/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


यदुकूहाका आयुर्वेद औषधालय प्रमुख यादव लगायत तिन पुरस्कृत

Posted: 27 Feb 2018 09:01 AM PST

नरेशचन्द्र बरबरिया धनुषा छैठौ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरको ४ जना स्वास्थ्यकर्मीले 'स्वास्थ्य सेवा पुरस्कार' प्राप्त गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा आज बिहान आयोजित विशेष समारोहमा सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले उनीहरुलाई पुरस्कृत गरे।
पुरस्कार पाउनेहरुमा झापा शान्तिनगरका सिनियर अहेब दीपक सापकोटा, यदुकुदा आयुर्वेद औषधालय धनुषाका कविराज अधिकृत राम छविला यादव, वीर अस्पतालकी स्टाफ नर्स उजेली पछाई र सिन्धुली अस्पतालकी गाइनोकोलोजिस्ट डा सुमित्रा गौतम रहेकी छन्।
आर्थिक वर्ष २०७३/०७४ मा गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले उनीहरुलाई पुरस्कृत गरेको हो।

'राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार, गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवं दिगो विकासको आधार' भन्ने नाराका साथ आज स्वास्थ्य मन्त्रालयले देशभर स्वास्थ्य सेवा दिवस मनाइरहेको छ।

रौतहटका युवाले गरे सिरिया आक्रमणको बिरोध मर्नेहरु प्रती श्रद्धाञ्जली।

Posted: 27 Feb 2018 07:43 AM PST

अमित ठाकुर।रौतहट।फागुन १५। सिरियामा भएको बीभत्स हत्या बारे रौतहट गौरका युवाहरुले कडारुपमा एकजुट भई बिरोधका साथ साथै मैनबत्ती प्रज्वलन गरी  श्रद्धाञ्जली अर्पण गरेका छन । सिरियामा मानवअधिकार विरुद्ध भएको आक्रमणको विरोधमा गौरका यूवाहरुले संयूक्तरुपमा नेपाल लज नजिक मैनबत्ती बाली श्रद्धाञ्जली एवं शोक सभा गरेका छन् ।
मंगलबार लज नजिक बाटोमा मैनबत्ती प्रज्वलन गरि रबि कुमार गुप्ताको अगुवाइमा हार्दिक श्रद्धाञ्जली एवम् शोक सभामा परिवर्तनका गरि भने व्यापारी र युद्ध उन्माद्कहरुको आतंककारी गतिविधिले निर्दोश बालबालिका तथा सर्वसाधारणलाई आतंकित पार्दै सिरियामा गरेको बर्बर नरसंहार हमलाको छानबिन गर्न र यस्तो हमला प्रती गौरका हामी युवाहरु घोर भत्र्सना गर्दै छौ ।
त्यस्तै गौरबासीले बर्बर नरसंहारको कडारुपमा आलोचना गर्दै निन्दनिय कार्य तत्काल बन्द गरि साम्राज्यवादी सोच त्यागी शान्तिपुर्णरुपमा सर्वसाधारणलाई बाच्न दिन  बिन्ती समेत गरेका छन् ।

सहिदनगर नगरपालिकाका आयुर्वेद प्रमुख यादव पुरस्कृत

Posted: 27 Feb 2018 05:29 AM PST

नरेशचन्द्र बरबरिया धनुषा फाल्गुन १५ गते ।
सहिदनगर नगरपालिकाका आयुर्वेद प्रमुख पुरस्कृत भएका छन ।नेपाल सरकार स्वास्थ सेबाको अबसरमा पुरुस्कार २०७४बाट नेपाल सरकारका मुख्य सचिव लोक दर्शन रेग्मी द्वारा सम्मानित भएका छन। मन्त्रालयमा पुरस्कृत क्षेत्रका चिकित्सक पेशामा
 अगामी दिनमा म अफ्नो कमि कमजोरीलाई सुधार गर्दै आयुर्वेद सेवा अझ राम्ररी दिन ततपर रहने यादव बताउनु भएको छ ।शहिदनगर नगरपालिका आयुर्वेद प्रमुखलाई रु.५०,००० हजार सहिद प्रमाण पत्र प्रदान गरी पुरस्कृत गरेका छन।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment