/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


रौतहटमा बज्जिका भाषा बिकास समारोह भव्यताका साथ सम्पन्न

Posted: 21 Feb 2018 09:58 AM PST



अमित ठाकुर।रौतहट। फागुन ०९।विश्व मातृ भाषा दिवसको अवसर पारेर रौतहटमा बज्जिका भाषा विकास समारोह २०७४ भव्यताका साथ सम्पन्न भएको छ । उक्त समारोहमा बज्जिका समाजवाट लोप हुदै गएको संस्कृतिको प्रस्तुती संगै समाग्रीको प्रदर्शन पनि गरिएको थियो ।हरेक वर्ष झै यस वर्ष पनि ग्रामिण शिक्षा विकास नेपालको आयोजनामा आज वुधवार रौतहटको गौरमा विभीन्न कार्यक्रमहरु गरि बज्जिका भाषा विकास समारोह २०७४ भव्यताका साथ मनाइएको छ । उक्त समारोहमा समाचकेवा,झिझियाँ,जटजटिन,नेटुवा,पारम्परिक विवाह गितका साथै खुर्दक,सिंग्हा,डम्फ, तासा लगायतका लोकवाजा, झाकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । साथै बज्विका समाजवाट लोप हुदै गएको पाल्की,हलो,जुवा,लौरो,हुका,जाँतो,लगायतका समाग्रीहरुको प्रदर्शनी गरिएको थियो । समारोहका संयोजक योगेन्द्र प्रसाद यादबको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनले सम्बोधन गर्दै पुर्व मन्त्री तथा रौतहट निर्वाचन क्षेत्र नम्बर एकका सांसद अनिल कुमार झाले बज्जिका भाषा विकासलागि पहल गर्ने बताउनु भएका थिए । विभिन्न दातृ निकायको सहयोगमा भएको समारोहमा बज्जिका भाषाको संरक्षण तथा संवर्धनमा सहयोग पुर्यायो भन्दै बज्जिकावाणीको संपादक दिनेश संगम,राजदेवी एफ एफका रोकेश यादब, बज्जिका पत्रकार संघ नेपालका केन्द्रिय सचिब पत्रकार चंचल कुमार झालाई सम्मानित गरिएको छ । कार्यक्रममा लोप हुंदै गईरहेको लोक संस्कृतीको बारेमा नया पुस्तामा जानकारी तथा परापुर्व कालदेखी चल्दै आएको धार्मिक र सांस्कृतीक परम्परा झल्किने कार्यक्रमहरु प्रस्तुत गरिएको संस्थाको सल्लाहकार जयप्रकाश यादबले बताउनु भयो । आज विहानै विभिन्न नाराका साथ प्रभात फेरी निकालिएको थियो ।

मधेशको मुद्दा छाडेर कुनै प्रकारको सम्झौता नर्गने : अध्यक्ष यादव

Posted: 21 Feb 2018 09:39 AM PST

विष्णुपुर,फाल्गुन ९ गते ।  – राष्ट्रिय जनता पार्टिको अध्यक्ष मण्डल राजकिशोर यादवले मधेशको मुद्दा छोडेर कुनै प्रकारको सम्झौता नगर्ने बताएका छन ।
सिरहाको विष्णुपुरबाट प्रकाशित मिथिला रत्न साप्ताहिक पत्रिकाको विमोचन गर्दै अध्यक्ष यादवले पत्रिकाको शुभकामना दिदै भने संघिय समाजवादी फोरम नेपाल र राजपा नेपालले ग्रीन सिग्नल दियो भने कुरा निराधार रहेको वताए । आफु मधेशको हकहितको विपरित कुनै किसिमको गलत सम्झौता नगर्ने वताए ।
उहाँले एक अर्काे प्रशङ्ग भने २ नम्वर प्रदेशमा भएको मधेश सरकारले राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरुको लागी टाउको दुखाईको विषय वनेको वताए । आज पूरै संघियताको सफलता र असफलता र संघिय रहने हो कि होईन भने जिम्मेवारी २ नम्वर प्रदेशमाथि रहेको वताए । वाँकी रहेको ६ वटै प्रदेशले नियालीरहेका छन् की २ नम्वर प्रदेश के भईरहेको छ ।  मधेश सरकारको प्रभावका कारण आज एक अर्काको दुश्मन बुझने दूई मधेशवादी शक्ति एक भएका हौ ।
]
अध्यक्ष यादवले आफुलाई संघियताको पक्षधर भने जनयुद्धस्तर वाट परिवर्तनकारी शक्ति भनीने माओवादी आज आफनो असली हर्कत प्रस्तुत गरेको भनी आरोप लगाए । अव मधेशलाई पनि त्यस्तो शक्ति चाहिएको जो वैचारिक रुपमा,साँगठनिक रुपमा चूस्त दूरुस्त रुपमा संघिय समाजवादी फोरम नेपाल र राजपा नेपाल एउटा पार्टि वनोस भन्ने मधेशी जनताको ध्येय अनुसार  विरोधी शक्तिलाई परास्त गर्ने वताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै विष्णुपुर गाँउपालिकाका अध्यक्ष जोगेश्वर यादवले मिथिला रत्न साप्ताहिक परिवारलाई धन्यवाद दिदै आजको युगमा सञ्चारको अति नै आवश्यकता भएकोले विष्णुपुवाट पत्रिका प्रकाशित हुने भएकोले अव समाजमा रहेको विकृती,विसंगती,भ्रष्टाचार मुक्त समाजको निर्माणमा वाहकको रुपमा सहयोग गर्ने भएकोले आफु जतिवेला सहयोग गर्ने वताए ।

त्यस्तै,पूर्व प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामतिले भने पत्रकारिता नै यस्तो पेशा हो जो गैरनाफामूलक हो । त्यसैले अहिले देश संघियतामा रहेको वेला गाँउपालिका नगरपालिका भित्र रहेका शिक्षा,स्वास्थ्य र कृषि पशाको सामाचारलाई प्राथमिकता दिई अगाडि वढायो भने साचिनै मिथिला रत्न पत्रिका मिथिलाको रत्नको रुपमा रहने वताए ।
उक्त पत्रिकाको पकाशक शिव दयाल यादव रहेको छ भन्ने सम्पादकमा वैधनाथ कुमार यादव,व्यवस्थापकमा राकेश कुमार मिश्रा,सल्लाहकारमा दीप कुमार यादव र संवाददताहरुमा महेश सिंह,राम एकवाल राम,नरेश चन्द्र वरवरिया रहेका छन् ।

सहिदहरुको सम्झनामा सहिद दिवस मनाईयो

Posted: 21 Feb 2018 06:02 AM PST

जनकपुरधाम, ९ फाल्गुन ।
धनुषाको शहीदनगर नगरपालिकामा बुधबार स्थानीय शहीद दिवस मनाएर शहीदहरुलाई स्मरण गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि आन्दोलन भईरहँदा २८ वर्ष अगाडि २०४६ साल फाल्गुन ९ गते राज्य पक्षबाट मारिएका तीन जना महिला सहित पाँच जना शहीदको स्मरणमा बुधबार शहीद स्मृति पार्कमा शहीदहरुको सालिकमा माल्यार्पण गरिएको छ ।
शहिदनगर नगरपालिका वडा नं. ३ यदुकुहामा महिला शहीद स्मृति पार्कमा शहीदहरुको शालिकमा फुलमाला, अविर लगाई स्थानीय सहिद दिवस मनाइएको हो । संघीय समाजवादी फोरम नेपालका युवा नेता एवं धनुषा निर्वाचन क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया, पुर्वसांसद् शिवधारी यादव लगायतले शहीदहरुको प्रतिमा माल्यार्पण गरे । शहीदनगर नगरपालिका वडा नं। ३ का वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डल को अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य अरगरीयाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्बसांसद शिबधारी यादव, सुशील साह, राजेश यादव, भोलानाथ यादव, श्रीनारायण यादव, देवेन्द्र गोइत, बिष्णुदेव यादव, मनोज कुमार दास, उपेन्द्र ठाकुर लगायतले आ–आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रममा शहीद परिवारहरुलाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
२०४६ साल फाल्गुन ९ गतेको जनआन्दोलनमा प्रजातन्त्र प्राप्तिको लागि भएको आन्दोलनमा प्रहरीको गोली लागि मुनेश्वरी देबी यादव, जानकी देबी यादव, सोनाबती देबी यादव र उदय शंकर मण्डलले सहादत प्राप्त गरेका थिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment