/ Undifined / [Marganugami Daily] किसानको साथी बन्दै रम्भा

[Marganugami Daily] किसानको साथी बन्दै रम्भा

कमलेश यादब
सिरहा, ८ वैशाख । गहुँवाली भित्रयाउन हप्ता दिनभन्दा बढी समय लाग्ने किसानको खेतमा आजभोलि 'रम्भा पुग्न थालेपछि उनीहरुले समयमै गहुँ भित्र्याउन पाएका छन् ।
किसानको खेतबारीमै गई गहुँ पेल्ने आधुनिक उपकरण हो 'रम्भा । 'रम्भा ले किसानको कडा परिश्रम र समय मात्र बचत गरेको छैन, उब्जिएको गहुँ विक्री वितरण गर्न चाहे जतिको समय पनि जुराइदिएको छ । खेतमा पाकेको गहुँ विक्री वितरण गर्नुप¥यो भने केही घण्टा अगाडिदेखि 'रम्भाको प्रयोग गरेर इच्छाएको समयमा बोरामै तयार हुन्छन् गहुँका दानाहरु ।
सिरहाको नवराजपुर गाउँपालिका –४ स्थित देवनगर गाउँका शुभलाल यादवले एक विघा खेतमा गहुँवाली लगाएको थियो । उनलाई गहुँको वाली काट्नेदेखि दाउनी गरेर घर भित्र्याउन झण्डै दुई हप्ता लाग्थ्यो तर पछिल्लो दुई÷तीन वर्षदेखि खेतमै 'रम्भा पुगेपछि दुई घण्टामै घरमा भित्रिन्छ गहुँ ।
'केही वर्ष अगाडिसम्म गहुँ काटेर पहिले घर ल्याउनु पथ्र्यो, त्यसपछि विस्तारै गोरु वा मजदुर लगाएर गहुँ झार्नुपदथ्यो तर अब त झञ्झटै छैन्, छिमेकी रामअवतार यादवले भने–प्रविधिले हप्तौ लाग्ने कामलाई छिनभरमै 'रम्भाले सक्छ । बैदेशिक रोजगारीले गाउँमा मजदुरी गर्ने भेट्न कठिन छ, ज्याला पनि वृद्धि भएको छ तर 'रम्भामै गहुँ पेलाए किसानलाई खर्च र समय दुवै बचत हुने गरेको उनको भनाइ छ ।
शुभलाल र रामअवतार मात्र होइन, यहाँ खेती गर्ने सबैले 'रम्भामै गहुँ पेलाउने गरेका छन् । गहुँ जस्तै धान पनि अब धेरै किसानले 'रम्भा मा नै पेलाउने सोच बनाएका छन् । 'रम्भाका धनीले गहुँ पेलेवापत प्रत्येक १० टिनमा एक टिन ज्याला लिने गरेका छन् । चैत र वैशाख महिनामा गहुँ कटान हुने गर्छ ।
जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार यस वर्ष १८ हजार हेक्टर जग्गामा किसानले गहुँ खेती गरेका छन् जसमध्ये ४० प्रतिशत गहुँ अहिलेसम्म कटान भइसकेको छ । १५ दिनयता सुरु भएको वर्षा र हावाहुरीका कारणले किसानलाई गहुँ कटानमा कठिनाई भएको थियो । बाँकी रहेका किसानले पनि आफ्नो खेतमा रहेको गहुँवाली वैशाखको दोस्रो हप्तासम्ममा भित्र्याइसक्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 4/23/2018 04:01:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment