श्रीकान्त झा । जनकपुर । १० चैत । जनकपुरमा एशियाली विकास बैंकको ऋण सहयोगमा संचालित एकिकृत शहरी विकास परियोजना अन्तर्गत पर्ने भानु चोक — शिव चोक सडक खण्डमा पटक पटक उपमहानगरपालिकाले अतिक्रमित सडकमा वनाईएको घर हटाउन सुचना दिदा पनि अटेरि गरिरहेको कारण शनिवार देखि जनकपुरको शिव चौक देखि भानु चौक सम्म सडक विस्तार मापदण्ड भित्र पर्ने सम्पूर्ण घरहरुलाइ भत्काउन शुरु गरेको छ ।
जनकपुर उपमहानगरपालिकाकी उपमेयर रिता झाको नेतृत्वमा तोडफोड सुरु गरिएको छ ।
तोडफोडमा हुन सक्ने विवादलाई ध्यानमा राखि व्यापक रुपमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । ४ वटा स्काईवेटर लगाएर घर टहरा भत्काउन शूरु गरिएको हो ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/23/2018 11:27:00 PM
No comments:
Post a Comment