मुकेश यादब ,सिरहा फागुन १७ । सिरहाका घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्र लाल कर्ण सेवाग्राहीबाट लिएको दुई लाख रुपैयाँसहित बुधबार साँझ पक्राउ परेका छन् ।
कार्यालय परिसरमा रहेको क्वार्टरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट आएको टोलीले कर्णलाई क्वार्टरमा लुकाएर राखेको दुई लाख रुपैयाँसहित साँझ ६ बजे पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश चन्दले कर्णलाई लहान १० ग्रामीणस्थित कार्यालय परिसरमा रहेको क्वार्टरमाबाट अख्तियारको टोलीले पक्राउ गरेको जानकारी दिएको छ ।
कर्णले बुधबार अपरान्ह नाम नखुलेको गैरसरकारी संस्थाका प्रतिनिधिसँग कार्यालय समयमै सीपमूलक तालिम संचालन गर्न दिने शर्तमा दुई लाख रुपैयाँ घुस लिएको बताइएको छ ।
--
Posted By Samagrasandesh to Samgrasandesh.com at 2/28/2018 10:45:00 PM
No comments:
Post a Comment