Onlinesiraha-Nepali |
धनुषाको भठिहनमा भब्यताका साथ चैती दशैं मनाइदै Posted: 24 Mar 2018 11:24 PM PDT जीतेन्द्र कुमार राम जनकपुरधाम,११ चैत्त।। धनुषाकै सबभन्दा ठुलेा नगरपालिकाका रूपमा रहेका सबैला नगरपालिकामा भब्य चैती दशै आरम्भ गरिएको हो। नगरपालिकाको वडा नं.९ भठिहनमा चैती दुर्गा पुजा केही बर्षदेखी मनाउन थालिएको हो।उक्त पुजाको उपलक्ष्यमा मेलालाइ सफल पार्न विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आरम्भ गरिएको हो। विभिन्न खेलहरु मध्ये श्री सेखर प्रा बी मैदानमा तीन दिने कबड्डि,कुश्ती जस्ता कार्यक्रमहरु आयोजन गरेको हो।तीन दिन सम्म नाच ,कबडी र कुशती खेलमा स्थानीय खेलाडी लगायत बाहिरका खेलाडीहरु प्रतिस्पर्धा गर्ने छ।बिजयी हुने टिम तथा खेलाडीहरु लाई मेडल , कपका साथ साथेेेे नगद पुरस्कारको पनि ब्यबस्था गरेको छ। पहिलो दिन खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का प्रदेश सान्सद किशोरी साहले खेलको उद्घाटन गर्नु भएको हो। सबैला नपा को उप प्रमुख निलु कापरको अध्यक्षता र प्रमुख बिजय शंकर साहको विशिष्ट आतिथ्य र पुर्ब गाबिसअध्यक्ष रामपदार्थ कापर लगायत स्थानीय विभिन्न पार्टीका नेताहरुको उपस्तिथि रहेको थियोे।कबडी खेलबाट पहिलो दिनको खेल सुरुवात भइसकेको हो। |
कक्षा ८को परिक्षा स्थानीय तह स्तरीय परिक्षा संचालन गर्न यी छलफल भएको छ Posted: 24 Mar 2018 08:53 PM PDT नरेशचन्द्र बरबरिया,चैत्र ११ गते ।सहिदनगर नगरपालिका नगर शिक्षा समितिको बैठक बसेर कक्षा ८ को स्थानीय तह स्तरीय परिक्षा कार्यक्रम संचालन गर्नको लागि बैठक बसेको हो ।उक्त नगर शिक्षा समितिका बैठक बाट निम्न प्रस्तावहरु पारित गरेका छन ।सहिदनगर नगरपालिकामा परिक्षा संचालन सम्बन्धमा वडा अध्यक्ष रामरतन पासवानको अध्यक्षतामा बसेको बैठकमा निम्न छलफलमा नगरपालिका भित्र संचालित विद्यालयहरुमा उल्लेखित विद्यालयहरुको परिक्षा केन्द्र कायम गर्ने नगरपालिका भित्र दुई वटा परिक्षा केन्द्र तोकिएको जनाईएको छ श्री ज.ए.मा.बि.यदुकुहा अन्तर्गतमा श्री मा.बि.महुलीया,श्री निम्न मा.बि पचहर्वा,श्री नि.मा.बि हड्वाडा रानी मा.बि यदुकुहा दोस्रो केन्द्रमा श्री रा.नि.मा.बि यदुकुहा अन्तर्गतमा श्री निम्न मा.वि नाथपटि,श्री एस.एर.मा.बि धबौली,श्री नि.मा.वि.कुम्भ्करण,श्री मा.वि.यदुकुहा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष सम्बन्ध छलफलमा श्री ज.ए.मा.बि यदुकेहामा राम चन्द्र मंडल केन्द्राध्यक्ष रहेका छन भने सहायक केन्द्राध्यक्षमा श्री कृष्ण भिनवार त्यसतै श्री रा.नि.मा.बि गोठकुहा यदुकुहामा कुमर कान्त पन्डित भत्ता सम्बन्धमा छलफलमा केन्द्राध्यक्षलाई दैनिक ५०० स.के ४०० निरीक्षकलाई ३०० स.का २०० उ.पु परिक्षक प्रति कापी रु.१० उ.पु समपरीक्षक रु.५ रिजल्ट सिट तयार प्रति विद्यालयले प्रति विद्यार्थी रु .१५० को दरले नगरपालिकाको कोष बाट जम्मा गर्नु पर्ने लगायतका बिषयमा छलफल भएको पत्रमा उल्लेख छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment