काठमाडौं 2 चैत । गृहमन्त्री रामबहादुर थापाले कानुन तोड्नेमाथि कडा कार्बाही गर्ने चेतावनी दिएका छन् । गृहमन्त्री थापाले कानुन तोड्ने र दबाबमा अपराधिहरुलाई छोड्ने काम हुन नदिइने दृढता समेत ब्यक्त गरे । उनले विधिको शासन अनुसार मुलुकलाई चलाउन राजनीतिक दबाबबिरुद्ध मुकाविला गर्न पनि यातायात क्षेत्र मातहतका निकायलाई सचेत गराए ।
बिहिबार यातायात क्षेत्र र सुरक्षा निकायका अधिकारीहरुलाई मन्त्रालयमै बोलाएर निर्देशन दिँदै उनले अनावश्यक दवाव सरकारलाई सैह्य नहुने पनि स्पष्ट पारे । गृहमन्त्री थापाले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि सरकारले कडा कानुन ल्याउने प्रतिबद्धता पनि ब्यक्त गरे ।
गृहमन्त्री थापाले कतिपय ऐन अपराधमंैत्री जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई तत्काल संशोधन गर्ने योजना पनि अघि सारे । उनले सरकार विकास र समृद्धिको अभियानमा अघि बढेको भन्दै त्यसमा सम्पूर्ण शक्ति परिचालन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/15/2018 07:26:00 PM
No comments:
Post a Comment