/ Undifined / [Samgrasandesh.com] गुुणस्तरिय शिक्षाका लागि सहकार्य र समन्वय आवश्यक ः आयोग अधिकृत यादव

[Samgrasandesh.com] गुुणस्तरिय शिक्षाका लागि सहकार्य र समन्वय आवश्यक ः आयोग अधिकृत यादव

लहान,११ सिरहा । गुणस्तरिय शिक्षाका लागि सहकार्य र समन्वय आवश्यक रहेको राष्ट्यि मानव अधिकार आयोगका मानव अधिकार अधिकृत दिप कुमार यादवले वताउनुभयो । वहाले विधालयबाट  गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि अभिभावक विधालय व्यवस्थापन समिति सदस्य,समाजसेवी,विधालयका प्रध्यानाध्यापक र शिक्षक विचमा समन्वय नभएको कारणले तराईमा गुणस्तरिय शिक्षा नभएको वताए । 
अनौपचारिक क्षेत्रसेवा केन्द्र इन्सेकद्धारासञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने परियोजना अन्तर्गत लक्ष्मीपुर पतारी गाउपालिकाको वडा नं ३ मा गठित मानव अधिकार निगरानी समुह र जनता नन्द ललिता माध्यमिक विधालयको समन्वय
मा आइतबार आयोजित गुणस्तरिय शिक्षाका लागि सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा अधिकृत यादवले भने विधालयलाई सुर्धानका लागि अग्रसरता लिनुपर्ने वताए ।  वहाले भने शिक्षा मानवका लागि मेरुदण्ड भएको हुदा यसमा सबैले लगानी गर्नुपर्ने वताए । शिक्षाले नै गाउसमाज परिवर्तन हुने भएको हुदा यसलाई परिवर्तन गर्नका लागि समाजका अगुवाहरुको मुख्य जिम्मेवारी रहेको वताए ।  राज्यले निदिष्ठ गरेको अधिकार मध्येका एक हुन शिक्षा यसमा कसैले खेलवाड गरे दिर्घकालिन असर समाजमापर्ने वताए । त्यसैले विधालयलाई राम्रो गुणस्तरिय बनाउनका लागि सहकार्य र समन्वय नियमित गरि गुणस्तरिय शिक्षा प्रदान गर्ने वतावरण वनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय सिरहाका विधालय निरिक्षक भवानी कटेलले देश संघियतामा गइसकेको हुदा सिंहदरवार गाउमै आइसकेको हुदा यसलाई स्थानीय सरकारले भरपुर्ण उपयोग गर्नुपर्ने वताए । वहाले स्थानीय तहमा शिक्षा सम्बन्धी अधिकार र व्यवस्थाको वारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । विधालयमा गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि प्र।अ।एकलैले सम्भव नहुने वताए । सरकारले धेरै पहिले दरवन्दी कायम गरे अनुसार अहिलेको शिक्षा प्रणली त्यसै अनुरुप चलिरहेको भन्दै विधार्थी अनुपातमा शिक्षकको दरवन्दी न्युन रहेको वताए । शिक्षकको दरवन्दी मिलान र विधार्थी अनुसारको शिक्षकको व्यवस्था गर्नका लागि स्थानीय सरकारसंग कानुनी जटिलताहरु रहेको हुदा तत्कालै शिक्षक विधार्थी अनुपातमा व्यवस्था गर्न स्थानीय सरकारलाई समस्या हुने वताए । वहाले भने प्रभावकारी शिक्षाका निम्ति अभिभावक र समाजका अगुवारुहको सहयोग आवश्यक रहेको वताए ।  विधार्थी विधालयबाट घर जादा अभिभावकले आफनो विधार्थीले गृहकार्य गरे नगरेको विधालयमा विधार्थी गए नगएको बारे सोधखोज गर्ने चलन नभएको हुदा गुणस्तरिय शिक्षामा समस्या देखिएको वताए । शिक्षालाई प्रभावकारी वनाउनका लागि सबैको नैतिक जिम्मेवारी वहन गर्नुपर्ने वताए । 
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय सिरहाका श्रोत व्यतिm एकलास कुमारी यादवले विधालयमा पार्दशितता र जवाmिदेहीता कायम नभएको हुदा गुणस्तरिय शिक्षा प्रदान गर्न समस्या भइरहेको वताए । उनले भने शिक्षा क्षेत्र अति संवेदनशिल भएको र त्यसमा सरोकारवालाहरुको गम्भिर ध्यान नरहेको वताइन । विधालयलाई सरकारले उपलब्ध गराएको विभिन्न शिर्षकहरुको रकमका बारेमा जानकारी गराएका थिइन । विधालयमा सरकारले पर्याप्त मात्रामा वजेट दिएपनि विधालयहरुले सदुपयोग गर्न नजान्दा विधालयमा समस्या उत्पन्न हुने गरेको वताए । विधालय प्रशासनले आर्थिक पार्दशितता र जवाफदेहीता वहन नगर्दा समस्या बल्झिने गरेको वताइन । समाजले सरकारी स्कुललाई हेर्ने दृष्टिकोण नै फरक भएको हुदा गुणस्तरियताको सवाल उठनु स्वभाविका भएको वताइन । 
विधालयमा जिम्मेवारी लिनेहरु नैतिक जिम्मेवारी वहन नगर्दा कतिपय समस्याहरु उत्पन्न हुने गरेको छ । सरकारले शिक्षा सम्बन्धी सबै व्यवस्था स्थानीय निकायमा गरेको हुदा केही समयपछि सबै व्यवस्थित रुपमा संचालन हुने वताइन । 
कार्यक्रममा नेपाल राष्ट्यि अभिभावक संघका सिरहा अध्यक्ष धिरेन्द्र साहले नेपालको शिक्षा निति अन्य देशको तुलनमा राम्रो रहेको तर हाम्रो समाजको मानसिकता कमजोरका कारण शिक्षामा वेथिति रहेको वताए । समाजमा विधालय स्थापना गरेका व्यतिmहरुले समाजका बालबालिका अध्ययन गरि समाज निमार्णमा सहयोग पुर्याउनका लागि स्थापना गरेका छन् तर अहिले समाजले विधालय सरकारले संचालन गरिदिनुपर्ने आसमा शिक्षालाई भदैगोल बनाईदिएका छन् । शिक्षा क्षेत्रमा नैतिक जिम्मेवारी समाजका व्यतिmहरुले अहिले पनि लिने हो भने शिक्षामा कायापलट हुने वताए । 
विधालयमा रहेका शिक्षक ,विधालय व्यवस्थापन समिति र प्र।अ।ले नैतिक जिम्मेवारीका साथ विधालय संचालन गरे शिक्षा क्षेत्रमा देखिएका विकृतीहरु स्वत ः अन्त्य हुने वताए  । 
कार्यक्रममा जनता नन्द ललिता माध्यमिक विधालयका प्रध्यानाध्यापक विनोद कुमार सिंहले विधालयमा शिक्षको दरवन्दीका कारण सोचे अनुरुपको शिक्षा प्रदान गर्न नसकेको वताए । उनले भने शिक्षामा परिवर्तन गर्नका लागि स्थानीय सरोकारवालाहरुको भुमिका महलत्वपुर्ण हुने वताए । विधालयको समस्या प्रति समाजको चासो राख्नु पर्ने र आवश्यकता अनुसार सहयोग र सहकार्य गर्नुपर्छ । विधालयमा कतै तृटी देखिए सुधार गर्नका समितिले सुझाव दिनुपर्ने वताए । शिक्षाको समस्या समाधान गर्नका लागि समाज नै अग्रसर हुनुपर्ने वताए । 
कार्यक्रममा सहभागिहरुले भने सरकारी विधालयमा पढाई राम्रो नभएको हुदा निजि विधालयहरुमा विधार्थीहरु पढाउन बाध्य भएको वताए । सरकारले निशुल्क शिक्षा भनेर अभियान संचालन गरेको छ तर शिक्षाको गुणस्तर दिनानुदिन खस्कदै गएको हुदा निजि विधालयमा पढाउनका लागि अभिभावक बाध्य भएका छन् । 
सरकारी तलक खाने शिक्षकले  नैतिक जिम्मेवारी वहन गर्न नसक्दा सरकारी विधालयको पढाई गुणस्तरहीन भएको वताए । यसलाई सुधार गर्नका लागि स्थानीय सरकार र विधालय,अभिभावक राजनैतिक दल लगायतका सम्बद्ध निकायहरुले विधालयबाट गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि संयुतm रुपमा पहल गर्ने र विधालयको वातावरण शैक्षणिक क्रियाकलाप प्रभावकारी रुपमा संचालन गर्ने सामुहिक प्रतिबद्धता जनाए ।
कार्यक्रममा लक्ष्मीपुर पतारीका वडा अध्यक्ष,समाजसेवी,मानव अधिकार निगरानी समुहका सदस्यहरु लगायत ४० जनाको सहभागिता रहेको थियो भने मानव अधिकार निगरानी समुह महेशपुर पतारीका संयोजक रामप्रकाश यादवको अध्यक्षतामा सम्पन्न भएका थिए ।


--
Posted By Samagrasandesh to Samgrasandesh.com at 3/25/2018 05:35:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment