जनकपुर,१५ चैत्र । २०७४ दुई नम्बर प्रदेशसभा बैठकले आर्थिक कार्यविधि विधेयक पारित गरेको छ । विधेयक माथि परेका संशोधन प्रस्ताव संशोधनकर्ताले फिर्ता लिएपछि बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।
एमालेका सांसद किशोरी महतोले हिजो विधेयक माथि संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।
गत सोमबार संसदमा प्रस्तुत भएको सो विधेयक माथि प्रदेशसभा सचिवालयले हिजो संशोधन प्रस्ताव दर्ताको समय छुट्याएको थियो । विधेयक पारित गरियोस भन्ने आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो । विधेयक पारित भएपछि प्रदेश सरकारलाई खाता सञ्चालनको बाटो खुलेको कान्तिपुर अन्लाईनमा सामाचार छ ।
--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/28/2018 08:30:00 PM
No comments:
Post a Comment