भरत जर्घामगर
सिरहा, १५ फागुन । पतिको हत्यापछि ९ महिनाकी गर्भवती लिखनी सदाय विचल्लीमा परेकी छन । सदायलाई पतिको शोकसँगै नाबालक चार सन्तानको लालनपालनमा थप समस्या परेको हो ।
लहान–२४ डाँडाटोलका सदाय दम्पतीले खुट्टी खोलामा बालुवा–गिट्टी चालेर चार सन्तानको लालनपालन गरिरहेका थिए । तर उनका पति ३५ वर्षीय जोगी सदायको गते फागुन ६ गते धनगढीमाई–१० स्थित बगैंचामा मृत शरीर फेला परेको थियो । किरिया गर्न खर्च समेत नभएको उनले सुनाइन । लिखनीका तीन छोरी ९ वर्षीया छोरी सुरेखा, ६ वर्षकी रेखा, २ वर्षकी राधिका र एउटा छोरा ४ वर्षीय किशन छन । छिमेकीले ल्याइदिएको खानेकुरा ले जसोतसो गुजारा चल्दैछ । ऐलानी जग्गामा १० घर दलित मुसहर परिवारको बसोबास छ । बस्तीका अधिकांशले बनिबुतो र गिट्टी–बालुवा कुटेर गुजारा चलाउँछन ।
चार दिनदेखि घरबाट बेपत्ता भएका उनका पति जोगी धनगढीको आइतबारे हटियामा अचानक भेट भयो । 'यति दिन कहाँ हराएको सोध्दा उनले दिदीको घरमा रहेको बताए, लिखनीले भनिन, 'सँगै घर जाउँभन्दा मानेनन, माछा किनेर ल्याउँछु, तिमी जाँदै गर भने । भोलिपल्ट बिहानै पतिलाई मारेर फ्यालिदिएको थाह पाउँदा होस नै उडयो । उनलाई घलेटोलकी रिता सदायले पतिको मृत्युको खबर सुनाइन ।
पति हुँदा जसोतसो गुजारा चलेको थियो । दुई वर्षअघि सासू बेचनी र ससुरा चौधरी सदाय पनि बितेरु। 'माइती जाउँ भने बुबा छैन , उनले दुस्खेसो पोखिन, 'जीवनको एक्लो सहारा पतिलाई पनि मारिदियो, अब कसरी बाँच्नु, लालाबाला कसरी हुर्काउनु ।
के गर्थे जोगी एक्लो मजदुरी गरी परिवारलाई लालनपालन गर्थे लहान नगरपालिका–२४ डाँडा टोल मुसहरीका ३५ वर्षीय जोगी सदाय । जोगीको आफ्नो कमाइले परिवार चलाउन समस्या थियो । घरमा ९ महिनाकी सुत्केरी पत्नी लिखनी र चार बच्चा । आफूले काम गर्दै आएका लहान–१८ का ठेकेदार मोहम्मद कमरूद्दिनसँग काम गरेर रकम तिर्ने सर्तमा गर्भवती पत्नी लिखनीलाई पोसिलो खानेकुरा जोहो गर्नका लागि डेढ महिनाअघि १२ हजार रुपैयाँ ऋण जोगीले लिए ।
उनी ठेकेदार कमरूद्दिनकै लागि खुट्टिखोलामा गिट्टी–बालुवा चाल्थे । ऋणमध्ये गिट्टी चालेर ठेकेदारको ३ हजार रुपैयाँ तिरिसकेका थिए । लिखनीका अनुसार माघे संक्रान्तिको बेला तीन–चार दिन काम गर्न गएनन । जोगी घरै बसेरु। काम गर्न नआएको भन्दै ठेकेदार कमरूद्दिन ले घरमै आएर जोगीलाई धम्क्याए । त्यसपछि जोगिसहित उनका साथी शिवकुमारले अर्कै ठाउँमा काम गरेर ठेकेदारको ऋण तीर्ने सोच बनाए । 'मेरो ३ हजार तिर्न बाँकी थियो, जोगीको ९ हजार शिवकुमारले भने, 'चाडपर्व आयो काम गर्न ३र४ दिन जान नपाउँदा हामीमाथि ठेकेदारले धम्क्याउन र कुटपिट गर्न थाले । ठेकेदारको कुटपिट र गालीबेइज्जतीबाट आजित भएर आफूहरू घर छाडेर जोगीको दिदी घर बर्छबामा केही दिन लुकेको शिवकुमारले बताएरु। 'घर फर्किने बेलामा दिदीले एक हजार रुपैयाँ दियो, उनले भने, 'त्यही पैसाले हामी दुबै जना धनगढी बजारमा खाजा खायौ । 'जोगीलाई बजारमै छोडेर म घरतिर लागें, शिवकुमार ले भने, 'भोलिपल्ट आफूले जोगी मरेको कुरा थाहा पाएँ ।
किटानी जाहेरी दर्ता पीडित लिखनीको किटानी जाहेरी दर्ताका आधारमा इलाका प्रहरी कार्यालय लहानले मोहम्मद कमरूद्दिन मियाँलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । प्रहरी मियाँविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार जोगीको शव धनगढीमाई नगरपालिका–१० स्थित फूलबारीमा फागुन ६ गते फेला परेको थियो । 'घाँटीमा डोरीले बाँधेको डाम, नाक र कानबाट रगत निस्केको अवस्थामा शव फेला परेको थियो, लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्दले भने, 'घाँटीमा डोरीको डाम देखिनु तर डोरी नभेटिनुले हत्या हो भन्ने ठम्याउन सकिन्छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 2/27/2018 07:32:00 PM
No comments:
Post a Comment