सिरहा, २२ बैशाख । नेपाल पत्रकार महासंघको प्रदेश नम्वर २ को मतदान अन्तर्गत सिरहा शाखाको मतदान लहानमा उत्साहजनक सम्पन्न भएको छ । सिरहामा रहेको ९९ मत मध्ये ८७ मत र केन्द्रीय प्रतिनिधी एक गरी ८८ मत खसेको केन्द्रिय प्रतिनिधि धिरेन्द्र साह र मतदान अधिकृत महेन्द्र मण्डलले बताएकाछन् ।
सिरहामा संयुक्त लोकतान्त्रिक प्रगतिशील मोर्चा र मधेशवादी गठवन्धनवीच कडा प्रतिस्पर्धा हुने अडकल हुन थालेको छ । प्रदेश नम्वर २ मा जम्मा ८४२ मतदाता रहेका छन ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 5/05/2018 06:00:00 AM
No comments:
Post a Comment