्ध आफुहरुले कडा संघर्ष गर्ने संयोजक कामतिले दाबी गरे । उनले जनताको हितमा हामी काम गराउन सदैव सल्लाह सुझाव र प्रभावकारी काम गराउन लागीरहने बताए । धर्ना कार्यक्रममा विनोद कुमार यादव, रामदेव गडेरी, राजलाल कामति, धनिराम यादव, रेश्मी महतो लगायत सैकडौं व्यक्तिहरुको सहभागीता रहेको थियो । भ्रष्टाचार नरोकिएसम्म आफुहरु संघर्ष जारी राख्ने उनीहरुले प्रतिक्रिया दिएका छन् ।

घरेलुहिंसा न्युनिकरण गर्न अभिमुखिकरण

Posted: 05 Jun 2018 07:33 AM PDT

राम नारायण पंडित, सिरहा,२२ जेष्ठ । मिर्चैया नगरपालिका बडा नं. २ मल्हनियाँखोरीमा दलित, जनजाति युवायुबतीहरुलाई लक्षित गरी घरेलुहिंसा, बालबिबाह र बहुबिबाह सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न आज गरिएको छ । समाजमा बिद्यमान रहेका घरेलुहिंसा, बालबिबाह र बहुबिबाह न्युनिकरण गर्ने उदेश्यले एक दिने अभुमुखिकरण कार्यक्रम गरिएको सनराईज सामुदायिक बिकास केन्द्र मल्हनियाँखोरीका अध्यक्ष घनश्याम श्रेष्ठले बताए ।
मिर्चैया नगरपालिकाको आर्थिक सहयोग र सनराइज सामुदायिक बिकास केन्द्र मल्हनियााँखोरीको आयोजनामा संचालन गरिएको कार्यक्रममा सय जना युबायुबतिहरुको सहभागिता रहेको आयोजकले जनाए । संस्थाका अध्यक्ष घनश्याम श्रेष्ठको अध्यक्षता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडेल र बडा नं. २ का बडा अध्यक्ष धनिकलाल यादब लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राधा श्रेष्ठ र शम्भु श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
34596898_1695411453911819_4249324210393972736_n

34473955_1695418487244449_5708178537597370368_n

सिरहा मानवअधिकार रक्षक संजाल गठन

Posted: 05 Jun 2018 06:46 AM PDT

राम नारायण पण्डित सिरहा, २१ जेष्ठ । समाजमा भईरहको विभिन्न खाले मानव अधिकारसंग जोडिएका घटनाहरुलाई उजागर गरी प्रभावकारी ढंगले सामाजिक न्याय र सुदृढीकरणका लागि तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) को रोहबरमा सिरहामा ११ सदस्यीय सिरहा मानवअधिकार रक्षक संजाल आज (सोमबार) गठन गरिएको छ । सिरहाको लहानमा थर्ड एलायन्सको पहलमा भएको भेलाबाट चन्दन कुमार कर्णको संयोजकत्वमा गठन गरिएको संजालको सह–संयोजकमा रिक्मा विश्बकर्मा र सचिवमा राम नारायण पंडितलाई चयन गरिएको छ । सदस्यहरुमा मुकेश कुमार यादब, महेश सिंह, तन्जिल खातुन, गीता साह, मोहन पासमान, शान्ति पासमान, संजय बिश्बकर्मा र दिलिप सहनी रहेका छन् ।
थर्ड एलायन्सका प्रदेश २ का संयोजक रन्धिर चौधरीले समाजिक न्याय तथा सदृढिकरणका लागि स्थानीय समुदायलाई अधिकार र कर्तव्य बारेमा सचेतना दिलाउन थर्ड एलायन्सले विभिन्न जिल्लामा संजाल गठन गरिरहेको बताए । उनले मानव अधिकार उल्लंघनका घटनाहरुको सुक्ष्म तरिकाले अनुगमन गरी राज्यलाई जवाफदेही बनाउन संजालले प्रभवकारी भुमिका खेलोस् भन्दै शुभकामना समेत ब्यक्त गरे । त्यस्तै मानवअधिकार अधिकृत किरण कुमार कर्णले थर्ड एलायन्सले तराई मधेश लगायत विभिन्न जिल्लामा मानवअधिकार क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र नवगठित संजालले झन् प्रभावकारी ढंगले नागरिकको अधिकार दिलाउनको लागि अग्रसरता लिने बताए । मानब अधिकार अधिकृत अर्जुन साहले मानवअधिकारको उल्लंघन वा हनन लगायतका घटनालाई उजागर गर्दै पिडित पक्षको न्यायको लागि वकालत गर्न संजाल तयार रहेको बताए ।

लहान नगर प्रमुख भन्छन्—‘मलाई उल्टो लाग्न थालेको छ,पुरुष हिंसा बढ्दो’

Posted: 05 Jun 2018 06:29 AM PDT

नवसंग्राम दैनिक लहान, २२ जेठ । महिला हिंसाको चरम रुप लिइरहेको बेला लहानमा पुरुष हिंसाको घटना बढिरहेको लहान नगरपालिकाका मेयर मुनि साहले बताउंछन् । उहांले आधुनिक र शहरीकरणले महिला हिंसा न्युनिकरणको लागि आवाज उठाउंने संघसंस्थाहरु सक्रिय रहेको जायज हो । तर, पुरुष हिंसाको लागि समाधानको उपाय खोजिदिने धेरै नै कम अधिकारकर्मी रहेको एक कार्यक्रम उहां मेयर साहले बताउंछन् ।


सर्च फोर कामन ग्राउण्डको सहयोगमा नेपाल पत्रकार महासंघ सिरहाले लहानमा आयोजना गरेको दूई दिने ( जेठ २० र २१) सुरक्षा र न्याय सम्बन्धि पत्रकारिता तालिममा मेयर साहले 'मलाई उल्टो लाग्न थालेको छ ।' 'हामी कहां अन्यायमा परेका दर्जनौ पुरुष आउंछन् ।' 'उनीहरु आफ्नै घरपरिवारका महिलाबाट हिंसा खेपिरहेको सुनाउंछन् ।' 'समाधानको बाटो खोजी गरिदिन छलफल गर्छन् ।' उहां बताउंछन् ।
आधुनिक तथा भड्किलो युगमा अधिकार सबैलाई बराबरी चाहिएको छ । महिलालाई आवश्यकता अनुरुप साधन स्रोत तथा धनसम्पतिमा अधिकार नदिएपछि उनीहरु पनि अधिकारको लागि आवाज उठाउंन थालेको छ । तर, अधिकारको नाममा हिंसातर्फ उन्मुख हुनु कद्दापी न्याययोग्य होइन । यसैका एक उदाहरण बनेका छन् लहान ७ का रामकुमार गुप्ता (विनोद) । यथेष्ट सम्पति भएपनि विनोद र उनकी पत्नि सम्बन्धविच्छेदको चरणमा पुगेका छन् । भड्किलो युग अनुरुप विनोदले आफ्नी पत्निलाई सहयोग नगरेकोले उनमाथी एक पटक हत्याको प्रयास भयो । विनोद छुरा प्रहारबाट घाईते भएका थिए । विभिन्न यातना दिंदै आएकी उनकी पत्नि यत्तिबेला दशौ करोडको सम्पति लिएर उनका पत्नि विराटनगर बस्न थालेका छन् । विनोद खान बस्न, औषधोपचार र आवश्यक अधिकारबाट बंचित भएर लहानमा जेनतेन जीवन पालिरहेका छन् । लहानमा यस्ता कैयन पुरुष महिलाबाट पीडा खेपिरहेका छन् ।
यसैबीच २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नपा ३ का २१ वर्षीय श्यामकान्त दासलाई अदालतले जेठ २० गते पाँच वर्षको कैद सजायको फैसला गरेको छ । न्यायाधीश लोकजङ्ग शाहको इजलासले पाँच वर्षकैद सजायको फैसला गर्नुका साथै आरोपितबाट पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ । पीडित महिलालाई आरोपितले ०७४ जेठ १७ गते बलात्कार गरेको भन्दै पीडितले जेठ १८ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण ०७४ जेठ १९ गते सुनसरीको इनरूवास्थित जिल्ला अस्पतालमा भएको थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment