कमलेश यादब
सिरहा, ६ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले अवको ५ देखि १० वर्ष भित्र नेपाल विश्वको अग्लो हिमाल, सुन्दर मुलकमात्र नभएर समृद्ध मुलुकको रुपमा परिचित हुने जिकिर गरे ।
हुलाकी राजमार्ग स्तोरोन्नती कार्यको आज सिरहाको बरियारपट्टी गाउँपालीकामा शिल्यान्यास गर्दै अध्यक्ष दहालले राजनीतिक आन्दोलन सम्पन्न भईसकेकाले अवको मुख्यकाम नै विकास र समृद्धिको भएको बताए । २०६२÷६३ को जनआन्दोलन हुँदै संविधानसभाबाट संविधान जारी भईसकेपछि राजनीतिक आन्दोलन सकिएको बताए ।
अध्यक्ष दहालले अव मुलुक अव समृद्धि र विकासको दिशामा अगाडी बढिसकेको बताए । शिल्यान्यास पछि आयोजित सभालाई सम्वोधनको क्रममा दहालले मधेसको विकास विना नेपालको विकास सम्भव नरहेको भन्दै मधेसको विकासको प्याकेजमै कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । उनले भने, 'म यहाँबाट गएर प्रकानमन्त्री ओलीजीसँग मधेस विकासको लागि प्याकेजनै तयार पार्न अनुरोध गर्छु, मधेसको विकास नभई नेपालको विकास सम्भव छैन ।
यो सरकार झण्डै–झण्डै सहमतिको सरकार हो । बाम गठवन्धनको सरकारलाई राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी फोरम, नेपालको समेत समर्थन रहेको छ । उनलेभने, 'यो सरकार अव पुरै ५ वर्षजान्छ, यसको मुख्य काम भनेको देशको विकास र समृद्धि हो, त्यसको लागि सुशासनमा विशेष जोड दिनेछौं ।
मधेस विकासमा अनियमितता बाधक रहेको अध्यक्ष दहालले बताए । उनले भने, 'राज्यले मधेसको विकासको लागि लगानी नगरेको होइन, यहाँ केही भ्रष्ट तथा कमिशन खोर प्रशासन तथा नेताहरुको कारण विकासले गति लिन सकेन अव भ्रष्ट तथा कमिशनखोरीलाई कार्वाही गरेर जेल हालिन्छ ।
शिल्यान्याश समारोहको अवसरमा आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष दहालले संविधानसंशोधनको प्रकृयापनि नजीक नजीक पुगेको खुलासा गरे । उनले भने, 'मेरो र प्रधानमन्त्री ओजीजीको संघिय फोरम र राजपाका अध्यक्षहरु उपेन्द्र जी र महन्थ जीसँग कुरा भईरहेको छ हामी संविधानसंशोधनको पनि नजीक पुगीसेका छौं ।
अध्यक्ष दहालले यो सरकारले मेधेसको विकास, समृद्धि र सम्मानमा अव कुनै कसर नराख्ने समेत प्रतिबद्धता जनाए ।
सोहीक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मधेसको 'लाइलाईन नै हुलाकी सडकभएकोले यसको विस्तार र स्तरोउन्नतीको लाग अवको सरकारले कुनै कसर नराख्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले हिजो के भयो त्यसलाई लाई अव हामीले विर्सौं, अवको ५ वर्षमा २ नम्वर प्रदेश नेपालकै नमुन्न प्रदेश वन्ने उद्दघोष गरे । उनलेभने, 'म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु, अवको ५ वर्षमा मुलुकले समृघिको एउटा खुडकिल्ला पार गर्छ, २ नम्वर प्रदेशको त नक्सै फेरीरिन्छ ।
उनले देशको समृद्धिको लागि सवैक्षेत्र उत्तिकै जिम्मेवार हुनुपर्ने पनि बताए । सिरहा खण्डको सडकको काम सुरुभईसको बताउँदै अव कुनै पनि हालतमा ठेकेदारहरुले समयमै काम पुरा गर्नु पर्ने जनाए । उनले जुन ठेकेदारले समयमा काम सकाउँदैन त्यस्तासँग क्षेति पूर्ति असुलगरेर कार्वाही गर्ने जिकिर गरे । हुलाकी राजमार्गलाई स्तरोन्नती गर्दै पाँच बर्ष भित्रै ४ लेनको बनाउने समेत घोषणा गरे ।
कार्यक्रममा प्रदेशनम्वर २ का मुख्य मन्त्री मो. लालबावु राउतले मधेस सदियौंदेखि विभेदमा पर्दै आएको छ । त्यसैको एउटा नमुना हुलाकी राजमार्ग पनिभएको भन्दै यो भन्दा वर्षौं पछिका राजमार्गहरु कालोपत्ते भईसक्यो तर यो अझै बन्न सकेको छैन ।
अवको दिनमा केन्द्रले यो प्रदेश विकासको लागि विशेष प्याकेज नै ल्याउनु पर्ने माग राखे । उनलेभने, 'जुनसुकै प्रकारले भएपनि मधेस विभेदमा परेकै हो, यसको विकासमा केन्द्रसरकारको विशेष पहल जरुरीछ, त्यसको म केन्द्र सरकारसँग माग गर्दछु ।
सोही क्रममा मुख्य मन्त्री राउतले यो प्रदेशको विकासमा मुख्य चुनौती सुशासन रहेको औंल्याउनु भयो । उनले आफू सुशासन कायमगर्न जस्तोसुकै कदम उठाउन प्रतिबद्ध रहेको जनाउँदै प्रदेश विकासमा डटेर लाग्ने जनाए ।
शिल्यान्यास कार्यक्रममा नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेका दर्जनबढी नेता तथा सासंदहरुको सहभागीता रहेको थियो ।
'
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 3/20/2018 08:21:00 PM
No comments:
Post a Comment