ग्राहकको सुविधालाई ध्यान दिँदै अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा सुरु गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिए ।
वितरण केन्द्रमै आएर महशुल बुझाउँदै आएका ग्राहकले अनलाइन प्रविधिमार्फत अब ई(सेवा, महालक्ष्मी विकास बैंक लिमिटेड, प्रभु बैंक, हिमालयन बैंक, पेय प्वाइन्ट, सिटी एक्सप्रेस, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत बैंक तथा वित्तीय संस्थाबाट विद्युत् महशुल बुझाउन सकिने यादवले बताए।
वितरण केन्द्र पुगेर महशुल बुझाउन आउँदा दैनिकजसो ग्राहकको भीड लाग्दै आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानअन्तर्गत ४५ हजार ग्राहक छन् । यसैबीच, विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने १ सय ४० जना सेवाग्राहीको विद्युत् लाइन काटेको छ ।
बक्यौता विद्युत् महशुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्ने अभियान सुरु गरिएको कार्यालयले जनाएको छ । ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका २ सय २० ग्राहकको विद्युत् लाइन काट्न सुरु गरिएको छ।
--
Posted By Naresh-Onlinesiraha to Onlinesiraha.com at 2/01/2018 07:03:00 AM
No comments:
Post a Comment