/ Undifined / [JANLOKPRIYA] मच्छरसँ आजित स्थानीयले झुल लगाएर गरे सांकेतिक विरोध

[JANLOKPRIYA] मच्छरसँ आजित स्थानीयले झुल लगाएर गरे सांकेतिक विरोध


जनकपुरधाम, चैत । गर्मी बढेसँगै जनकपुरधाममा लामखुट्टेले दिनरात सताउन थालेपछि यहाँ स्थानीयले झुल लगाएर सांकेतिक विरोध गरेका छन् । परिवर्तनका लागि युवा अभियान नामक क्लबले जनकपुरधाम जस्तो पवित्र स्थान फोहोर र लामखुट्टेको नामले चिनिन थालेको भन्दै शुक्रबार जानकीमन्दिरमा झुल लगाई सांकेतिक विरोध गरेको हो ।

स्थानीय तहमा जनप्रतिनिधि आएको ६ महिना भएपनि फोहोर र लामखुट्टे न्युनीकरणका लागि नगरप्रमुखदेखि वडा अध्यक्षसम्म कसैले नगरेको अभियानका संयोजक शुशील कर्णले आरोप लगाए ।
उपमहानगरका प्रत्येक वडाका जनता फोहोर र लामखुट्टेबाट आजित भएपनि कुनैपनि जनप्रतिनिधिले यसप्रति चासो नदेखाएकाले बाध्य भएर विरोध गर्नुपरेको संयोजक कर्णले बताए ।

 उनीहरुले यदी प्रमुखले लामखुट्टे नियन्त्रणका लागि पहल नगरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । विरोध कार्यक्रममा नाटक समेत मंचन गरिएको थियो ।


--
Posted By madheshexpress.com to JANLOKPRIYA at 3/16/2018 06:39:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment