/ Undifined / [Marganugami Daily] १४ औ स्मृति दिवसको अवसरमा निर्भिक जननेता हेम नारायण यादवप्रति श्रद्धाञ्जली

[Marganugami Daily] १४ औ स्मृति दिवसको अवसरमा निर्भिक जननेता हेम नारायण यादवप्रति श्रद्धाञ्जली

जिवछ उदासी
लहान,२० माघ । जनताका अवाज निर्भिक जननेता हेम नारायण यादवको शालिकलाई शलाम । उनको योगदान र बलिदानलाई जति बर्णन गरेपनि थोरै हुने सम्झना हुदैछ सिरहाको हरेक टोला हरेक गाम । हेम नारायण नेता मात्रै होईन गरीव शोषित पिडितका आवाज थियो । जनताको पक्षमा सधै खरो उत्रिने निर्भिक चरित्र । सिरहा सदरमुकाममा प्रशासन प्रहरीसंग समेत नडराई के दिन के रात २४ घण्टा सेवामा समर्पित रहनु हुने नेता जनताको प्यारो नेता हेम नारायण यादव कहिले पनि डगमगाएन पञ्चायत कालमा लरबराएन । लोकतन्त्र र गणतन्त्रको पक्षमा सदा बाघ जस्तै गर्जिने चरित्र र स्वभावका नेता हेम नारायण यादव सुरुमा सदभावना पार्टीका जिल्ला अध्यक्ष समेत भई क्रान्तिकारी छवि बनाउनस भएको यादव २०५१ सालमा मनमोहन अधिकारीको सरकारले देशमा जनपक्षिय काम गरेको देखेर गरीव शोषित पिडित जनाताको पार्टी नेकपा एमाले हो भनेर स्पष्ट भएपछि जोडियो बाम आन्दोलनमा । २०५६ सादको संसदीय निर्वाचनमा सिरहा ४ बाट सांसद पनि चुनियो । २०५४ सालको निर्वाचनमा सिरहा नगरपालिकाको मेयरमा थोरै मतले पराजित भएको यादव पञ्चायतकालमा सिरहा गाउपञ्चायतका प्रधानपञ्च हुँदा पनि प्रजातन्त्रको विगुल फुक्ने एक योद्धा थियो कमरेड हेम नारायण यादव । सदभधावनावाट एमाले भएको यादव सधै थियो न्याय समानता र जन समृद्धि नै लोकतन्त्रको आधार हो । जनतासंग नजोडिएको नेता भन्न रुचाउनु हुने हेम नारायण यादवको नाम सुनेर हेम नारायण यादवको गर्जन सुनेर सिरहामा दमनको डण्डा बर्साउन आउने प्रशासनहरुलाई पनि कुनै वाँकी नराख्ने नेता यादवलाई गरीव शोषित र न्यायका लागि सदरमुकाम धाउने जनताहरुले जनताको वकिलको रुपमा चिन्थे उनलाई ।
१४ वर्ष अगाडि माघ १९ गतेको दिन मुलुकमा माओवादीलाई तह लगाउन संकटकाल लगाएको थियो । त्यस संकटकालमा उनी नेकपा एमालेको एक सहास िनेता भएर सैनिक शासनमा पनि जन अधिकारको रक्षा गर्न पार्टीको वैठकको लागि तत्कालिन पार्टी सिरहा जिल्ला सचिव हिरा वाहादुर सुनुवारको गााउ नैनपुर आउने क्रममा उनी विहानै ९ वजेतिर बाटोवाटै अपहरणमा परयो । निकै खोजतलासको क्रममा उनीको लास भेटेपछि हत्या सेनाले गरेको हल्ला जिल्लाभरि नै व्यापक रुपमा उठयो । उनको श्रद्धाञ्जल िसभामा जन सागर नै उर्लियो त्यस दिन सिरहाका हरेक राजनीति दल लगायत सवैले ठहर गरे हेम नारायण यादव जनताको प्यारो लोकप््िरय नेता थियो । सिरहा संकटकालको वेला बाबु कृष्ण कार्की जो सेनाका प्रमुख थियो । प्रमुख कार्कीसंग नेता यादवको निकै चर्काचर्की घम्साघम्सी परेको थियो । माओवादीको आरोपमा केहि कार्यकर्ताहरुलाई समातेपछि नेता यादवले कार्कीलाई भएको थियो । तपाई सेनाको कमाण्डर म जनाताको कमाण्डर हुा । म नयायको लागि नडराउने नेता । यसलाई सेनाका मेजर कार्कीले ईखको रुपमा लिएर हत्या गरेको जनअवाज अहिले पनि सिरहामा व्यापक रहेको छ । नेकपा एमालेले प्रतिवेदन सार्वजानिक गर्दा पनि कार्कीको ईसारामा सेनाले नै हत्या गरेको प्रतिवेदन सार्वजानिक गरेपनि कार्की कार्बाहीको भागीदार भएन । यसप्रति सिरहाली जनतामा अझै पनि आक्रोस र पिडा रहदै आएको छ ।
माओवादी नेता मातृका यादवसंग विधार्थीकाल देखि नै राम्रो र घनिष्ट सम्वन्ध रहेको थियो । तर उनी एमालेको एक बफादार नेता भएकै कारणले सांसदसम्म चुनिएको थियो । देशमा राजा ज्ञानेनद्रको शासनको पतनसंगै सैनिक शासनको अन्तय मात्रै भएन शाही सेना नेपाली सेनामा रुपान्तरण भयो । राजतन्त्रको ठाँउमा गणतन्त्र आयो तर जनताका प्यारा नेता हेम नारायण यादवका हत्यारालाई कार्वाही भएन यो प्रश्न एक पटक सनसनी रुपमा उठने गर्छ माघ १९ गते हेम नारायण स्मृति दिवसको अवसरमा । १४ औ स्मृति दिवस मनाई रहँदा मुलुकमा तिन तहको चुनाव सम्पन्न भएको छ । सिरहामा उहा"को जेठो सपुत्र डाक्टर नविन यादव सिरहा नगरपालिकाको मेयरमा २०० भन्दा कमै मतले पराजित भएपनि हेम नारायण यादवको विरासत सम्हालेको उनको भतिजा प्रमोद यादव सिरहा ४ ख वाट प्रदेश सभामा निर्वाचित भएको छ भन्ने सिरहा जिल्ला एमाले अध्यक्ष पनि हुन । राजनीतीमा सहकर्मी रहेएको सिरहानका चर्चित नेता लिलानाथ श्रेष्ठ यतिवेला त्यहि निर्वाचन क्षेत्रवाट प्रतिनिधि सभाको लागि सांसद चुनिएको छ । हेम नारायण यादवको पत्नी पारो देवी यादव पहिलो संविधान सभामा समानुपातिकवाट सभासद छासननु भएकी थिइन । हेम नारायण यादव हुँदा एकलै काफी हुन्थ्यो । उनको हत्यापछि उनकै सपना सकारको लागि निकै नेता उत्पादन भयो । देशमा कैयौ पटक एमालेको सरकार बन्यो तर हेम नारायण यादवको हत्यारालाई कानुनी कठघारामा किन ल्यउाउन सकेननर । यो प्रश्नले अहिले सम्म जवाफ खोजिरहेको छ । जबसम्म हत्यारालाई कार्वाही हुँदैन तबसम्म यो प्रश्न माघ १९ को दिन एक पटक टडकारो रुपमा उठिरहने छ । एमाले नेताहरुलाई झक्कझक्काई रहनेछ । हुनत एमालेका जननेता मदन भण्डारीको हत्याराले सजाय पाउन नसकेको ताजा प्रमाण हामीसंग छदैछ । बरु नेता भण्डारीका पत्नी विद्या देवी भण्डारी राष्ट्रपतिसम्म भयो , हुन तर मदन भण्डारीको हतयारा फलानो हो भनेर पहिचान भएन । त्यस्तो अवस्थामा हेम नारायण यादवको हत्यारा उम्किनु कुनै नौलो र आश्चर्यजनक विषय त भएन तर ईतिहासका यी अनुतरित प्रश्नहरुले एमाले नेताहरुलाई पटक पटक सोधिरहने छ ।
यतिवेला एमाले माओवादी गठवन्धनको सरकार र पार्टी एकताको विषयले महत्व पाएको छ । बाम एकता हुनु पनि पर्छ । सरकार बन्नु पनि पर्छ । कमरेड मदन भण्डारी र हेम नारायण जस्ता जन नेताहरुले देखेका समृद्धि र समामनताका सपना सकार गर्न सके उनीहरु प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । यसको लागि एमाले माओवादी एकता पछि बन्ने कम्युनिष्ट पार्टीले लोकततन्त्र गणतन्त्र समाजवाद र परिवर्तनको लागि माओवादी जनयसद्ध देखि लोकतान्त्रिक गणतन्त्रको लागि जयान उत्सर्ग गर्नु हुने हजारौ सहिदहरुको साmा सपना न्याय समानता , पहिचान एकता र विभेदरहित समाज निर्माण गरेर मुलुकको कायालपट गर्न प्रचण्ड ओली कमरेडले आएको गहन जिम्मेवारी वहन गर्नैपर्छ हेम नारायण यादवलाई श्रद्धाञ्ली अपर्ण गर्दै यो आग्रह गर्न सिरहाली जनताको तर्फवाट निवेदन टक्कराउन चाहन्छु ।
मैले यो शब्दहरु १४ औ स्मृति दिवसको दिन खर्चिरहँदा मैले व्यक्तिगत रुपमा सिरहाका कम्युनिष्ट आन्दोलनका नेताहरुसंग आग्रह गर्न चाहन्छु । अन्य दलहरुसंग पनि त्यहि निवेदन गर्छु । राजनीतिमा विचार फरक हुन्छ । फरक विचार नै लोकतन्त्रको शोभा हो । सिरहा जिल्लामा चर्चित जनुेवी अनुहार सिरहारको उदयमान नेताहरु तिन नारायण हेम नारायण , चन्द्र नारायण र देव नारायण यादवसंगै श्री कृष्ण चरण श्रेष्ठको हत्याले सिरहाल िजनताको आवाज हरायो । सिरहाको समृद्धिमा ह्रास देखियो । विगतका यी तिता अनुभव र विरक्तको ईतिहासवाट पाठ सिकेर विचार फरक हुँदैमा कुनै पनि नेताको हत्यासम्म उत्रिनु घृणित काम मात्रै होईन, समाज र जिल्लाको लागि ठूलो घटा हो यस्तो हर्कत कसैवाट नहोस । बाबु कृष्ण कार्की जस्ता सनकी सेनाका प्रमुखको हातमा अब सिरहा जिल्ला कहिले पनि नजाओस हेम नारायण जस्ता जननेता गुमाउन नपरोस यो पाठ सिक्नैपर्छ । आउने बाम सरकारले हेम नारायण यादवको हत्यामा संलग्न भएका सनकी सेनाका मेजरहरुले कार्बाही भोग्नैपर्छ सिरहाली जनताको चाहना पुरा होस यहि नै हेम नारायण यादवप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 2/03/2018 09:41:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment