/ Undifined / [Marganugami Daily] मदिरा पिएर वडाध्यक्ष कार्यालयबाटै समातिए

[Marganugami Daily] मदिरा पिएर वडाध्यक्ष कार्यालयबाटै समातिए

झापा, १५ चैत्र । मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् । पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार दिउँसो स्थानीय सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
स्थानीयको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टड्ढप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । र, उनलाई वडा कार्यालयबाटै पक्राउ गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टा लगेको थियो ।
प्रहरीले मेची आम्दा हस्पिटल धुलावारीमा वडाध्यक्ष न्यौपानेको मापसे जाँच गर्दा उनले मदिरा सेवन गरेको पुष्टि भएको थियो । बुधवार जिल्ला समन्वय समितिकी सदस्य ग·ा कार्की समेत काम विशेषले वडा कार्यालय आएकी थिइन् । उनीसहित वडा कार्यालय पुगेका स्थानीय व्यक्ति र वडा सदस्यहरुलाई वडाध्यक्ष न्यौपानेले मातेको सुरमा तथानाम बोलेका थिए ।
नमातेको बेला शालीन र सरल लाग्ने वडाध्यक्ष न्यौपानेले मदिरा पिएर ल भएपछि जसलाई भेट्यो उसलाई तथानाम गालीगलौज गर्दै आएको स्थानीयवासी बताउँछन् । नियन्त्रणमा लिन आएको प्रहरी टोलीलाई समेत उनले आफू जनप्रतिनिधि भएको भन्दै धम्काउने प्रयास गरेका थिए । नेकपा एमालेबाट निर्वा्चित वडाध्यक्ष न्यौपानेलाई आचरण सुधार्न पार्टीले समेत पटकपटक मौका दिँदै आएको थियो ।
'पहिल्यैदेखि मदिरा खाएर छवि बिगारेका उनलाई टिकट दिनु हुँदैन भन्ने कुरा चुनाव अघि उठेको थियो, एक एमाले कार्यकर्ता भन्छन, 'अहिले चुनाव जितेपछि पार्टीले सुधार्न अनेक प्रयास ग¥यो, तर सकेन । वडाध्यक्ष न्यौपानेले वडा कार्यालयका कर्मचारी र सेवाग्राहीहरुलाई समेत मातेको सुरमा दुर्व्यवहार गरेर लज्जित तुल्याउँदै आएका छन् ।
बुधवार स्थानीयको गुनासोपछि वडा कार्यालय पुग्दा वडाध्यक्ष न्यौपाने कार्यालयको कुर्सीमा बेसुर अवस्थामा घुरिरहेका थिए । नियन्त्रणमा लिन आएको प्रहरी टोलीलाई समेत उनले आफू जनप्रतिनिधि भएको भन्दै धम्काउने प्रयास गरेका थिए । इलाका प्रहरी कार्यालय, काँकरभिट्टाले वडाध्यक्ष पक्राउ गरिएको बारेमा नगरपालिकाका नगरप्रमुख विमल आचार्यलाई जानकारी गराएको थियो ।
इप्रकाले साँझ वडाध्यक्ष न्यौपानेलाई छाडिदिएको छ । अर्का वडाध्यक्ष ललित तामाङ, एमाले नेता देबकुमार राई र राम ओलीको रोहवरमा प्रहरीले न्यौपानेलाई उप्रान्त मदिरा सेवन नगर्ने शर्तमा छाडिएको छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/30/2018 09:38:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment