सर्लाही, १५ चैत । सिरहा क्षेत्र नं. ४ का "क" प्रदेश सभाका सदस्य दिलिप साहलाई सर्लाहीमा सम्मान गरिएको छ । अनेरास्बबियुले आज सर्लाहीको हरिबनमा आयोजना गरेको संघियतामा शिक्षाको बहस कार्यक्रममा नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले साहलाई दोसल्ला ओढाई सम्मान गरेका हुन् । कार्यक्रममा २ नम्बर प्रदेशका नेकपा एमाले र नेकपा माओबादीबाट निर्बाचित सांसदहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य साहले जनताको महसुस हुने गरि काम गर्नुपर्ने बताए । संघियता आएपछि अहिलेसम्म जनताले संघियताको महसुस नगरेकोले छिट्टै बिकास निर्माणको साथै सुशासन कायम गर्ने उनले प्रतिबद्धता जनाए । अहिलेको युगमा ब्यबहारिक र प्राबिधिक शिक्षाको आबश्यक्ता रहेको सोही अनुसारको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका साहले लामो समयदेखि शिक्षामा असामानता रहेको समानताको लागि पहल गर्ने आश्बासन दिए ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 3/29/2018 06:14:00 AM
No comments:
Post a Comment