/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


सरोकारवालाको लापरवाहीले गर्दा ज्यालादारी कर्मचारीहरु द्वारा आम्रन अनशन शुरु

Posted: 22 Feb 2018 08:00 AM PST


अमित ठाकुर।रौतहट।फागुन १०। रौतहट जिल्लाको गौरमा रहेको नेपाल बिधुत प्राधिकरण बितरण केन्द्रमा सो कार्यालयको १९ जना ज्यालादारी कर्मचारीहरुले अाज देखि आम्रन अनशनमा बसेका छन। २०७२ साल अन्तिम महिना देखी ज्यालादारी कर्मचारीहरु खट्दै अाएको र अहिले अाई सरोकारवालाले सो कर्मचारीहरु हटाउनको सुचना भनेपछी सो कर्मचारीहरुले आम्रन अनशनमा बसेका छन। सो कर्मचारीहरुले अहिले सम्म ३ महिनाको तलव मात्र दिएको पिडित ज्यालादारी कर्मचारीहरुले जनाएको छ।सरोकारवालाले यो नियम मात्र रौतहट जिल्लामा मात्र लगाएको पिडित कर्मचारीले बताएका छन। सरोकारवालाले यस्तो सुचना निकाले पछि ती ज्यालादारी कर्मचारीहरुले सम्बन्धित निकायको माध्यमबाट सरोकारवाला पत्र पढाएता पनि अहिले सम्म कुनै पहल हुन सकेनन। कुनै पहल न भएको कारणले नै ज्यालादारी कर्मचारीहरुले आम्रन अनशनमा बसेका छन। उनिहरुले भने हाम्रो माग जहिले सम्म पूरा हुदै तब सम्म हामीहरु आम्रन अनशनमा बस्ने छौ।

भुमिगत द्वारा रौतहटका तीन पत्रकारलाई ज्यान मार्ने धम्की

Posted: 22 Feb 2018 07:02 AM PST

अमित ठाकुर।रौतहट।फागुन १०। नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र साह, सचिव राजेन्द्रकुमार क्षेत्री र पत्रकार सञ्जय सहनीलाई भौतिक कारवाहीको धम्की दिने समूहको पहिचान गरी कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ । महासचिव रमेश विष्टले आज जारी गरेको विज्ञप्तिमा भूमिगत समूहको नामबाट तीन दिनभित्र भौतिक कारबाही गर्ने धम्कीसहितको पत्र महासंघ रौतहट शाखा कार्यालयमा फालेर गएको घटनाप्रति नेपाल पत्रकार महासंघको रौतहटको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ रौतहट शाखाका अनुसार सांसद अनिल झाको समाचार लेखेको भन्दै पत्रकार सञ्जय सहनीलाई भौतिक कारबाहीको धम्कीे आएपछि सोको विरोधमा रौतहट शाखाले विज्ञप्ति जारी गरेपछि सोही विषयलाई लिएर भूमिगत समूह "सन्तोष मिश्रा बारुद" को नामबाट आज पत्रकारत्रय साह, क्षेत्री र सहनीलाई तीन दिनभित्र हत्या गरिदिने भनी धम्कीसहितको पत्र रौतहट शाखा कार्यालयमा फालिएको अवस्थामा भेटिएको थियो ।" समाचार प्रकाशित गरेको वा विज्ञप्ति निकालेको विषयमा पत्रमार्फत पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको विज्ञप्तिमा जनाइएको छ ।
 यस्ता घटनाले पत्रकारलाई आफ्नो पेशामा हतोत्साहित र कमजोर बनाउने महासंघको ठहर छ भन्दै विज्ञप्तिमा पत्रकारलाई दिइएको यो धम्कीप्रति महासंघले कडा शव्दमा भत्र्सना गरेको छ । विज्ञप्तिमा धम्की दिने समूहको तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्भिक र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरिएको छ ।

लहानमा प्रेसर कुकर बम विष्फोट , एक जना घाइते

Posted: 22 Feb 2018 05:25 AM PST


गणेश कुमार ठाकुर (शर्मा)
 सिरहा, १० फाल्गुन । सिरहाको लहानमा बम विस्फोट भएको छ ।सिराहको लहान नगरपालिका १ मुख्य चोकमा रहेको शुभ लाभ किराना स्टोरको अगाडि कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट स्टोरका संचालक अनिल अग्रवाल घाइते भएका छन् ।विस्फोटबाट किराना पसलको काउण्टरमा सामान्य क्षति पुगेको छ । विस्फोटमा घाइते भएका अग्रवाललाई लहानस्थित जय मातादी पोलिक्लिनिकमा उपचार भइरहेको छ ।विस्फोट स्थलमा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी गोइत समूहको हस्ताक्षर गरिएको पर्चा भेटिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले बताए ।
बम बिस्फोट भएपछि लहानका व्यापारीहरू त्रसित बनेका छन् । यता प्रहरीले विस्फोट गराउने समूहको खोजी गर्नका लागि लहानमा व्यापक प्रहरी परिचालन गरेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment