रामबाबु यादब
सिरहा, ९ फागुन । सिरहाको उत्तरवर्ती क्षेत्र धनगढीमाई–१२ स्थित बगरटोल क्षेत्रका भैसीपालक किसानलाई लक्षित गरी खोलिएको दुध चिस्यान केन्द्र आठ वर्षदेखि बन्द हुूदा किसान मारमा परेका छन् ।
गरिबी निवारण कोषको १८ लाख रुपियाँ आर्थिक सहयोगमा २०६५ मङ्सिरमा कृषि तथा वन प्रविधि केन्द्र (काफ्ट) नेपालले कृषकहरुलाई समुहमा आवद्ध गरी सञ्चालनमा ल्याएको थियो । सगरमाथा दुध चिस्यान केन्द्रको नामले स्थापना भएको उक्त चिस्यान केन्द्र लामो समयदेखि बन्द हुूदा चिस्यान मेशिनमा खिया समेत लाग्न थालेको छ ।
एक हजार लिटर क्षमताको चिस्यान केन्द्रमा त्यस वरपरका ११० भैसीपालक कृषकले दुध संकलन गर्दै आएका थिए । केन्द्रका अध्यक्ष झोकिलाल शास्त्रीका अनुसार, चिस्यान केन्द्रकै कारण व्यावसायिक भैसीपालनमा हौसिएका विष्णुपुर कट्टी र बगरटोल वरपरका कृषकहरुले दैनिक पाँच सय लिटर दुध केन्द्रमा संकलन गर्दै आएका थिए । जसबाट उत्तरी भेगका कृषकले राम्रो आम्दानी आर्जन गर्न सफल भएका थिए ।
केन्द्र सञ्चालनका लागि कोषले क्राफ्ट नेपालको परिचालनमा लालीगुराूस, सुर्योदय, हिमालय, जनजागृति कृषक समुह बनाई व्यावसायिक भैसीपालनका लागि ऋण समेत प्रवाह गरेको थियो । शास्त्रीका अनुसार ती समुहमा आवद्ध ९९ कृषक व्यावसायिक भैसीपालन मा लागेका थिए ।
त्यतिखेर कृषकबाट प्रति लिटर ३२ रुपियाँमा दुध खरिद गरी केन्द्रले सिरहाका धनगढी, जिरोमाइल लगायत विभिन्न बजारमा ३६ रुपियाँ प्रति लिटरमा बिक्री गथ्र्यौ, शास्त्रीले भने–कृषकहरुको आम्दानीमा बढोत्तरी हुनुको साथै केन्द्रलाई पनि राम्रो आम्दानी भइरहेको थियो भने डेरी उधोग आफै चिस्यान केन्द्रसम्म दुध लिन पुग्थ्यो ।
उनका अनुसार बिक्रीबाट आम्दानी बढेपछि क्राफ्ट नेपालले लेखापालसहित दुई कर्मचारी समेत तलबीमा राखेको थियो । तर क्राफ्ट नेपालले भर्ना गरेको लेखापालमार्फत चिस्यान केन्द्रको आम्दानीमा अनियमीतता हुन थालेपछि भने केन्द्रको अवस्था नाजुक बन्दै जान थाल्यो । 'प्राविधीक कर्मचारीको तलब समयमा लेखापालले भुक्तानी नदिंदा दुध बिग्रन थाल्यो शास्त्रीले भने–कर्मचारीकै लापरवाहीका कारण दुध बिग्रेपछि केन्द्रले थप ७० हजार रुपियाँ घाटा बेहोर्नुप¥यो, बिजुली बिल रकम समेत तिर्न नसकेपछि केन्द्र धराशायी भयो ।
सहयोगी सँस्था कृषि तथा वन प्रविधि केन्द्रले भर्ना गरेको कर्मचारीका कारण चिस्यान केन्द्र बन्द हुूदा डेढ सय भन्दा बढी कृषक मार खेप्न बाध्य छन् । चिस्यान केन्द्र बन्द भएकै कारण दैनिक आठ किलोमिटर पर जिरोमाइलमा रहेको भवानी र शिव डेरी उधोगमा दुध पु¥याउन वाध्य भएको कृषक श्याम शास्त्री बताउँछन् ।
दैनिक आठ किलोमिटर पर दुध लैजानु पर्दा बाटैमा बिग्रने समस्या झेल्नुपरेपछि धेरै कृषकले भैसी पालन व्यवसाय छाडिसकेका छन्, उनले भने, कृषकहरुले पटक पटक चिस्यान केन्द्र सञ्चालन गराउन सँस्थासूग माग गरे पनि केही सुनुवाई भएन ।
चिस्यान केन्द्र बन्द भएपछि गरिवी निवारण कोषबाट समुहमा लिएको ऋण समेत चुक्ता गर्न नसकेका समुहका कृषक भैसीपालन व्यावसाय छाडी अहिले कृषि पेशा अंकाल्न बाध्य भएका छन् । डेढ वर्ष सञ्चालनमा आएर बन्द भएपछि चिस्यान केन्द्र बेवारिसे हुँदा १८ लाखको मेसिनमा खिया लागेर कामै नलाग्ने भइसकेको शास्त्रीले बताए ।
सहयोगी सँस्थाको बेवास्ताका कारण गरिबीको कुचक्रबाट दिगो रुपमा माथि उठाउन सहयोग गर्ने लक्ष्य लिएर कोषले प्रवाह गरेको रकमले त्यस क्षेत्रका कृषकलाई झन ऋणी बनाएको दुखेसो बगरटोलका कृषकहरुको छ । कृषि तथा वन प्रविधि केन्द्रले समुदायलाई चिस्यान केन्द्र हस्तान्तरण गरिसकेपछि उनीहरुले नै सञ्चालन गर्नुपर्ने भएकाले यसबारे केही गर्न नसक्ने बताउँदै आएको छ ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 2/21/2018 08:32:00 PM
No comments:
Post a Comment