/ Undifined / [Samgrasandesh.com] सिरहामा कठाङ्ग्रिएर तीनको ज्यान गयो

[Samgrasandesh.com] सिरहामा कठाङ्ग्रिएर तीनको ज्यान गयो

राम नारायण पंडित, सिरहा, २३ पौष ।बढे्दै गएको जाडो र शितलहरले कठाङ्ग्रिएर सिरहामा तीन जनाको मृत्यु भएको छ । केहि दिनदेखि लगातार चलेको चिसो हावाको कारणले सुरु भएको शीतलहरका कारण सिरहामा एक बालक सहित तीन जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ७ का ५५ वर्षीय रामरतन महतो, गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साह र गोलबजार २ लालपुरका ७० वर्षीय रामप्रसाद महतो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 
निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रुघा खोकी, जरो, कोल्ड डायरियाका विरामीहरु बढेको जिल्ला अस्पताल सिरहाका प्रमुख डा. चुमनलाल दासले बताए । 

जाडोले जनजिवन प्रभावित
जाडोले सिरहा सहित तराईका जनजिवन प्रभावित भएको छ । सिरहा सहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एकाएक बढेको जाडोले जनजिवन कष्टकर बनेको छ । विहानै देखि वाक्लो हुस्सु संगै चिसो हावा चलेका कारणले जनजिबन थप प्रभाबित हुदैँ गएको छ । जाडो बढेकोले दैनिक दिनचर्या विताउन समेत समस्या भईरहेका छन् । जाडोको कारण सिरहा, सप्तरी, सुनसरी, मोरंग, झापा, धनुषा, महोतरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाहरुको जनजिबन अस्तब्यस्त बनेको छ । जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेको छ । चिसो बढेसंगै सर्बसाधारणहरु गरम कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । अत्यधिक जाडोका कारण बजारहरुमा न्यानो कपडाको बिक्री बढेको स्थानिय व्यावसायीहरुको भनाई छ । जाडोमा लगाईने ज्याकेट, सुइटर, टोपि, ट्राउजर, हाइनेक लगायतका बाक्लो कपडाहरुको बिक्रि बढेको छ । 
जाडो बढेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । अति आवश्यक काम बाहेक स्थानीय कोही बाहिर निस्कन सकिरहेका छैनन् । अस्पतालहरुमा चिसोका विरामीहरु बढेका छन् ।


--
Posted By Samagrasandesh to Samgrasandesh.com at 1/06/2018 11:26:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment