Onlinesiraha-Nepali |
जनता माध्यमिक विद्यालयमा सेमिनार कार्यक्रम सम्पन्न Posted: 15 Mar 2018 12:23 AM PDT नरेश चन्द्र बरबरिया बारा चैत्र १ गते । जनता माध्यमिक विद्यालय जितपुर रजघट्टा बारामा ओ.जे.टी सेमिनार कार्यक्रम सम्पन्न भएको छ । जनता माध्यमिक विद्यालयमा संचालित प्राबिधिक शिक्षालय अन्तर्गत २९ महिने र १८ महिने पि.जे.टी.ए का विद्यार्थीहरु छ महिने ओ.जे.टी सकिएपछि बुधबार एक कार्यक्रम बिच विद्यार्थीहरुलाई सम्मान गरेको हो ।वडा.१४ तथा विद्यालय समितिका पुर्व अध्यक्ष रामकृष्ण बर्तौलाको प्रमुख आतिथ्य तथा प्र.अ पशुपति घिमिरे अध्यक्षता,अतिथि सह.प्र.अ राजु अधिकारी,कृषिका संयोजक दिनेश्वर झा,रन्जित ठाकुर,लेखा कुल प्रसाद पौडेल कृषि सेवा केन्द्र सिमराकी प्रमुख राधिका भारती शिक्षक लगायत विद्यार्थीहरुको सहभागीमा कार्यक्रम भएको थियो ।उक्त कार्यक्रममा सम्पुर्ण छात्रछात्रालाई टिका र खादा ओढाई डाईरी र डट्पेन प्रदान गरेको थियो ।उक्त कार्यक्रममा कृषि क्षेत्रका संयोजक दिनेश्वर झाले बोल्दै भने आज धेरै नै खुशीको दिनको आजको कार्यक्रममा जुन उपस्थित छ बास्तबमा अति नै उतसाहित भएको छु आगामी दिनमा पनि तपाईहरु अनुशासित भई स- साना कार्य भएपनि लगनशीलताका साथ काम गर्नु पर्छ अबको दिनमा प्रत्येक वडा कार्यालयमा जे.टी.ए को राखने सरकारको निर्णय भएकोले लोक सेबाको तैयारीमा जुट्न विद्यार्थीहरुलाई सुझाव दिए।त्यसै विद्यालयका स.प्र.अ राजु अधिकारीले भने अब यस विद्यालयले बि.एस.सि.ए.जी ल्याउमे तैयारीमा हामीलागी परेको र कृषि क्षेत्रमा नेपाल सरासरले ठुलो लगानी लगाएपनि आधुनिकीकरण हुनसकेको छैन र अन्त्यमा सम्पुर्ण विद्यार्थीहरु बधाई तथा धन्यवाद ज्ञापन गर्दै आगामी उज्वल भबिस्यको कामना गरेका थिए । |
छोरीको हत्या कसुरमा एक वर्ष पाँच महिना कैदको फैसला Posted: 14 Mar 2018 09:23 PM PDT फिरोज शेख लहान २०७४ चैत्र १ । एक वर्षीया छोरीको हत्या गरेको कसुरमा सिरहा जिल्ला धनगढीमाइ नपा-१२ की ३० वर्षीया हिरा खडकालाई जिल्ला अदालतले एक वर्षपाँच महिना कैदको फैसला गरेको छ। न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलले बताए । आरोपितले एक वर्षीया छोरी दिलसा खनाललाई भदौ ३० गते घर छेऊकै सार्वजनिक इनारमा फाली पछिबाट आफूपनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको आरोपमा इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई भदौ ३० गते गिरफ्तार गरेको थियो ।घरायसी विवादमा आरोपितले छोरीलाई इनारमा फाल्दा छोरीको मृत्यु भएको थियो । मृतक बालिकाको शवको पोष्टमार्टम भदौ ३० गते रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पतालमा भएको थियो । सिरहा जिल्ला अदालतको आदेशमा असोज १० गतेदेखि आरोपित पुर्पक्षका लागि थुनामा रहेकी थिइन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment