/ Undifined / [Marganugami Daily] आलोपालो अध्यक्षता ः अध्यक्ष दाहाल

[Marganugami Daily] आलोपालो अध्यक्षता ः अध्यक्ष दाहाल

चितवन, ८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताएको छ । भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सैद्धान्तिक रूपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रूपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने उल्लेख गरे ।
"महाधिवेशन नभएसम्म दुवैैजना अध्यक्ष प्रणालीमा गएका छौँ, आजबाट केपी ओली र मलाई अध्यक्ष मान्दा भयो," उनले भने । व्यवहारिक र सैद्धान्तिक रूपमा ओली र आफू नयाँ पार्टीको अध्यक्ष भएको भन्दै दाहालले बैठकको अध्यक्षता समेत आलोपालो गर्ने गरी सहमति भएको जानकारी दिए । महाधिवेशनसम्म यसैगरी अघि बढ्ने उनको भनाइ थियो ।
अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको सहभागिता मा कार्यदल बनाएको र अर्काे कार्यदल अन्तरिम विधान र संगठनको सेटका लागि सुझाव दिन रामबहादुर थापा, प्रदीप ज्ञवाली लगायतको सहभागितामा दुईवटा कार्यदल बनाएको उनले बताए ।
हप्ता दिनभित्रमा कार्यदलको सुझावको आधारमा र त्यही विधानको आधारमा बैठक बसेर पुरानो समिति भंग गर्ने तथा नयाँ केन्द्रीय समिति बनाएर निर्वाचन आयोगमा दर्ता गर्ने अध्यक्ष दाहालले बताए  ।
दुई वर्षभित्रमा महाधिवेशन गर्ने र सो समयसम्म ओली नै प्रधानमन्त्री हुने दाहालको भनाइ थियो । "महाधिवेशनपछि त महाधिवेशनले के गर्छ भन्ने हो, तर अहिले पाँचै वर्षका लागि ओली नै प्रधानमन्त्री, अव महाविधेशनले यही गर्छ भनेर मैले अहिले नै भन्न सक्दिन नी," पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भने ।
उनले सरकारमा आजै मन्त्री सिफारिस गर्ने जानकारी दिए । "नेपाल राष्ट्रका निम्ति निकै दुरगामी परिणाम यो एकता हो," उनले भने । जनताको चाहना पूरा भएको भन्दै अध्यक्ष दाहालले खुशी व्यक्त गरे ।
विमानस्थलमै आइपुगेका काँग्रेस महामन्त्री शशांक कोइरा लाले कम्युनिष्ट एकतालाई सकारात्मक रूपमा लिएको भन्दै काँग्रेसलाई पनि बलियो बनाउन फाइदा पुगेको बताए । उनले प्रचण्ड सँग हात मिलाउँदै एकता को बधाईसमेत दिएको थियो ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 2/20/2018 07:14:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment