/ Undifined / [JANLOKPRIYA] सिरहामा बम विष्फोट गोइत समुहले लिए विस्फोटको जिम्मेवारी, उधोग वाणिज्य संघ द्वारा लहान बन्दको घोषण

[JANLOKPRIYA] सिरहामा बम विष्फोट गोइत समुहले लिए विस्फोटको जिम्मेवारी, उधोग वाणिज्य संघ द्वारा लहान बन्दको घोषण


फिरोज शेख । सिरहा । १०चैत्र । सात वर्षीय बालकसहित आठ जना घाइते हुने गरी भएको विस्फोटको जिम्मा जय कृष्ण गोइतले लिएका छन् । सिरहा जिल्लाको लहान नगरपालिका ७ दुर्गा मन्दिर नजिकैको विकास ट्रेर्डर्समा एक बजेतिर विस्फोट भएको हो। विस्फोटमा पसलका संचालनक विकास शारडा र उनका भाई राहुल शरडासहित पसलमा काम गर्ने अस्मिता चौधरी र बविता चौधरी घाइतेसमेत भएकको प्रहरीले जनाएको छ।ग्राहक कासिन्द्र यादवका सात वर्षीय छोरा सतिस यादव र श्रीमति देवकुमारी घाइते भएकी छन् । यसैगरी माधोपुरकी वविता यादव र सप्तरीकी मोनिका देवी राम पनि घाइते भएकी छिन् । घाइतेहरुको उपचार लहानमा भइरहेको छ ।


पसलमा आएका एक व्यक्तिले छोडेर गएको झोला विस्फोट भएको थियो । प्रहरीले टाइम बम हुन सक्ने आशंका गरेको छ भने गोइतले कुकर बंम विस्फोट गराएको दावी गरेका छन् ।आर्थिक सहयोग लिन गएका कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गराउन षड्यन्त्र गरेको आरोपमा पसल सञ्चालनकलाई लक्षित गरी विस्फोट गराइएको गोइतले विज्ञप्तीमार्फत जनाएको छ ।

सिरहाको लहान नगरपालिका वडा नं.७ स्थित विकास टे«डर्स तथा विकास सारडा सुन चाँदी पसलमा दिउँसो १ वजेको समयमा शक्तिशाली बम बिस्फोटमा परि सात वर्षीय एक वालकसहित ग्राहक र कर्मचरीको रुपमा रहेका पाँचजना महिलाहरु घाईते हुन पुगेको घटनाप्रति मानव अधिकार संरक्षण केन्द्र सञ्जाल,सिरहा , जिल्ला मानव अधिकार निगरानी समुह ,मानव अधिकार सञ्चार प्रतिष्ठान ,अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक ,समग्र जन उत्थान केन्द्र लहान , जुरी नेपाल , निगरानी समुह सितापुर , शेख मिडिया हाउस लहान , जिल्ला नागरिक संवाद मञ्च, सिरहा , नेपाल पत्रकार महासंघ सिरहा शाखा र प्रेस चौतारी नेपाल सिरहा शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

विस्फोटमा ७ वर्षीय बालक सतिश यादव सहित पसलका संचालक विकास सारडा, राहुल सारडा, कामदारका रुपमा रहेका अनुसिता कुमारी चौधरी, विनिता कुमारी चौधरी र ग्राहकहरु नवराजपुर गापास्थित मझौरा निवासी देवकुमारी यादव, लहान नपास्थित माधोपुरकालाबंजर निवासी वविता यादव, र सप्तरी सुरुङ्गा नपाका मोनिकादेवी राम घाइते भएका हुन् । शुक्रवारको दिन व्यस्त हाटवजारको समयमा पसलमै बिष्फोटक पदार्थ बिष्फोटबाट भएको उक्त घटना मानव मानवअधिकार, बालअधिकार, महिला बिरुद्धको अधिकार तथा नागरिक अधिकार बिरुद्धको गंभीर उल्लङ्घनको रुपमा रहेको ठहर गर्दै यस किसिमको कार्य तत्काल बन्द गरि मानवअधिकारको बिश्वव्यापी मान्यताप्रति प्रतिबद्ध हुनका लागि हामी अधिकारकर्मीहरु सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।

जिल्लाकै महत्वपूर्ण व्यापारिक केन्द्र मानिएको लहानमा पटक पटक यस किसिमका घटनाहरु भईरहनुले यस क्षेत्रका उधोगी, व्यापारी र सर्वसाधारण नागरिकमा दिन प्रतिदिन भय र त्रास बढदो रुपमा रहेकोले नागरिकको शान्ति सुरक्षाप्रति गंभीर हुन समेत सम्बन्धित निकायमा प्रेस विज्ञप्ति मार्फत अपील गरेका छन् । साथै बिष्फोटको घटनाबाट घाईते भएका ७ वर्षीय बालकसहित महिला तथा अन्य घाईतेको उपचारको उचित व्यवस्था गर्न र घटनाको छानवीन गरि दोषीमाथि कार्वाही गर्न समेत विज्ञप्ति मार्फत माँग गरेका छन् ।
यसै बीच लहान सुनचांदी व्यवसाय संघ लहान सिरहाले पनि प्रेस विज्ञप्ति मार्फत घटनाको भर्त्सना र निन्दा गर्दै घाईते भएका सम्पूर्णका लागि स्वास्थ्य लाभको कामना गरेका छन् ।

यता घटनाको विरोध गर्दै लहान उधोग वाणिज्य संघले आज शनिबार लहान बाजार बन्दको आह्वान गरेका छन् । लहान उधोग वाणिज्य संघका अध्यक्ष सुनिल महतोले दिएको जानकारी अनुसार विगत ३ वटा विस्फोट व्यापारी लाई लक्षित गरि भएको र प्रहरी प्रशासन मुख दर्शक भएको हुनाले हामी यसको घोर भर्त्सना गर्दै घटनाको विरुद्धमा सनिबार लहान बजार बन्दको घोषणा गरेका छौ। साथै व्यपारीहरु लाई भई रहित स्वाध्पूर्ण वातावरणमा व्यपार गर्ने माहोल बनाई दिन हुन् सम्पूर्ण सम्बन्धित पक्षमा आग्रह गरेका छन् ।



--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/23/2018 08:24:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment