/ Undifined / [JANLOKPRIYA] राजविराज विमानस्थलको ८० प्रतिशत काम सकियो, वैशाखदेखि विमान सञ्चालनमा आउने

[JANLOKPRIYA] राजविराज विमानस्थलको ८० प्रतिशत काम सकियो, वैशाखदेखि विमान सञ्चालनमा आउने


 सप्तरी, १५ चैत । गएको ५८ वर्षदेखि अलपत्र अवस्थामा रहेको राजविराज विमानस्थलको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ ।
पछिल्लो समय डिजेल अभाव तथा मेसिनमा आएको खराबीका कारण विमानस्थलको पक्की धावनमार्ग निर्माण कार्य दुई सातासम्म प्रभावित हुन पुगेको थियो । चैत महिनाभित्रै विमानस्थल निर्माण कार्य पूरा हुने लक्ष्य अनुसार कान्छाराम, रमण र देव एण्ड शायर जेभी कम्पनीले निर्माण कार्यलाई तीब्रता दिएका छन् ।
२०१६ सालमा तत्कालीन यातायात मन्त्री स्। गणेशमान सिंहले विमानस्थल निर्माण कार्यको सुरु गरेका थिए । उक्त विमानस्थलबाट बीच – बीचमा केही दिन अनियमित विमान चले पनि नियमित रुपमा उडान हुन सकेको थिएन । सप्तरीवासीको आशा भरोसाको रुपमा रहेको राजविराज विमानस्थलको निर्माण कार्य लगभग ८० प्रतिशत पूरा भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर सत्यराम दुवालले जानकारी दिनुभयो ।
पछिल्लो पटक २०७३ साल मंसिरदेखि थालिएको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले भन्नुभयो 'धावन मार्गमा कालोपत्रेको झण्डै ८० प्रतिशत सम्पन्न भएको छ, बाँकी काम पनि चैत महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्र पारिएको छ ।' गुणस्तरीयतालाई विशेष ध्यान दिन तथा निगरानी गर्न आफूलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले खटाएको इन्जिनियर दुवालले बताउनुभयो ।
उहाँका अनुसार वैशाखको दोस्रो सातासम्म विमानस्थल उडानका लागि पूर्ण रुपमा तयार भइसक्नेछ । १ हजार ५ सय मिटर लम्बाइ तथा ३० मिटर चौडाइ पक्की धावन मार्ग, ६० मिटर चौडाइ र ९० मिटर लामो एप्रोन तथा एक सय पाँच मिटर लामो र २० मिटर चौडाइ ट्याक्सी वे निर्माण कार्य तीव्र रुपमा भइरहेको उहाँले जानकारी दिनुभयो ।
 राजविराज विमानस्थलमा राम्रो सम्भावना रहेको भन्दै आसपासको केही जग्गा अधिग्रहण गरेर चौडा पार्न सके अन्तर्रा्ष्ट्रिय स्तरको विमान उडान भर्न सकिने इन्जिनियर दुवालले जानकारी दिनुभयो । 'विराटनगर भन्दा राजविराजको एयर डिस्टेन्स समेत कम छ' उहाँले भन्नुभयो 'यो विमानस्थलको गुणस्तरीयतासमेत उच्च रहेको छ ।'
राजविराज विमानस्थलको धावन मार्गलगायतका निर्माण कार्य अन्तिम चरणमा रहेको छ । चैत महिनाभित्रै सम्पूर्ण कार्य सम्पन्न हुने भए पनि विमानलाई उडान भर्न विमानस्थल वरपरको हवाई मार्गमा पर्ने अवरोधहरु हटाउनुपर्ने चुनौती रहेको दुवालले बताउनुभयो । उहाँले भन्नुभयो 'विमानस्थलको पूर्व झण्डै ७ सय मिटर पूर्व रहेका इटाभट्टाका चिम्नीहरु हटाउनु जरुरी छ ।'
आसपासमा एक दर्जन इटाभट्टा सञ्चालनमा छ । चिम्नीबाट निस्किने धुँवाले भिजिविलिटीमा समेत समस्या गर्न सक्ने सम्भावना छ । भट्टाका चिम्नी तथा पूर्व र पश्चिमतर्फ पर्ने केही रुखहरु समेत कटान गर्नुपर्ने भएकोले स्थानीय तहले तत्काल काम अगाडि बढाउनु पर्ने देखिएको छ ।




--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/28/2018 08:10:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment