Onlinesiraha-Nepali |
सुधीर इन्टरप्राइजेज पसलमा आगलागी हुदा करोडौंको क्षति Posted: 30 Jan 2018 09:26 AM PST सिरहा माघ १६ । सिरहाको गोलबजार नगरपालिका-६ स्थित सुधीर इन्टरप्राइजेज पसलमा सोमबार मध्यरातमा भएको आगलागीबाट करोडौंको क्षति भएको छ । आगलागीबाट पसलभित्र रहेका दर्जनौं कम्प्यूटर, ल्याप्टप, सिसि क्यामेरा, राउटर, हार्डडिस्क, र्यामलगायतका समान जलेर खरानी बनेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिए । विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरी निरीक्षक सुवेदीले बताए । उनले पीडितले दिएको जानकारी अनुसार एक करोडभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार आगलागी मध्यरातमा सुरु भएको थियो । पसल रहेका घर धनी स्थानीय वीरेन्द्र खड्गा हुन् । आगलागी हुँदा पसलमा कोही थिएन् । आगलागी सुरु भएपछि स्थानीयले नै प्रहरी र पसलका प्रोपराइटर सुधीर साहलाई खबर गरेका थिए । घटना स्थलमा तत्कालै पुगेर प्रहरी र गोलबजारको दमकलले करिब २ घण्टापछि आगो नियन्णमा लिएको थियो । आगलागीबाट घरको भित्तो जलेर कालो हुनुका साथै कतिपय ठाउँमा दुलो परेको छ । पसलमा आगलागी भएर करोडौंको सम्पत्ति जलेका कारण प्रोपराइटर साह राति बेहोस भइ अस्पताल भर्ना भएका थिए । उनले भने, 'करिब एक करोड २५ लाख बराबरको समाज पसलभित्र थियो। जलेर खरानी बन्यो । एउटै समान काम लाग्ने अवस्थामा छैन् ।' करिब ३ लाख रुपैया नगद समेत जलेको साहले बताए । साभारः अन्नपुर्णपोष्ट |
मेयर बरबरिया भन्छ स्थानीय निजि र सरकारी विद्यालय बिच द्वन्द समाधान हुनुपर्छ Posted: 30 Jan 2018 08:34 AM PST सहिदनगर नगरपालिका मेयर उदय बरबरियाले नेपालको संविधान अनुसार शिक्षा क्षेत्रमा काम गर्न नसकिने बताएका छन् । सिरहाको मिर्चैयास्थित सगरमाथा माध्यमिक विद्यालयद्धारा आयोजित सहिद सप्ताह कार्यक्रममा उनले संविधान अनुसार आधारभुत तहसम्मको शिक्षा निःशूल्क गर्न नसकिने बताए । बरबरियाले नीजि क्षेत्रबाट सञ्चालित सो विद्यालयको कार्यक्रममा उनले संविधानको मर्म विपरित अभिव्यक्ति दिएका हुन् । 'निःशूल्क इन्टरनेट सेवा दिँदा प्रयोगकर्ता धेरै भएर इन्टरनेट स्लो भए जस्तै निःशूल्क शिक्षाको व्यवस्था गर्दा शिक्षा क्षेत्र अस्तव्यस्त हुन्छ । उनले भने,'शिक्षा क्षेत्र निःशूल्क गर्न सकिँदैन । तर, नीजि र सामुदायिक विद्यालयबीच एकरुपता गर्न सकिन्छ ।' बरबरियाले शिक्षा क्षेत्रमा देखिएको वेतिथी अन्त्य गर्न परीक्षा प्रणालीमा सुधार गरेर मात्रै नहुने जिकिरसमेत गरे । उनले शिक्षा क्षेत्रको सुधारका लागि नीजि र सामुदायिक विद्यालयबीच देखिएको द्धन्द्ध सामाधान गर्नुपर्ने बताए । मेयर बरबरियाले स्थानीय तहमा रहेको शिक्षा क्षेत्रको नियन्त्रण र नियमन गर्ने अधिकार देखावटी मात्रै भएको आरोप लगाए । उनले भने,'देखावटीरुपमा माध्यमिक तहसम्मको शिक्षाको नियन्त्रण र नियमनको अधिकार स्थानीय तहलाई दिएको भन्छ । तर ऐन, नियमको नमुनासहित केन्द्रले नै तोकेर पठाउनु दुःखद् हो ।' त्यस्तै, संविधानको मौलिक हकको धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको छ । सो धाराको उपधारा (२) मा प्रत्येक नागरिकलाइ आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क पाउने हक हुनेछ भनी उल्लेख छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment