/ Undifined / [Onlinesiraha.com] भन्सार तस्करीको भण्डाफोर गरेका पत्रकार सिंह र मिश्रलाई ज्यानमार्ने धम्की

[Onlinesiraha.com] भन्सार तस्करीको भण्डाफोर गरेका पत्रकार सिंह र मिश्रलाई ज्यानमार्ने धम्की


माघ १८, जनकपुरधाम ।
जनकपुर भन्सार कार्यालयका कर्मचारीको सेटिंगमा तस्करी बढेको समाचार लेखेका जनकपुरका पत्रकार राजकमल सिंहलाई कार्यालयका प्रमुख र करारका कर्मचारीले ज्यानमार्ने धम्की दिएका छन् ।
जनकपुर भन्सार कार्यालयका प्रमुख हेम चन्द शर्मा र जटही भन्सार कार्यालयका जगदिश दासको मिलोमतोमा भन्सार छलि तथा तस्करी बढेको समाचार लेखेका थिए । उक्त समाचार किन लेखेको भन्दै कार्यालय प्रमुख शर्मा र करारका गाडी चालक प्रकाश यादवले गालिगलौज गर्दै ज्यानमार्ने धम्की दिएका हुन् ।
शर्मा र यादवले भन्सार तस्करी तथा राजश्व चुहावट सम्बन्धमा कुनै समाचार नलेख्न भन्दै आफ्नो गुण्डा समेत परिचाल गर्ने चेतावनी दिए ।
भन्सार तस्करीको समाचार प्रकाशन प्रशारण पश्चात आफुलाई तनाब बढेको भन्दै शर्मा र यादवले पत्रकार सिंहलाई कार्यालयमा बेलाएका थिए । कार्यालय पुग्ना साथ शर्मा र यादवले पत्रकार सिंह संगै रहेका अर्का संचारकर्मी सुमित मिश्रलाई कार्यकक्षबाट बाहिर निकाल्दै अपहरण गर्ने शैलिमा ज्यानमार्ने धम्की दिएका हुन् ।
यस घटनालाई लिएर नेपाल पत्रकार महासंघ धनुषा, जनकपुर उद्योग वाणिज्य संघ र स्थानीय युवा तथा व्यापारीहरुले कार्यालय प्रमुख शर्मा र यादवलाई निलम्बन गर्नु पर्ने मांग गर्दै विरोध गरेका छन् । शर्मा र यादवलाई निलम्बन नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
भन्सार प्रमुख हेम चन्द शर्मा धनुषा सरुवा भएर आउने बितिकै केहि दिनका लागि सबै सिमा नाकाहरु सबै ठप्प पारेक थिए । हाल ठुला ठुला ब्यापारिहरु संग लाईन मिलेपछि धनुषाका बिभिन्न नाकाबाट ब्यबस्थित तस्करी फस्टाउदै गरेको भन्सारका एक कर्मचारीले बताए । तस्करी तरिका पुरानै रहेपनि भन्सार प्रमुखले धनुषा भरिका लागी दुई जना कर्मचारीलाई रकम असुल्ने जिम्मा दिएका छन् । हाल जटहि छोटी भन्सारमा कार्यरत जगदीश दासले जटहि देखि धनौजी सम्मको ब्यापारिहरुको लाईन मिलाउछन् भने धनौजी देखि खजुरी, इनरुवा सम्मको लाईन मिलाउने जिम्मा भन्सारका गाडि चालक प्रकाश यादवलाई दिईएको भन्सार एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
उनका अनुसार 'धनुषाको जटही भन्सार नाकाबाट विरगंजका रजनिश, रौतहटका शम्भु साह, सर्लाहीका अन्तोश दास र धनुषाका जयकुमार यादव, सुरेश साह, दामोदर खड्का, सोहन, गफार मियाँ, महेन्द्र पूर्वे, रहमान, बरतुला लगायतका व्यापारीहरुबाट मोटो रकम लिई लाईन दिएर राती राति तस्करी गराउँदै आएको उक्त कर्मचारीले बताए । कर्मचारीका अनुसार 'लाईनकै कारण जटही भन्सारमा प्रायः साँझ तिर मात्र भन्सार प्रज्ञापन काट्ने गरेको छ ।'
६ चक्के ट्रकमा लताकपडाको भन्सार दुई देखि तीन लाख हुन्छ । तर कर्मचारीको मिलोमतोमा उक्त गाडिको मालसामन चेकजाँच नै नगरी ४० देखि ५० हजार मात्र भन्सार राजश्व काट्ने गरेको छ । एक गाडिमा लाईन बापत भन्सार कर्मचारीले ५० हजार अतिरिक्त रकम दिदैं आएको छ । जसको कारण दैनिक पाँच लाख भन्दा बढि भन्सार राजश्व चुहावट हुनेगरेको छ।'
भन्सार राजश्व छलि सम्बन्धमा जटही भन्सार कार्यालय पुग्दा त्यहाँ कार्यरत भन्सार अधिकृत जगदिस दास पनि धनुषा तस्करको अड्डा नै रहेको प्रतिक्रिया दिका थिए ।
तस्करहरुले यी नाकाबाट भित्रियाएका मालसमान काठमाण्डौं, बर्दिबास, सिरहा, सिन्धुली, जनकपुर, ढल्केवर, महेन्द्रनगर लगायतका स्थानमा पुर्याउने गरेको एक व्यापारीले बताए ।
यता प्रमुख शर्माले कर्मचारी तथा तस्करहरु आफुलाई बदनाम गर्न यस्तो आरोप लगाएको जिकिर गरे । यद्यपी, पूर्वी धनुषाको पूर्वी नाकाबाट तस्करी बढेको निरहिता प्रकट गरे ।
श्रोतका अनुसार शर्मालाई कमाएर दिने बिश्वास पात्र जगदीश दास र प्रकाश यादव रहेका छन् । यादव करारमा कार्यरत छन् ।
भारतबाट आयात हुने कपडा, तेल, गुटखा, हाडवेयर, श्रंगार लगायतका कतिपय घरायसी सरसमान प्रतिबन्ध भएपनि हाल यिनै सरसमान बढि तस्करी हुने गरेको छ ।


--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 2/01/2018 07:14:00 AM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment