/ Undifined / [Samgrasandesh.com] मिर्चैयाः ओडिएफ घोषणा भएको स्थानमै सार्वजनिक शौचालयमा ताला

[Samgrasandesh.com] मिर्चैयाः ओडिएफ घोषणा भएको स्थानमै सार्वजनिक शौचालयमा ताला

राम नारायण पंडित, सिरहा, ०७ चैत । सिरहाको मिर्चैयामा रहेको सार्बजनिक शौचालय संचालन नहुँदा सर्वसाधारणलाई सास्ती भोग्नु परेको छ । मिर्चैया नगरपालिका बडा नं. ६ मा रहेको पक्की सार्वाजनिक शौचालाय व्यवस्थापनको अभावमा अझै सञ्चालनमा आउन सकेका छैन् । मिर्चैया नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएपनि  व्यस्त बजार कटारी चौकमा बनाईएको शौचालयमा ताला लागेको छ । 

यात्रुहरुको चाप हुने स्थानमा सुबिधाको लागि बनाईएको शौचालयमा सरोकारबालाको चरम लापरबाहीका कारण ताला झुन्डिँदा यात्रुहरुलाई आपत पर्ने गरेको छ । शौचालय निमाण भएको महिनौ बित्दापनि सञ्चालन आउन सकेका छैन् । शौचालय प्रयोग विहिन भएपछि बजारमा ब्यापार ब्यबसायी गर्ने देखि लिएर बाहिरवाट मिर्चैया बिभिन्न कामले आउनेहरुलाई असहज हुने गरेका छन् । सार्वजनिक शौचालय संचालन नहँुदा यात्रुहरु जथाभाबी शौच बाध्य भएका छन् । नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएपनि सार्बजनिक शौचालय संचालन गर्न कसैको ध्यान जान सकेको छैन् ।

देशमा संघियता आएपछि घरघरमा सिंहदरबारको नारा लागेपनि जनताले महसुस गर्न सकेका छैन् । राष्ट्रिय सरसफाई गुरु योजनाको भावना र मर्म अनुरुप मिर्चैया नगरपालिका माघ १२ गते नै खुल्लादिसा मुक्त क्षेत्र घोषण भइसकेको छ । 

यता, बडा नं. ६ का बडा अध्यक्ष देबकृष्ण साहले शौचालयको सरसफाई पश्चात तालाबन्दी गरी राखिएको बताए । शौचालय संचालनका लागि समिति बनेपछि तालाबन्दी खोल्ने जनाएको छ । उनले भने "अहिले शौचालय खोल्दा फोहोर हुने भएकोले समिति गठन भएपछि दुई हप्ताको भित्रमा काम सुरु हुनेछ, त्यसपछि शौचलय संचालनमा आउनेछ ।" शौचालय संचालनका लागि बजेट समेत छुट्याईएको बडा अध्यक्ष साहले बताए ।  


--
Posted By Samagrasandesh to Samgrasandesh.com at 3/21/2018 12:31:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment