सुरेन्द्र कुमार कामति
सिरहा, १९ पुस । जिल्ला भन्सार कार्यालय खैरटोकाका कर्मचारी हरु खुलेआम बार्गे्निङ गरी घुस लिने गरेका छन् ।
दैनिक रुपमा भन्सार कर्मचारी हरु सेवाग्राहीसँग यसरी डर, धम्की र घटाएर राजश्व काटेको भन्दै घुस लिने गरेका छन् । घुस लिएपछि उनीहरु गाडीमा के समान छ÷छैन् चेकजाँच पनि गर्दैनन् । भन्सार राजश्व घटाएर प्रज्ञापन पत्र काटे वापतको रकम पाएपछि उनीहरुलाई गाडीमा कस्तो समान छ÷छैन त्यसदेखि कुनै मतलब हुँदैनन् ।
भन्सारले कुन समानको प्रज्ञापन पत्र काटेको हो र त्यस भित्र कस्तो समान छ भनेर भन्सारसँगै रहेको सशस्त्र प्रहरीलाई पनि वास्ता हुँदैनन् नत ५ सय मिटिरको दुरीमा रहेको नेपाल प्रहरीको अर्को चेकप्वाईन्टलाई पनि मतलब छैन् । सुरक्षार्थ रहेका सशस्त्र र नेपाल प्रहरी पनि त्यही प्रज्ञापन पत्र हेर्दै चाकलले थमाउने रकम लिएर सुटुक्क बाटो छोड्छन् ।
भारतीय नम्बर प्लेटको बी आर ०६ बीए ०४२० नम्बरको मिनि ट्रकलाई भन्सारका कर्मचारीले विना चेकजाँच प्रज्ञापन पत्र नम्बर १६८१४ मार्फत ६ हजार ५ सय २९ रुपैयाँ राजश्व बुझे । त्यससँगै उनीहरुले बार्गेनिङ गरेर अन्तमा १ हजार ५ सय रुपैयाँ अतिरिक्त लिए ।
रोचक त त्यतिखेर भयो, तब भन्सार कटाउन पुगेका सेवाग्राहीले राजश्व काट्न बसेका कर्मचारीले माग गरे अनुसारको रकम नदिदा 'अब गाडी जाँदैनन, भोली (आज) इन्च इन्च नापेर भन्सार काटेर मात्र जान दिन्छौं भनेपछि भयो । ती सेवाग्राहीले आफूले बोकेको पाकेट ब्यागबाट खोजखाज गरी ९ सय ६० रुपैयाँ दिदा भन्सार कर्मचारी हप्काउँदै भने,'झन हामीले आधा राजश्वर घटाएका छौं । कमसेकम ३ हजार दिनुपर्यो । नत्र हुँदैन ।
ती सेवाग्रहीले जवाफ फर्काए,'आफूसँग भएको सवै दिएको छु, पान खान पनि पैसा छैन् । तर पनि भन्सार कर्मचारीले नमानेपछि छेउमै रहेका पान पसलबाट ३ सय रुपैयाँ सापटी लिएर दिदा पनि भन्सार कर्मचारीले हुँदैन भन्दै फर्काइदिए । पछि १ हजार ५ सय रुपैयाँ दिदा 'ल ल, भन्दै काटिएको प्रज्ञापन पत्र सेवाग्राहीलाई सुम्पेका थिए । अतिरिक्त (घुस) लिने चक्कमा काटिएको प्रज्ञापन पत्रमा नम्बर पनि उल्लेख गर्न छुट्याएका थिए । पछि प्रज्ञापन पत्रमा १६८१४ नम्बर उल्लेख गरेका थिए ।
जिल्ला भन्सार कार्यालयका कर्मचारीहरु दैनिक यस्ता बार्गेनिङ गरी राजश्व रकम घटाएर अतिरिक्त (घुस) लिने गरेको नाम उल्लेख नगर्न आग्रह गर्दै भन्सार छेउकै स्थानीयले बताएका छन् ।
साँझको समयमा भारतीय नम्बरको मिनी ट्रकमा रहेका समानको चेकजाँच नगरिनु र पैसाको लोभमा निर्वाध रुपमा आउन दिनु गम्भीर लापरबाही रहेको स्थानीय अगुवा शम्भू साहको भनाई छ । उक्त भारतीय नम्बर प्लेटको मिनि ट्रकको पछाडीपट्टीबाट कंक्रिटका समान देखिएपनि भरीभराउ हुँदा भित्र के थियो ? प्रश्न खडा गरेको साहको भनाई छ ।
भन्सारबाट निस्केका उक्त गाडीलाई भन्सार छेउमै चेकजाँचका लागि खटिएका सशस्त्र प्रहरीले पनि चेक गरेनन् । त्यहाँ रहेका प्रहरी जवानले चालक छेउमा गएर घुस लिएर ट्रकलाई छाडेका छन् । उक्त ट्रकलाई पाँच सय मिटरको दुरीमा रहेको ईलाका प्रहरी कार्यालय माडरका चेकप्वाईन्टले रोक्यो । चेकप्वाईन्टमा खटेका प्रहरी जवानले पनि चालक छेउमा गएर 'बक्सिस लिई गाडीलाई निर्वाध रुपमा जान दिएको छ ।
त्यहाँबाट निस्केका भारतीय नम्बर प्लेटको उक्त गाडीलाई महाविर चौकमा रहेको नगर प्रहरीले पनि रोकेको थियो तर चेकजाँच गर्नुको साटो 'बक्सिस थापेर छाडेको छ । यसरी भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले 'बक्सिस'को नाउँमा चेकजाँच पनि गर्दैनन् ।
--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 1/03/2018 07:49:00 PM
No comments:
Post a Comment