राम नारायण पंडित, सिरहा, ०८ जेष्ठ । सप्तरीको बलान–बिहुल गाउँपालिकामा चालु आर्थिक बर्षको असार मसान्तसम्ममा बिजुली बाल्ने गाउँपालिकाको अध्यक्ष दयानन्द गोइतले बताएका छन् । उनले भने" म विजयी भएपछि मेरो पहिलो लक्ष्य बिद्युत, सडक, स्वास्थ्य र कृषि रहेकोले सोही अनुसार काम अगाडी बढाएछु ।" बिद्युतको पोल गाड्ने काम धमाधम भईरहेकोले असार मसान्तसम्ममा बिजुली बाल्छौ ।"
अध्यक्ष गोइतले दिएको जानकारी अनुसार गाँउपालिका भित्र रहेका जम्मा २२ ओटा टोलहरु मध्ये ५ ओटा टोलमा मात्र अहिले बिजुलीको पहुँच रहेकोले बाँकी १७ ओटा टोलहरुमा धमाधम पोल गाड्ने काम भईरहेको छ । पोल गाड्ने काम सम्पन्न भएपछि तार जडान गरी छिट्टै बिद्युत संचालनमा ल्याउने अध्यक्ष गोइतले दाबी गरेका छन् । उनले भने "अब कोही नागरिकहरु अध्याँरोमा बस्नु पर्ने छैन ।" "गाउँपालिकाले विद्युतका लाइन विस्तारलाई प्रथामिकता दिएको छ ।"
गाँउपालिकाले बिद्युतका लागि चालु आर्थिक बर्षमा ३ करोड भन्दा बढी रकम छुटयाईएको समेत अध्यक्ष गोइतले बताए । नेपाल बिद्यतु प्राधिकरण बितरण केन्द्र राजबिराजसंग समन्बय गरी कामलाई अगाडी बढाएको उनले स्पष्ट गरे । बिजुली नहुँदा टुकीको भरमा पढ्न बाध्य त्यहाँका बिद्यार्थीहरु अब बिजुली बालेर पढ्न पाइने आशामा रहेका छन् । पहिलो पटक विद्युत लाइन विस्तार भइरहेकोले स्थानियहरु हर्षित भएका छन ।
सप्तरीको पश्चिमी दक्षिणी साकिकका बेल्ही, मौवाहा, मल्हनियाँ, रामनगर कोदरकट्टी र रौटहट हाल वलान–विहुल गाउँपालिकामा अहिले पनि स्थानियहरु टुकी (डिबिया) कै भरमा छन् । अहिले आएर स्थानिय सरकारले जनताको पक्षमा काम गरिरहेकाले आशा पलाएको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ ।
सप्तरीका वलान–बिहुल गाउँपालिकाका स्थानिय भन्छन, "हामीलाई कसैले हेरेन, हामी नगरवासी भएर पनि बत्ति मुनिको अधेरो जस्तै भएका छौं ।" "देशले हाम्रो समाजको विकासका लागी केहि पनि गरेनन् ।" "देश र स्थानिय राजनितिक दलहरुले विकासका लागी खासै पहल नगरेका कारण आफुहरुको क्षेत्र विकासमा पछि परेका छन् ।"
विद्युतको लाइन विस्तार हुँदा गाउँपालिका भित्रका १० हजार घरघुरी लाभान्वित हुनेछन । लाइन विस्तार भएपछि गाउँपालिकामा उद्योगहरु संचालनमा आउने सक्ने सम्भाबना रहेको छ ।
देश लोडसेडिङमुक्त घोषणा भइसकेको अबस्थामा पनि ग्रामिण भेगमा अहिले पनि बिजुली बल्न सकेको छैन् । सप्तरीको पश्चिमी दक्षिणी भेगका कतिपय स्थानहरुमा अहिलेसम्म विद्युतिय पोल पनि गाडिएको छैन् । गाउँमा विजुली वत्तिको व्यवस्था नहुदाँ स्थानियहरु आधुनिक सेवा सुविधाबाट बञ्चित हुन पुगेका छन् । बिजुलीको अभावमा मोवाईल चार्ज गर्न र कुटान पिसान गर्न सिमाबर्ती क्षेत्र अथवा अन्य जिल्ला जानु पर्ने बाध्यता रहेका छन् ।
विकासमा सधै पछि पर्ने स्थानहरुलाई गाउँपालिकाले अन्त्य गरेर वडाहरुको विकास र त्यहाँका स्थानीयहरुको श्रोत साधनको पहुँचमा बृद्धि गराउँदै नगरवासीको बिकासको अनुभुति दिलाउन प्रयास गर्नुपर्ने आवश्यक्ता देखिन्छ ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 5/22/2018 06:35:00 AM
No comments:
Post a Comment