/ Undifined / [Samgrasandesh.com] सिरहामा होली पर्वलाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्थामा कडाई

[Samgrasandesh.com] सिरहामा होली पर्वलाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्थामा कडाई

मुकेश यादब सिरहा १७ फागुन । सिरहामा होलीको दृष्टिगत गर्दै सुरक्षा व्यवस्था कडा बनाईएको छ । होली पर्वको नाममा बढ्दै गएको विकृतिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए ।  जिल्लामा होलीको नाममा जथाभावी लोला हान्ने, मोबिल लगाउने, जोर जबरदस्ती रंग अबिर लगाउने र पानी हाल्नेलाई कानुनी कारवाही गर्ने बताउनुभयो । विगतमा होलीमा भएको अप्रिय घटनालाई मध्यनजर तथा होलीको दिन कुनै अप्रिय घटना नहोस भन्ने उदेश्यले सिरहा सदरमुकाम सहित मातहतका युनिटहरुलाई सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको उनले बताए । होलीको दिन मादकपदार्थ सेवन गरी जथाभावी हो–हल्ला गर्ने, मापसे गरी सवारी चलाउनेलाई समेत कारवाही गर्ने जानकारी दिए । होली अवधिभर कुनै पनि प्रकारको अप्रिय घट्ना घट्न नदिई शान्ति सुरक्षालाई थप चुस्त दुरुस्त र मजबुद बनाउन ईलाका प्रहरी कार्यालय मिर्चैयाले मजबुद सुरक्षा योजना बनाई व्यापक मात्रामा प्रहरी परिचालन गरेको उपरीक्षक कोइरालाले बताए । यता मिरचैयामा शान्ति सुरक्षाको स्थितीलाई असमान्य बन्न नदिई थप मजबुत पार्न कडाईका साथ ट्राफिक चेकिङ्ग, सवारी गस्ती, मोटरसाईकल गस्ती, पैदल गस्ती र पिकेट गस्ती परिचालन गरिने इलाका प्रहरी कार्यलयका प्रमुख डिएसपि गजु सिद्धि वर्जचार्यले जनाए । होलीमा कुनै प्रकारको  घटना हुन नदिन मिरचैयामा माइकिङ्ग समेत गरीएको बताए । होलीको बहानामा उछृंखल गतिबिधि गर्ने जो कोहिलाई तत्काल नियन्त्रणमा लिई प्रकृति हेरी कार्वाही गर्ने वर्जचार्यले बताए । होली मनाउने बहानामा मादकपदार्थ सेबन गरी मोटरसाइल चलार्ईएको पाईएमा तत्काल गाडी सहित चालकलाई नियन्त्रणमा लिई कानुन बमोजिम कार्बाही गरिने जानाएको छ ।  पहाडमा आज र मधेश मा भोलि होली पर्व मनाउदेैछ ।


--
Posted By Samagrasandesh to Samgrasandesh.com at 2/28/2018 11:13:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment