/ Undifined / [Marganugami Daily] सुखिपुर नगरपालिकाको बजेट ३८ करोड ,बृद्धाभत्ता घरघरमा पु¥याउने

[Marganugami Daily] सुखिपुर नगरपालिकाको बजेट ३८ करोड ,बृद्धाभत्ता घरघरमा पु¥याउने

कमलेश यादब 
सिरहा, २२ पुस । राम्रो नगर हाम्रो पहिचान सफा नगर सुखिपुरको अभियान मुल नाराका साथ सुखिपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७४।७५ का लागि करिब  ३८ करोड रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको  छ ।
पुस २१ गते सम्पन्न प्रथम नगरसभाबाट पारित निर्णयहरु आज सुखिपुर व्यपार संघमा  आयोजित पत्रकार भेटघाट मार्फत सार्वजनिक गर्दै नगरपालिकाले सैतिस करोड ९५ लाख ८५ हजार नौ सय एकासी रुपैयाँ पैसा एकान्नबेको बजेट तथा कार्यक्रम पारित गरिएको जानकारी दिइयो ।
विकास पूर्वाधारमा जोड नगर सभाले चालु आर्थिक वर्षका लागि पारित बजेट तथा कार्यक्रममा कृषि, शिक्षा र विकास पूर्वाधारलाई प्राथमिकता मा राखेको छ ।
सुखिपुर नगरपालिकाले पुंजिगत सुधार तथा सार्वजानिक निमार्णखर्च १७ करोड तैतिस लाँख आठ हजार ४ सय अठहत्तर रुपैया सत्तरी पैसा , वडा स्तरिय योजना तथा कार्यक्रमहरु ६ करोड तिस लाँख र समाजिक सुरक्षा तथा वाल पोषणको लागी ४ करोड तिरसठी लाँख तिस हजार लगायत विभिन्न शिर्षकमा सैतिस करोड पन्चान्वे लाँख ८५ हजार नौ सय एकासी रुपैया एकान्नवे पैसाविनियोजन गरेको पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका नगर प्रमुख राम अवतार यादबले सार्वजानिक गरेका छन् ।
नगरपालिकाले चालु आ.व.मा नगरपालिका क्षेत्र भित्रका मुख्य सडक खण्डमा सोलारवती तथा दबै तिर रुख र ढल निकास कार्य, सडक छेउमा रहेका घर टहरा, आदी हटाई सार्वजानिक जग्गा व्यवस्थापन गर्ने , बालबालिकालाई बिधालय नपठाउने अभिभावकलाई नगरपालिका बाट पाउने सुविधाबाट बञ्चित गर्ने तथा बृद्धाभत्ता प्रत्येक वडा माफर्त घरघरमा पुर्याउने नगरपालिकाका प्रमुख यादबलले जनाएको छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/06/2018 09:22:00 PM

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment